आण्डाल गोदा महारानी अयोनिजा देवी गोदा आषाढ महिनाको पूर्वा फाल्गुनी नक्षत्रमा आभिर्भाव हुनु भएको थियो । पूज्य विष्णुचित्तको नन्दवनमा तुलसीको बिरुवाको छायामा गोदा सानो बालकको रूपमा देखा पर्नुभयो । सधैं झैं विष्णुचित बिहानै फूल टिप्न आफ्नो नन्दवनमा आउनु भएको थियो । चारैतिरको वातावरण शान्त, सुन्दर र मनमोहक थियो । आलवारले तुलसीको बोटको छायामा अचम्मको दृश्य देख्नु भयो । त्यो ठाउँमा एक दिव्यज्योति देखिएको थियो , चारैतिर उज्यालो फैलिएको थियो। नजिक पुग्दा उहाँले त्यहाँ एउटी प्यारी बच्ची देख्नु भयो । ती बच्चीको अतुलनीय सौन्दर्य, दिव्य तेज देखेर निःसंतान विष्णुचित्त हर्षले अभिभूत हुनु भयो । उहाँलाई दक्षिण भारतकी मिरा भनेर धेरैले  संज्ञा दिने गरेका छन् उहाँले पनि भगवान श्रीकृष्णको भक्तिको लागि एक उदाहरणीय हुनु हुन्थ्यो।[१]

आण्डाल ( गोदा )
शीर्षकगोदा शुद्ध भक्ति र सुन्दरताको प्रतिक
व्यक्तिगत
जन्म
कोथै

सातौ शताब्दी
मृत्यु
श्रीरङ्गम
धर्महिन्दू
जीवनसाथीविष्णु यानिकि रंगनाथ
दर्शनश्रीसम्प्रदाय
पदस्थापना
पुनर्जन्मभूदेवी (महालक्ष्मी)
साहित्यिक कार्यहरूतिरुप्पावै, नाचियार तिरुमौली

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्