भूपतीन्द्र मल्ल
भूपतीन्द्र मल्ल (१७३१-१७७९ वैशाख) नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध राजा हुन्। यिनी भक्तपुरका राजा थिए। यिनले बनाएको ५५ झ्याले दरवार, न्यातपोल देवल प्रसिद्ध ऐतिहासिक सम्पदा हो। उनको जन्म नेपाल सम्बत ७९५ कार्तिक महिनामा भएको थियो । नेसं ८०५ मा चुडाकर्म, ८०६ माघमा ब्रतबन्ध र विवाह ८०८ कार्तिक तिर भएको थियो । [२]
भूपतीन्द्र मल्ल | |||||
---|---|---|---|---|---|
भक्तपुरका राजा | |||||
![]() | |||||
शासनकाल | वि सं १७५३[१]-१७७९ | ||||
पूर्वाधिकारी | जितामित्र मल्ल | ||||
उत्तराधिकारी | रणजित मल्ल | ||||
जन्म | नेपाल | ||||
मृत्यु | वि सं १७७९ सन् १७२२ | ||||
| |||||
घराना | मल्ल वंश | ||||
बाबु | जितामित्र मल्ल | ||||
आमा | लालमती | ||||
पेशा | भक्तपुरका राजा |

बाह्य सम्बन्ध
सम्पादन गर्नुहोस्भूपतीन्द्र मल्ल राजा भएपछि उनलाई कान्तिपुर र ललितपुरका अनुभवी राजाहरूले दु:ख दिन थाले । तसर्थ उनले गोरखा, तनहुँ र मकवानपुरसँग सहयोग मागेर पाटनलाई झुकाए । कान्तिपुरसँग पनि उनले मित्रता गरे । [३]
निर्माण
सम्पादन गर्नुहोस्- न्यातपोल (५ तले) देवल,
- दरवार अगाडि प्रस्तर स्तम्भमा आफ्नो भव्य सालिक बनाए,[४]
- वि.सं. १७५४ मा मालती चोकको निर्माण र त्यसको नजीकमा सुन्धारा,
- हनुमान,
- नरसिंह आदिको स्थापना,
- भक्तपुरमा ५५ झ्याले दरबार,
रचना : हरगौरी विवाह, उषाहरण, जैमिनी भारत जस्ता नाटकहरू तथा थुप्रै गीत- पद्य संग्रहहरू
निधन : विसं १७७९ वैशाख शुक्ल पूर्णिमाका दिन
-
नरसिंह
-
५५ झ्याले दरबार
-
न्यातपोल मन्दिर
-
भक्तपुर दरवार
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १५५
- ↑ "मल्लकालको ऐतिहासिक सामग्री: धरः पौ", CNAS 23 (1): 295–306।
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १५६, आइएसबिएन 99933-2-406-X।
- ↑ गौतम, गोकर्ण (१७ माघ २०७४), "सालिक अपहरणको त्यो प्रयास", नेपाल, अन्तिम पहुँच २२ जेष्ठ २०७९।