भेडिचौर शिवालय मन्दिर
पाल्पा जिल्ला साबिकको फेक गाउँ विकास समिति हालको रिब्दीकोट, वडा ८, ताल्तुङ्ग, भेडिचौर क्रिकेट ग्राउन्ड सँगै जोडीएको २०७५ सालमा बनेको मन्दिर भेडिचौर शिवालय मन्दिर हो । भेडिचौर शिवालय मन्दिरमा मुख्य रूपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रि पर्व विशेष महत्त्वका साथ मनाइन्छ । शिवरात्रि नेपालभरि धुमधामसँग मनाइने राष्ट्रिय पर्व हो । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्रि पर्व मनाइन्छ ।
भौगोलिक अवस्थिति
सम्पादन गर्नुहोस्रिब्दीकोट गाउँपालिकाको क्षेत्रफल १२४.५५ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा तानसेन नगरपालिका, पश्चिममा रैनादेवी छहरा गाउँपालिका, उत्तरमा तानसेन नगरपालिका र गुल्मी जिल्ला तथा दक्षिणमा तिनाउ गाउँपालिका रहेका छन् ।[१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।