मन्चेरियल जिल्ला भारतीय राज्य तेलङ्गानाको उत्तरी क्षेत्रमा अवस्थित एउटा जिल्ला हो। जिल्लामा १८ मण्डल र दुई राजस्व विभागहरू छन् - मन्चेरियल र बेल्लमपल्ली। जिल्ला सदरमुकाम मन्चेरियल सहरमा अवस्थित छ। यो तेलङ्गानाको कोमुरम भीम आसिफाबाद, निर्मल, जगित्याल, पेद्दपल्लीजयशङ्कर भुपालपल्ली जिल्लाहरू र महाराष्ट्र राज्यसँग घेरिएको छ।

मन्चेरियल जिल्ला
मन्चेरियल जिल्लाको अवस्थिति
निर्देशाङ्क (मन्चेरियल): १८°५२′१७″N ७९°२६′४०″E / १८.८७१४५४°N ७९.४४४३६१°E / 18.871454; 79.444361निर्देशाङ्कहरू: १८°५२′१७″N ७९°२६′४०″E / १८.८७१४५४°N ७९.४४४३६१°E / 18.871454; 79.444361
देशभारत
राज्यतेलङ्गाना
सदरमुकाममन्चेरियल
क्षेत्रफल
 • तेलङ्गानाको जिल्ला४०१६ किमी (१५५१ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • तेलङ्गानाको जिल्ला८०७०३७
 • घनत्व२००/किमी (५२०/वर्ग माइल)
 • सहरी
७६६४१

इतिहास सम्पादन गर्नुहोस्

सन् २०१६ मा तेलङ्गानाका जिल्लाहरूको सामान्य पुनर्गठनको क्रममा आदिलाबाद जिल्लाबाट मन्चेरियल जिल्ला सिर्जना गरिएको थियो।[१]

भूगोल सम्पादन गर्नुहोस्

जिल्लाको दक्षिणी सिमाना बन्ने गोदावरी नदीले भरिएको यो जिल्ला निकै उर्वर मैदान हो। जिल्ला ४,०५६.३६ वर्ग किलोमिटर (१,५६६.१७ वर्ग माइल) को क्षेत्रफलमा फैलिएको छ।[२]

जनसाङ्ख्यिकी सम्पादन गर्नुहोस्

भारतको २०११ जनगणना अनुसार, जिल्लाको जनसङ्ख्या ८०७,०३७ छ, जसमा ९७७ महिला र १००० पुरुषको अनुपात छ। साक्षरता दर ६४.३५% हो।[३] १ लाख ४८ हजार ३७७ किसान र ३ लाख ४४ हजार ७ सय ८५ मजदुर छन्। अनुसूचित जाति र अनुसूचित जनजातिले जनसङ्ख्याको क्रमशः २४.७१% र ७.०६% ओगटेका छन्।[२]

२०११ को जनगणनाको समयमा, जनसङ्ख्याको ८७.६१% ले तेलुगु, ५.१२% उर्दू, १.६६% लाम्बाडी, १.४९% मराठी र १.४४% गोन्डी आफ्नो पहिलो भाषाको रूपमा बोल्थे।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Reorganization Of Adilabad District Into Mancherial District", www.districtsinfo.com, अन्तिम पहुँच १० मार्च २०१७ 
  2. २.० २.१ "New districts", Andhra Jyothy.com, ८ अक्टोबर २०१६, अन्तिम पहुँच ८ अक्टोबर २०१६  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
  3. "Demography | Mancherial District | India" (en-USमा), अन्तिम पहुँच २०२१-०६-०४ 
  4. 2011 Census of India, Population By Mother Tongue