भोजराज घिमिरे
वि. सं. २०१४ सालमा बुबा पद्मलाल घिमिरे र आमा लीलादेवी घिमिरेको कोखबाट जन्मिएका भोजराज घिमिरे बहुआयामिक व्यक्तित्व हुन्। नेपाल सरकारको उच्चतह (मुख्यसचिव)[१] बाट अवकास पाएको उनले राजदूतको [२] रूपमा काम गरेर कुटनीतिक अनुभव समेत लिएका छन्। सरकारी सेवा र कुटनीतिक दक्षताबाहेक उनको जीवनको अर्को पाटो साहित्यलेखन पनि हो। मुख्यतया गजल विधामा कलम चलाइरहेका उनी कविता, गीत, कथा र उपन्यास लेखनमा समेत सक्रिय छन्। वि. सं. २०३० सालमा एसएलसी परीक्षा दिएका उनले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। निर्बन्ध आकाश र उन्मुक्त किनारा उनको प्रकाशित गजल सङ्ग्रहको नाम हो।[३]
डा. भोजराज घिमिरे | |
---|---|
नेपाल सरकारको मुख्य सचिव | |
कार्यकाल वि.सं. २०६३/४/१९ – वि.सं। २०६६/४/२१ | |
प्रधानमन्त्री | गिरिजाप्रसाद कोइराला पुष्पकमल दाहाल माधवकुमार नेपाल |
पूर्वाधिकारी | मुकुन्द शर्मा पौडेल |
व्यक्तिगत विवरण | |
जन्म | झापा |
राष्ट्रियता | नेपाल |
मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय |