मूलपानी क्रिकेट रङ्गशाला

(मूलपानी क्रिकेट मैदानबाट अनुप्रेषित)

मूलपानी क्रिकेट मैदान काठमाडौंको, मूलपानीमा रहेकाे एक क्रिकेट मैदान हो। त्यहाँ माथिल्लो र तल्लो मैदान सहित २ मैदानहरू छन्। माथिल्लो मैदानलाई नेपाल क्रिकेट संघले व्यवस्थापन गरी प्रशिक्षण मैदानको रूपमा विकास गरेको छ। यो मैदानको पूर्वी क्षेत्रमा फ्यानहरूको लागि सीमित सिट क्षेत्र छ। माथिल्लो मैदानले यसअघिनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै प्रतियोगिता आयोजना गरिसकेको छ भने तल्लो मैदान निर्माणाधीन छ।[]

मूलपानी क्रिकेट रङ्गशाला
मैदानको जानकारी
स्थानमूलपानी, काठमाडौँ, नेपाल
निर्देशाङ्क२७°४२′४४″उ॰ ८५°२३′४७″पू॰ / २७.७१२२२°N ८५.३९६३९°E / 27.71222; 85.39639निर्देशाङ्कहरू: २७°४२′४४″उ॰ ८५°२३′४७″पू॰ / २७.७१२२२°N ८५.३९६३९°E / 27.71222; 85.39639
क्षमता४०,०००
स्वामिवनेपाल क्रिकेट सङ्घ (क्यान)
सञ्चालकनेपाल क्रिकेट सङ्घ
ठेकेदारनेपाली राष्ट्रिय क्रिकेट टोली

अन्तर्राष्ट्रिय खेलबारे जानकारी
एकदिवसीय२९ अप्रिल २०२३: ओमान v संयुक्त अरब इमिरेट्स
घरेलु टिमको जानकारी
नेपाली राष्ट्रिय क्रिकेट टोली (२०२३ -)

एसियाली क्रिकेट परिषद्ले हालको मुलपानीमा केन्द्रीय क्रिकेट एकेडेमी बनाउने योजना पूरा नभएपछि नेपाल क्रिकेट संघले मुलपानीमा दुईवटा मैदान निर्माण गर्न पहल गरेको थियो।[][][]

सन् २०११ मा रङ्गशाला निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट रु ३ करोड प्राप्त भएको थियो भने क्यानले गौरा कन्स्ट्रक्सन प्रा.लि. सँग सम्झौता गरेको थियो।

सन् २०१३ मा राष्ट्रिय खेलकुद परिषद्ले मुलपानीमा दोस्रो क्रिकेट मैदानका लागि खेलकुद बजेटबाट करिब ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो।

सन् २०१४ मा रङ्गशाला निर्माणका लागि अर्थमन्त्रीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७४/७५ को बजेटमा छुट्टै रु २० करोड विनियोजन गरिएको थियो।[]

जग्गा विवाद समाधान भएपछि सन् २०१९ मा मूलपानी क्रिकेट रङ्गशाला निर्माणको कामले गति लिनेछ। राष्ट्रिय खेलकुद परिषद्ले रङ्गशाला निर्माणका लागि सरकारसँग रु ४० करोड माग गरेको थियो। रङ्गशाला निर्माणको कार्य सम्पन्न भएपछि ४० हजार व्यक्ति क्षमताको रङ्गशाला बन्नेछ। एक प्रशासनिक ब्लक, पौंडी पोखरी, एकेडेमिया र यसको अभ्यास मैदान, छात्रावास र अन्य सुविधाहरू हुनेछन्।[]

करिब ५ वर्षको अन्तरालपछि २०२२ मा रङ्गशाला निर्माण सुरु भएको थियो।

सन् २०२३ मा, त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान संगै २०२३ एसिसी पुरुष प्रिमियर कप आयोजना गर्ने स्थान मध्ये एकको रूपमा चयन गरिएको थियो।[]

  1. "Nepal realises dream: Mulpani Cricket Ground opens with first match", Kathmandupost.com, अन्तिम पहुँच १२ मे २०२३ 
  2. "NEPAL: UNCOMMON GROUNDS", www.asiancricket.org, अन्तिम पहुँच १२ मे २०२३ 
  3. "MULPANI FLOWING", www.asiancricket.org, अन्तिम पहुँच १२ मे २०२३ 
  4. "MULLING OVER MULPANI, PLANNING FOR POKHARA", www.asiancricket.org, अन्तिम पहुँच १२ मे २०२३ 
  5. "Nepal looks to make case as neutral venue", ESPNCricinfo, अन्तिम पहुँच १२ मे २०२३ 
  6. "After resolving land-dispute, Mulpani cricket stadium gains momentum", The Himalayan Times, अन्तिम पहुँच १२ मे २०२३ 
  7. "Nepal gears up preparations to host ACC Premier Cup", The Kathmandu Post (Englishमा), अन्तिम पहुँच १२ मे २०२३