भारतीय रिजर्व बैङ्क (अङ्ग्रेजी: Reserve Bank of India) भारतको केन्द्रीय बैङ्क हो । यो भारतको सबै बैङ्कहरूको नियामक निकाय हो । रिजर्व बैक भारतको अर्थव्यवस्थालाई नियन्त्रित गर्ने गर्छ ।

भारतीय रिजर्भ बैङ्क
Reserve Bank of India
भारतीय रिजर्व बैङ्कको छाप
भारतीय रिजर्व बैङ्कको छाप
रिजर्व बैङ्कको कार्यालय
रिजर्व बैङ्कको कार्यालय
केन्द्रीय कार्यालयशहीद भगतसिंह मार्ग, मुम्बई, महाराष्ट्र
स्थापनाअप्रिल १, १९३५ (८९ वर्ष पहिले) (१९३५-०४-01)
गभर्नरउर्जित पटेल
केन्द्रीय बैंकइन्डिया
मुद्राभारतीय रुपया
कोषअमेरिकी डलर ३०२.१ बिलियन[]
वेबसाइटhttps://www.rbi.org.in

यसको स्थापना १ अप्रिल सन् १९३५ को रिजर्व बैङ्क अफ इन्डिया ऐन, १९३४ अनुसार भएको हो । प्रारम्भमा यसको केन्द्रीय कार्यालय कोलकातामा थियो जसलाई सन् १९३७ मा मुम्बईमा सारिएको हो । पहिले यो एउटा निजी बैङ्क थियो तर सन् १९४९ देखि यो भारत सरकारको उपक्रम बनिसकेको छ । उर्जित पटेल भारतीय रिजर्व बैङ्कका वर्तमान गभर्नर हुन्, उनले सन् २०१६ सेप्टेम्बर ४ देखि यो पदभार ग्रहण गर्नुभएको हो ।

भारत भरमा रिजर्व बैङ्कको कुल २२ क्षेत्रीय कार्यालयहरू छन् जसमा प्रायः जसो राज्यहरूको राजधानी सहरहरूमा स्थित छन् ।[] मुद्रा परिचालन र कालो धनको दोषपूर्ण अर्थव्यवस्थालाई नियन्त्रित गर्नका लागि रिजर्व बैङ्क अफ इन्डियाले ३१ मार्च २०१४ देखि सन् २००५ भन्दा पूर्व जारी गरिएका सबै सरकारी मुद्राहरूलाई फर्काउने निर्णय गरेको छ।[]

 
मुम्बई स्थित भारतीय रिजर्व बैङ्कको प्रधान कार्यालय

भारतीय रिजर्व बैङ्कको स्थापना भारतीय रिजर्व बैङ्क ऐन १९३४ को प्रावधान अनुसार १ अप्रिल १९३५ मा भएको थियो । रिजर्व बैङ्कको केन्द्रीय कार्यालय प्रारम्भमा कोलकातामा स्थापित गरिएको थियो जसलाई सन् १९३७ मा स्थायी रूपले मुम्बईमा स्थानान्तरित गरिएको हो । केन्द्रीय कार्यालय त्यो कार्यालय हो जहाँ गभर्नर वहाल रहनछन् र नीतिहरू निर्धारित गर्ने गरिन्छ । ब्रिटिश राजको समयमा प्रारम्भ रूपले यो बैङ्क निजी स्वामित्व हुने गर्थ्यो तर स्वतन्त्र भारतमा सन् १९४० जनवरी १ मा यसको राष्ट्रीयकरण गरियो । यसपछि यो पूर्ण रूपले भारत सरकारको पूर्ण स्वामित्व बैङ्क हो ।

प्रमुख कार्य

सम्पादन गर्नुहोस्

भारतीय रिजर्व बैङ्कको प्रस्तावनामा बैङ्कको मूल कार्य यस प्रकार वर्णित गरिएको छ:

