भुटानी साहित्य
भुटानी साहित्य प्राय नेपाली भाषा र भुटानमा जोङ्खालगायत भाषाहरूमा लेखिने गरिन्छ। लेखित साहित्य सन् १९५० भन्दा पुरानो नभए पनि पहिलाको भुटानी साहित्य धार्मिक विषयहरूको बारेमा तिब्बती भाषामा लेखिने गरिन्थियो। आजकल लोककथाहरूको विषय पनि धेरै देखिन्छ।
विकास
सम्पादन गर्नुहोस्भुटानमा साहित्यको इतिहास सन् १९५० मा सुरु हुन्छ। यो लोककथाले भरिपूर्ण छ, तर किताब पढ्ने चलन नभएका कारण अन्य भाषिक साहित्यको तुलनामा यो निकै बिस्तारै बढिरहेको छ । [१] नयाँ लेखकहरू लघुकथा र कविता लेख्नमा बढी व्यस्त छन्। [२] परम्परागत भुटानी साहित्यमा बौद्ध शिक्षामा केन्द्रित थिए, [२] [३] र जे खेनपोस र ड्रुक देसिसको जीवनी लेख्ने समृद्ध परम्परा थियो। [४]
भाषाहरु
सम्पादन गर्नुहोस्भुटानमा १८ विभिन्न भाषाहरू मध्ये मात्र जोङ्खाको मूल साहित्यिक परम्परा छ। अन्य साहित्यिक भाषाहरू नेपाली र लेप्चा हुन। पश्चिमी भुटानमा प्रमुख भाषा जोङ्खा हो, पूर्वमा चाङ्ला र दक्षिणी बेल्टमा यो नेपाली हो। अन्य धेरै महत्त्वपूर्ण क्षेत्रीय भाषाहरू पनि अवस्थित छन्। [५]
नेपाली साहित्य
सम्पादन गर्नुहोस्सन् १९६२ मा भुटानले भारतको कालिम्पोङको माडी प्रिन्टिङ प्रेसबाट कुएनसेल नामक पत्रिका प्रकाशन गर्न थाल्यो र भुटानमा नेपाली साहित्यलाई आफ्नो क्षेत्र फराकिलो बनाउने अवसर प्राप्त भयो। त्यसबेला खासगरी कालिम्पोङ र दार्जिलिङका लेखकहरूले लेखेका नेपाली कथा र लेखहरू कुनसेलमा प्रकाशित हुन्थ्यो।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- भुटानी नेपाली साहित्य
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Bhutanese literature: Rich oral tradition, but few writers (Feature)", Business Standard India, ३१ मे २०१४, अन्तिम पहुँच १५ जुन २०२०।
- ↑ २.० २.१ Gyeltshen, Tshewang, "Bhutanese literature Now and Before: Critical Review with Analytical differences." (अङ्ग्रेजीमा), पृ: २, अन्तिम पहुँच १६ जुन २०२०।
- ↑ "Bhutanese literature - Chinese Buddhist Encyclopedia", www.chinabuddhismencyclopedia.com, अन्तिम पहुँच २७ डिसेम्बर २०२०।
- ↑ "Types And Values Of Bhutanese Literature | Buddhist Texts | Bhutan", Scribd (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-०४।
- ↑ van Driem, George L. (१९९३), "Language Policy in Bhutan" (PDF), London: SOAS, मूलबाट २०१८-०९-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०१-१८। वेब्याक मेसिन अभिलेखिकरण २०१०-११-०१ मिति