मीनाक्षी लेखी

भारतीय राजनीतिज्ञ

मीनाक्षी लेखी एक भारतीय राजनीतिज्ञ र भारतको विदेश राज्य मन्त्रीसंस्कृति राज्य मन्त्रीको रूपमा कार्य गर्दै छिन्। उनी भारतीय जनता पार्टी (भाजपा) की सदस्य हुन्। उनी १६औँ र १७औँ लोकसभामा नयाँ दिल्ली संसदीय क्षेत्रबाट संसदकी सदस्य हुन्। [१] उनी भारतको सर्वोच्च अदालतमा पनि वकिल हुन्। सन् २०१४ को लोक सभा निर्वाचनमा उनले भाजपा उम्मेदवारको रूपमा उच्च ध्यानकेन्द्रित संसदीय क्षेत्र नयाँ दिल्ली संसदीय क्षेत्र जितिन् र सन् २०१९ मा पुनः निर्वाचित भइन्।[२] सन् २०१६ मा उनी संसदमा लोक सभाको सुविधा सम्बन्धी समितिको अध्यक्षको रूपमा नियुक्त भएकी थिइन्।[३] सन् २०१९ जुलाई २६ मा लोकसभा अध्यक्ष ओम बिडलाले लेखीलाई सार्वजनिक उपक्रम सम्बन्धी समितिको अध्यक्षको रूपमा नियुक्त गरेका थिए जुन पदमा हालसम्म उनी पदासिन छिन्।[४]

मीनाक्षी लेखी
विदेश राज्य मन्त्री
पद बहाली
सन् २०२१ जुलाई ७
प्रधानमन्त्रीनरेन्द्र मोदी
मन्त्रीसुब्रह्मण्यम जयशङ्कर
संस्कृति राज्य मन्त्री
पद बहाली
सन् २०२१ जुलाई ७
प्रधानमन्त्रीनरेन्द्र मोदी
मन्त्रीगङ्गपुरम किशन रेड्डी
पूर्वाधिकारीप्रह्लाद सिंह पटेल
लोक सभा सदस्य
पद बहाली
सन् २०१४ जुन ५
पूर्वाधिकारीअजय माकन
निर्वाचन क्षेत्रनयाँ दिल्ली
सार्वजनिक उपक्रम समितिको अध्यक्ष
कार्यकाल
सन् २०१९ अक्टोबर ३० – सन् २०२१ अगस्ट १३
पूर्वाधिकारीशान्ता कुमार
उतराधिकारीसंतोष गङ्गवार
संसदीय विशेषाधिकार समितिको अध्यक्ष
कार्यकाल
सन् २०१६ अगस्ट २० – सन् २०१९ अक्टोबर २९
पूर्वाधिकारीएसएस अहलुवालिया
उतराधिकारीहरिवंश नारायण सिंह
व्यक्तिगत विवरण
जन्म (1967-04-30) ३० अप्रिल १९६७ (उमेर ५६)
नयाँ दिल्ली, भारत
राजनीतिक दलभारतीय जनता पार्टी
जीवन साथीअमन लेखी
सन्तान(हरू)
मातृ शिक्षाप्रतिष्ठानकानुन विभाग, दिल्ली विश्वविद्यालय
पेशा
  • वकिल
  • राजनीतिज्ञ

उनी सामाजिक र राजनीतिक विषयहरूमा पत्रपत्रिका र शोधपत्रमा लेख लेख्नुको साथै उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका विषयमा विभिन्न टेलिभिजन कार्यक्रमहरूमा भाग लिन्छिन्।[५][६][७][८]

बाल्यकाल सम्पादन गर्नुहोस्

दिल्लीको हिन्दू कलेजबाट वनस्पतिशास्त्रमा बिएससी गरेपछि[९] लेखीले एलएलबीको पढाईको लागि दिल्ली विश्वविद्यालयको कानूनी विभाग क्याम्प्समा भर्ना लिएकी थिइन्। उनले सन् १९९० मा दिल्ली बार काउन्सिलमा भर्ना भइन र भारतको सर्वोच्च अदालत, दिल्ली उच्च न्यायालय र देशका विभिन्न भागमा अन्य धेरै अदालत, न्यायाधिकरण र फोरममा अभ्यास गरेकी थिइन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. /Loksabha/Members/MemberBioprofile.aspx?mpsno=4717
  2. "Election Commission of India", मूलबाट ४ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जनवरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण ४ जुन २०१५ मिति
  3. "BJP leader Meenakshi Lekhi appointed chairperson of Lok Sabha privileges committee", The Indian Express (en-USमा), २२ जुलाई २०१६, अन्तिम पहुँच १२ जुलाई २०१८ 
  4. "दो कमेटियों का गठनः कांग्रेसी चौधरी एक के तो दूसरे की लेखी अध्यक्ष", Jansatta (हिन्दीमा), २६ जुलाई २०१९, अन्तिम पहुँच ४ अगस्ट २०१९ 
  5. "Meenakshi Lekhi" 
  6. "Intolerance debate: Cong banned books to protect image of dynasty, says Meenakshi Lekhi" on Firstpost, 30 November 2015.
  7. "Triple Talaq Debate: Muslim women should not worry when they have a brother like PM Modi, says BJP", www.indiatvnews.com, २८ डिसेम्बर २०१७। 
  8. "lokmat award for best RS, lS lawmakers" on the pioneer, 20 July 2017.
  9. "The argumentative Indians - Times of India", The Times of India, अन्तिम पहुँच २२ डिसेम्बर २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्