  • मौद्रिक नीति तैयार पार्नु, त्यसको कार्यान्वयन र रेखदेख गर्ने ।
  • वित्तीय प्रणालीको विनियमन र पर्यवेक्षण गर्ने ।
  • विदेशी मुद्राको प्रबन्धन गर्ने ।
  • मुद्रा जारी गर्ने, त्यसको विनिमय गर्ने र परिचालन योग्य नभएको स्थितिमा त्यसलाई नष्ट गर्ने ।
  • सरकारको बैङ्कर र बैङ्कहरूको बैङ्करको रूपमा काम गर्ने ।
  • आफ्नो शाखा नियन्त्रित गर्ने ।
  • मुद्राको कारोबारलाई नियन्त्रित गर्ने ।

सरकारको बैङ्करको रूपमा भारतीय रिजर्व बैङ्कको भूमिका

सम्पादन गर्नुहोस्

भारतीय रिजर्व बैङ्क अधि‍नि‍यमको धारा २० को शर्तहरूमा रिजर्व बैङ्कले केन्द्रीय सरकारको प्राप्ति‍ र भुक्तानहरू, वि‍नि‍मय, विप्रेषण (रेमि‍ट्यान्स) र अन्य बैङ्किंग गति‍वि‍धि‍हरू, जसमा सङ्घको साधारण ऋण प्रबन्ध समेत सामेल छ, को उत्तरदायि‍त्व सम्भालने कार्य गर्छ । त्यसतै भारतीय रिजर्व बैङ्क अधि‍नि‍यमको धारा २१ अनुसार रिजर्व बैङ्कलाई भारतमा सरकारी कारोबार गर्ने अधि‍कार प्राप्त छ ।

अधि‍नि‍यमको धारा २१ ए अनुसार राज्य सरकारहरूसँग करार गरेर भारतीय रिजर्व बैङ्कले राज्य सरकारलाई ऋण प्रदान गर्न सक्छ । भारतीय रिजर्व बैङ्कले हाल सम्म यो करार सि‍क्कि‍म सरकार वाहेक अन्य सबै राज्य सरकारहरू गरिसकेको छ ।

भारतीय रिजर्व बैङ्कले केन्द्र तथा राज्य सरकारहरूको प्रमुख खाताहरू उसको केन्द्रीय लेखा विभाग, नागपुरमा राख्ने गर्दछ । भारतीय रिजर्व बैङ्कले पुरै भारतमा सरकारको तर्फबाट राजस्व सङ्ग्रह गर्नुका साथ साथै भुक्तान गर्नका लागि सुसञ्चालि‍त व्यवस्था गरेको छ । भारतीय रिजर्व बैङ्कको मानव लेखा वि‍भाग र भारतीय रिजर्व बैङ्क अधि‍नि‍यमको धारा ४५ अन्तर्गत नि‍युक्त एजेन्सी बैङ्कहरूको शाखाहरूको सञ्जाल सरकारी लेनदेन गर्ने गर्दछ । वर्तमान समयमा सार्वजनि‍क क्षेत्रका सबै बैङ्क र नि‍जी क्षेत्रका तीन बैङ्क अर्थात आइसिआइसिआई बैङ्क लिमिटेड, एचडिएफसी बैङ्क लिमिटेड र एक्सिस बैङ्क लिमिटेड, भारतीय रिजर्व बैङ्कको एजेन्टको रूपमा कार्य गर्ने गर्छ ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "India's forex reserves slump by $4.67 billion", Mumbai: New Delhi Television Limited, २५ दिसम्बर २०११, अन्तिम पहुँच २ जनवरी २०१२ 
  2. "भारतीय रिज़र्व बैङ्क के क्षेत्रीय कार्यालय", अन्तिम पहुँच २३ जनवरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-०१ मिति
  3. "Reserve Bank of India puts 2005 as expiry date on currency notes to curb fake money", डीएनए इण्डिया डॉट कॉम, अन्तिम पहुँच २३ जनवरी २०१४ 

[[