यमुनाचार्य प्रसिद्ध वैष्णव सन्त ,संस्कृत कवि तथा रामानुजाचार्यको गुरु पनि हुन्।

यामुनाचार्य

जीवन चित्रण सम्पादन गर्नुहोस्

यामुनाचार्य प्रसिद्ध विद्वान हुनु हुन्थ्यो भने वहा परम वैष्णव संत नाथमुनीको नाती हुनु हुन्थ्यो ।यामुनाचार्यले आफ्नो जीवनकालमा अत्यंत लाभ दायक पुस्तकहरु लेख्नु भएको छ जस्तै गीतार्थ सङ्ग्रह सिद्धित्रय महापुरुष निर्णय आगम प्रमाण्य जस्ता अनेक ग्रंथको रचना गर्नु भएको छ । वहा विशिष्टाद्वैत सिद्धांतको समर्थन मायावाद्को खंडन भगवान नारायणको श्रेष्ठताको प्रतिपादन तथा पंचरात्र आगम सिद्धान्तको वैदिक प्रमाण द्वारा स्थापना जस्ता कार्य गरेर वैष्णव शक्तिलाई उजागर गर्नु भएको छ । वहा रामानुजाचार्यको परमगुरु ( गुरु कोक्यू गुरु) हुनु हुन्छ भने यामुनाचार्यले शरणागत तत्वलाई धेरै नै सुन्दर निदर्शन गराउनु भएको छ । रामानुज यामुनाचार्यको शिष्यपरंपरामा हुन्थ्यो जब यामुनाचार्यको मित्यु समीप थियो त्यस समय वहा ले आफ्नो शिष्य द्वारा रामानुजलाई बोलाउनु भयो । तर रामानुज वहा पुग्नु भन्दा पहिला नै यामुनाचार्य परमपद हुनु भएछ यो देखे र रामानुज अत्यंत दुखित भै मृत शरीरलाई प्रणाम गर्नु भयो त्यस समयमा यामुनाचार्य का हातका ३ औल बंद थिए रामानुजले त्यसको अभिप्राय बुज्नु भयो यामुनाचार्य रामानुज द्वारा कुनै ३ग्रंथको व्याख्या गराउन चाहानु हुन्छर तत्काल रामानुजले ३ वचन दिनु भयो म बह्मसूत्रमा टिपण्णी गर्ने छु यो वाक्य संगै हातको एक औला खुल्यो त्यस्तै विष्णुसहस्रनाम को भाष्य गर्ने छु र अर्को आलवंदार को दिव्य प्रवंधको व्याख्या गर्ने छू यति दुई वाक्य संगै अरु दुई औला पनि खुले रामानुजले यामुनाचार्यलाई प्रणाम गरेर ३ वचन पुरा गर्ने सूचना दिनु भयो । पश्चात् केही दिनमै वहा यामुनाचार्यका मुख्य शिष्य पेरियानाम्बी द्वारा श्रीविष्णवीय दिक्षा ग्रहण गरेर भक्ति मार्गमा लाग्नु भयो । भने श्रीवैष्णव समाजमा आज पनि यामुनाचार्यको नाम गर्वका साथ लिने गरिन्छ तथा वहा द्वारा विरचित स्तोत्ररत्न संस्कृत को अत्यंत सुन्दर स्तोत्र हो यसलाई आज पनि भक्ति रसिकहरुद्वारा छन्द बद्ध गाउने गरिन्छ ।


सन्दर्भ सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यामुनाचार्य भारतडिस्कवरी [dead link]

अन्य सम्पादन गर्नुहोस्