लोककथा कुनै समाज तथा संस्कृतिमा परापूर्वकाल देखि मौखिक, दन्त्य तथा लिखित रूपमा चलिआएको कथा हो। लोककथामा समाजका सांस्कृतिक परम्परा तथा चालचलन सहितका दन्त्यकथा, परी कथा, चुटकिला, ऐतिहासिक कथा आदि समावेस गरिएको पाइन्छ। लोक र कथा गरि दुई शब्दका योगबाट लोककथा बनेको छ। कथालाई कहानीको पर्यायवाची शब्दका रूपमा लिइन्छ। यसरी हेर्दा कथा र कहानीमा समानता देखिन्छ। प्रयोगगत दृष्टिले लोककथा कुनै यस्ता वार्ता हुन् जुन कसैबाट सुनाइन्छ र सुनाउनुको कुनै धार्मिक अभिप्राय हुन्छ। सुन्ने व्यक्तिले पनि धार्मिक सन्तोष प्राप्त गर्दछ। त्यसैले धार्मिक अभिप्रायले अनुष्ठानका साथ सुनाइने कहानीलाई लोककथा भनिन्छ।[१]

अङ्ग्रेजी लोककथाका पात्र 'सिन्दरेला' र 'राजकुमार'

परिभाषासम्पादन

लोककथाका विज्ञहरूले यसलाई विभिन्न ढङ्गले परिभाषित गर्ने काम गरेका छन् । केही परिभाषा यस प्रकार छन्:

  • परम्परादेखि लोकजीवनमा मौखिक रूपमा चलिआएको कथालाई लोककथा भनिन्छ (नेपाली बृहत् शब्दकोश) ।
  • लोकमा प्रचलित र परम्परादेखि चल्दै आएको, मूलतः मौखिक रूपमा प्रचलित कहानीलाई लोक कहानी भनिन्छ (हिन्दी साहित्य कोश) ।
  • विशेषतः कल्पनाको धरातलमा अडिएका जनश्रुतिमा आधारित परापूर्वकालदेखि एकनास पुस्तौंपुस्ता मुखैमुख चलेर आएका कथाहरू नै लोककथा हुन् (धर्मराज थापा र हंसपुरे सुवेदी)

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. बन्धु चूडामणि र अन्य (२०५८),नेपाली लोक साहित्य, काठमाडौं : एकता प्रकाशन

बाह्य कडीहरूसम्पादन