रमा शर्मा
परिचय
सम्पादन गर्नुहोस्नेपाली भाषाकी अथक सेवक रमा शर्माको जन्म वि.सं.१९९९ मा काठमाडौंमा भएको हो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेकी शर्मा प्राध्यापक हुन् । वर्तमान समयमा रमा शर्मा नेपाली शिक्षा परिषद् नामक संस्थामा आबद्ध छन् । उनी प्रतिभालाई प्रोत्साहन र सम्मान दिने कार्यमा जुटेको पाइन्छ ।
कृतित्व
सम्पादन गर्नुहोस्शर्माका रचना र अन्वेषणमूलक सृजना यस प्रकार रहेका पाइन्छन् ः
- असीम स्मरण (२०२६),
- खाद्य विज्ञान (२०३२),
- समस्या पूर्ति (सम्पादन २०३८),
- मोतीराम भट्टका गजलहरू (२०३८),
- मोती स्मृतिग्न्थ (सम्पादन २०३९),
- मोतीराम भट्टको परिचय र केही कविता (२०४२),
- महेन्द्र माला कक्षा दुर्इ र सात (२०४२),
- मोती मण्डलीका समस्यापूर्तिहरू (२०४४)
- गहन चिन्तन (सम्पादन २०४६),
- मोती ग्रन्थावली (२०४६),
- भानुभक्तप्रति (२०४७),
- राष्ट्रभाषा ( कविता सँगालो सम्पादन (२०४७),
- केही चिन्तन (२०५५) ।
माध्यमिक कालका कविहरूले दिएका विशिष्ट योगदानको अन्वेषण, समीक्षण, मूल्याङ्कन गरेर निष्कर्ष दिने कार्यमा जुटेकी शर्मा उर्जाशील समीक्षकका रूपमा परिचित छन् । महिला समालोचकहरूमध्ये उनी सफल समालोचकका रूपमा गनिन्छिन् । [१]