नेपाली शिक्षा परिषद् नेपाली भाषा र साहित्यका क्षेत्रमा कार्यरत संस्था हो ।

स्थापना सम्पादन गर्नुहोस्

परिषद् वि.सं. २००८ साल साउन ३२ गते काठमाडौंमा राष्ट्रिय संस्थाका रूपमा जनस्तरबाट स्थापित भएको हो। संस्थाले वि.सं. २०५८मा स्वर्ण वर्ष मनाएपछि 'नेपाली शिक्षा परिषद् संक्षिप्त परिचय' प्रकाशित भएको देखिन्छ ।

पुरस्कार सम्पादन गर्नुहोस्

यो संस्थाले भाषा र साहित्यतर्फ निरन्तर सक्रिय रही विभिन्न संस्थागत क्रियाकलापका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान गरेबापत वि.सं. २०५६ सालको जगदम्बाश्री पुरस्कार पायो ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्