२०२३ एसिसी पुरुष प्रिमियर कप
२०२३ एसिसी पुरुष प्रिमियर कप एक क्रिकेट प्रतियोगिता थियो जुन् सन् २०२३ को अप्रिल र मे महिनामा नेपालमा आयोजना गरिएको थियो।[१] यो क्रिकेट प्रतियोगिता २०२३ एसिया कपमा सहभागी हुनको लागि छनौटको अन्तिम चरण रहेको थियो।[२] यो क्रिकेट प्रतियोगिता नेपालको[३] त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट रङ्गशालामा खेलहरू आयोजना गरिएको थियो।[४] यो प्रतियोगिताको विजेता टोली सन् २०२३ को एसिया कपको लागि छनोट भएको थियो भने[५] शीर्ष तीन टोलीहरू २०२३ एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको थियो।[६]
२०२३ एसिसी पुरुष प्रिमियर कप | |
---|---|
मिति | सन् २०२३ अप्रिल १८ – सन् २०२३ मे १ |
प्रशासक(हरू) | एसियाली क्रिकेट परिषद् |
क्रिकेटको प्रकार | ५० ओभर, एकदिवसीय अन्तर्राष्ट्रिय |
प्रतियोगिता प्रकार | समूह राउन्ड-रोबिन र नक आउट |
आयोजक(हरू) | नेपाल |
विजेता | नेपाल (१औँ उपाधि) |
उप-विजेता | संयुक्त अरब इमिरेट्स |
सहभागीहरू | १० |
खेल सङ्ख्या | २४ |
म्यान अफ द सिरिज | सन्दीप लामिछाने |
अधिक रन | वृत्य अरविन्द (४५४) |
अधिक विकेट | बिलाल खान (१७) |
एसियाली क्रिकेट परिषद्ले सन् २०२३ मार्च २३ मा प्रतियोगिताको खेल तालिका घोषणा गरेको थियो। २०२३ एसिसी पुरुष च्यालेन्जर कपको शीर्ष दुई टोलीको रूपमा बहराइन र साउदी अरबले यो प्रतियोगितामा सहभागिता जनाएको थियो, जहाँ साउदी अरबले फाइनलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो।[७]
नेपालले प्रतियोगिताको फाइनलमा संयुक्त अरब इमिरेट्सलाई पराजित गर्दै २०२३ एसिया कपको लागि आफ्नो स्थान सुरक्षित गरेको थियो।[८] फाइनल खेल्ने २ टोलीहरू बाहेक ओमानले २०२३ इमर्जिङ टिम्स एसिया कप खेल्ने आफ्नो स्थान सुरक्षित गरेको थियो।
अभ्यास खेलहरू
सम्पादन गर्नुहोस् सन् २०२३ अप्रिल १३
०९:३० |
वि.
|
||
जिसन मकसुद ६९ (१०५)
रिजवान बट २/३३ (६ ओभर) |
सोहैल अहमद ८४ (१०४) बिलाल खान ४/५२ (८.२ ओभर) |
सन् २०२३ अप्रिल १५
०९:३० |
वि.
|
||
सन् २०२३ अप्रिल १५
०९:३० |
वि.
|
||
रिजवान बट ४७ (५९)
इल्यास अहमद ३/२७ (६ ओभर) |
परविन्दर कुमार ४७ (३६) वसिक अहमद २/२३ (५ ओभर) |
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Men’s Asia Cup and Asia Cup Qualifier tournaments announced for 2023", Czarsportz, अन्तिम पहुँच ३१ जनवरी २०२३।
- ↑ "Men’s cricket team prepares for ACC Men’s Challenger Cup 2023", Kuensel, अन्तिम पहुँच १० फेब्रुअरी २०२३।
- ↑ "Nepal to host ACC Premier Cup", Cricnepal, अन्तिम पहुँच १ फेब्रुअरी २०२३।
- ↑ "INVITATION FOR EXPRESSION OF INTEREST", Asian Cricket Council, अन्तिम पहुँच ८ फेब्रुअरी २०२३।
- ↑ "Nepal open ACC Premier Cup against Malaysia", Kathmandu Post, अन्तिम पहुँच २४ मार्च २०२३।
- ↑ "আয়োজক ঠিক না করেই চূড়ান্ত এশিয়া কাপের সূচি" [Fixtures of Asia Cup finalized without determining host], risingbd.com (Banglaमा), अन्तिम पहुँच ५ जनवरी २०२३।
- ↑ "Saudi Arabia, Bahrain win through ACC Challenger Cup", Cricbuzz, अन्तिम पहुँच ५ मार्च २०२३।
- ↑ "Rajabanshi and Jha secure Asia Cup qualification for Nepal", Cricbuzz, अन्तिम पहुँच २ मे २०२३।