भाक्सु
भागसु/भाक्सु (भागसुनाग वा भागसुनाथ पनि भनिन्छ) भारतको हिमाचल प्रदेशको काँगडा जिल्लाको धर्मशाला नजिकैको एउटा गाउँ हो। यो गाउँ भागसुनाग झरना र पुरातन भागसुनाग मन्दिरको स्थल हो।[१]
भाक्सु | |
---|---|
देश | भारत |
राज्य | हिमाचल प्रदेश |
जिल्ला | काँगडा जिल्ला |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
१८औँ शताब्दीको सुरुतिर, गोर्खाहरू बेलायतीहरूसँग यहाँ बसोबास गर्न आए र उनीहरूले १८१५ मा पहिलो गोर्खा राइफल्स (मलौन रेजिमेन्ट) गठन गरे।[२] भाक्सु प्रथम गोर्खा राइफल्स (मलौन रेजिमेन्ट) को घर पनि हो। भाक्सुको नाम हाल म्याकलियोडगन्ज स्टेसनमा रहेको भाक्सुनाग मन्दिरको नामबाट राखिएको छ।[३]
इतिहास
सम्पादन गर्नुहोस्भारतीय पौराणिक कथामा नागदेवताले पवित्र नागदल तालको पानी चोरेका राजा भाक्सुसँग युद्ध गरेका थिए। राजा भाक्सु पराजित भए र अन्ततः क्षमा गरियो, र क्षेत्र भाक्सु नागको रूपमा पवित्र गरियो।[४]
पर्यटन
सम्पादन गर्नुहोस्भाक्सुमा धेरै होटलहरू छन्। भाक्सु झरना, त्रियुण्ड ट्रेक र धरमकोट पर्यटकीय आकर्षणहुन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Planet, Lonely, "Bhagsu & Dharamkot travel | Dharamsala, India", Lonely Planet (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०३-२७।
- ↑ "Bhagsunag waterfall, McLeodganj", PedalThrottle (en-USमा), २०२०-०३-०१, अन्तिम पहुँच २०२०-०६-१२। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-१२ मिति
- ↑ "Bhagsunag Temple, McLeodganj: A 5000 years old temple", PedalThrottle (en-USमा), २०२०-०३-१३, अन्तिम पहुँच २०२०-०६-१२। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-१२ मिति
- ↑ जोगिन्दरनगर.कॉम (२०१२-११-०३), "Bhagsu Nag Temple - An Ancient Hindu Temple", Jogindernagar.com (en-USमा), अन्तिम पहुँच २०१९-०३-२७।