माईबेनी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा रहेको धार्मिक पर्यटकीय स्थल हो । माई नदीजोगमाई नदीको संगम स्थललाई माइबेनी नामले चिनिन्छ । यहाँ प्रत्येक वर्ष माघे सक्रान्तिका दिन मेला लाग्ने गर्दछ। माइबेनी स्थानीय तिर्थाटनका निम्ती मूख्य स्थल पनि हो । यहाँ पौडी खेल्न अनुकुल पानीको बहाव रहेको हुनाले धेरैजसो आन्तरिक तथा वाह्य पर्यटकहरू पौडी खेल्नैका लागि पनि यस स्थानमा पुग्ने गर्दछन्। बेनी इलाम बजारबाट करिब ३ किलो मिटर पूर्वमा करिब सवा १ घण्टाको ओरालो पैदल दुरीमा पर्दछ । यहाँ तत्कालिन बडा हाकिम इन्दु शम्शेर, रघुवीर बुडाथोकी र टंकनाथ बास्तोलाको सक्रियतामा निर्मित शिव मन्दिर पनि रहेको छ। [१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्