गायत्री मन्त्र
गायत्री मन्त्र (सुन्ने) हिन्दू धर्मको सर्वाधिक महत्त्वपूर्ण मन्त्र हो। यसको महत्त्व ॐ बराबर मानिन्छ । यो यजुर्वेदको मन्त्र ॐ भूर्भुवः स्वः र ऋग्वेदको छंद ३.६२.१०को सयोजनबाट निर्माण भएकोविश्वास गरिएको छ। यसको अर्थ "आफ्ना तेजले व्यापक ब्रहृमाण्ड जगत्मा चैतन्य प्रदायक सूर्यको झैँ विकाररहित तेजोमय एवं वरण गर्न योग्य देवको ध्यान गर्दछौँ; उनैको दैवी शक्तिबाट सत् मार्गमा लाग्न हाम्रो बुद्धि उत्प्रेरित होओस्" भन्ने रहेको छ।
गायत्री | |
गायत्री मन्त्र | |
संबंधित | हिन्दू देवी |
---|---|
आवास | सत्य लोक |
मंत्र | ॐ भू: भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो योनः प्रचोदयात् |
अस्त्र-शस्त्र | वेद और कमंडल |
जीवनसाथी | ब्रह्मा |
वाहन | हाँस |
मन्त्र
सम्पादन गर्नुहोस्ॐ भूर्भुव स्वः तत् सवितुर्वरेण्यं, भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् ॥[१]
भावार्थ
सम्पादन गर्नुहोस्- ॐ लाई प्रणव भनिएको छ । प्रणव भनेको साराको सारा मन्त्रको पनि सारतत्व हो । त्यसैले ॐ आफैँमा पनि पूर्ण मन्त्र हो । यसले निराकार तत्त्व -परमेश्वर परमात्माको) प्रति लक्ष्यित गराउँछ र उनको शरणागत, उपाशना र आहृवान जनाउँछ भनी मानिएको छ । यो यस्तो ध्वनि विशेष हो, जसले शरीरमा स्फूर्तता प्रदान गर्दछ । यो अ, उ, म र चन्द्रविन्दुको मिश्रणबाट बन्दछ । ॐले लक्ष्यित गरेको परम आत्मा अर्थात् परब्रहृम परमात्मा सत् हो । त्यसैले यो नित्य छ । ॐ वाचनाको साधनाले साधकलाई नित्यतर्फ अर्थात् सत्तर्फ उन्मुख गराउँदछ ।
त्यसैगरी ॐ चित् हो । चित् भनेको चेतनस्वरूप हो । उनकै चैतन्य सत्ताका आधारमा चेतन प्रकृति चल्दछ । त्यसैगरी प्रत्येक प्राणीमा चेतना जाग्दछ । त्यही चैतन्य नै चित् हो । चित् ज्ञानस्वरूप हुन्छ ।
- भूर्भुवः स्वः
भूर्भुवः स्वःले व्यापक ब्रहृमाण्ड जगत्मा परमेश्वर परमात्माको अवस्थिति एवं प्रभावको विषय दर्शाउँछ । व्यापक ब्रहृमाण्डलाई बुझाउने भएकाले यस
-भूर्भुव स्वः लाई गायत्री मन्त्र भित्र पारिँदैन । ब्रहृमाण्ड जगत्मा दुई थरी कुरा छन् दृष्टि र द्रष्टा । भोक लागेको थाहा पाउँदा भोक दृष्टि हो भने भोक थाहा पाउने -प्रज्ञान) द्रष्टा हो । दृश्यमा विषयवस्तु, शरीर, इन्द्रीय, मन, बुद्धि, आवाज, योजना, कल्पना, भावना, प्रपञ्च, क्रियाकलाप, उद्देश्य, प्राप्ति, नियत, स्वभाव, समय आदि पर्दछन् । ती सबका सब थाहा पाउने द्रष्टा हो । संसारमा दुईथरी कुरा : दृष्टि र द्रष्टा वा क्षेत्र र क्षेत्रज्ञ छन् या नित्य र अनित्य छन् या जरा र चेतन छन् या आत्मा र अनात्मा छन् या सत् र असत् छन् आदि । भूर्भुवः स्वःले सङ्केत गर्ने ब्रहृमाण्ड जगत् पनि यत्ति नै छन् ।
- तत् सवितुर्वरेण्यं
तत् ले ॐलाई, भूर्भुवः स्वःको अधिष्ठान चैतन्यलाई, सर्व उपास्य सूर्यको समेत नियमन गर्ने तत्त्वलाई एवं तेजोमय शक्तिलाई सङ्केत गर्दछ । सविताले तेजोमय प्रकाशपुञ्ज सूर्यलाई जनाउँछ । यहाँ वरेण्यंको अर्थ वरण गर्न योग्य वा अपनाउन योग्य भन्ने लाग्छ । महान् शक्तिशाली प्रकाश पुञ्ज सूर्यनारायणसमेत उनै परमात्म चैतन्यका आधारमा प्रकाशित हुन्छन् भनेर देखाउन गायत्री मन्त्रमा तत् सवितुर्वरेण्यं राखिएको छ । सर्वउपास्य सूर्यको महानताको कारण नै साकार सूर्यवरणको माध्यमबाट निराकार परमात्म तेजसम्मका शृङ्खला मिलेको छ । सूर्य सर्वद्रष्टा हुन् । उनको तेजको पहुँच सर्वत्र छ । उनको त्यो चौतर्फी पहुँच र दृष्टिबाट कुनै पनि अरिष्ट/अनिष्ट छिप्दैनन् । आफूउपर कुनै अरिष्ट/अनिष्ट आउँदैछ भने ती सबै सूर्यको रश्मिबाट खिचिएर नाश हुन् भन्ने भावमय प्रार्थना सूर्यवरणमा छिपेको हुन्छ । यसरी साकारमा सूर्य महान् छन् । उनै जगत्का सञ्चालक हुन् । उनै जगत्का प्रकाशक हुन् । सूर्यमा जुन दिव्य ताप र प्रकाश छ त्यो एकनास छ । सूर्य सधैँ जाज्ज्वल्यमान छन् र उनको प्रकाशमा रतिभर घटबढ छैन । त्यस्ता सबैका हितकारक र सबैबाट कुनै न कुनै तरहले वरण हुने तेजयुक्त सूर्यसमेतको नियमनमा अर्को त्योभन्दा महान् तत्त्व प्रति लक्षित गर्न सर्व सहज प्रस्तुतिका लागि गायत्री मन्त्रमा तत् सवितुर्वरेण्यं समावेश छ ।
- भर्गो देवस्य धीमहि
भर्गो भन्नाले तेज भन्ने बुझिन्छ जुन तेज हाम्रो अन्तःकरणमा भएको विकार एवं अज्ञान नाश गर्न सक्षम छ । जीवलाई जीवत्त्व प्रदान गर्न सक्षम छ । तेजसँग प्रकाश सम्बन्धित हुन आउँछ । त्यस्तो प्रकाश जसले दिव्य प्रकाशित सूर्यलाई समेत नियमन गर्दछ, त्यस्तो तेज जसले बुद्धिलाई स्फूरण हुन सत्ता प्रदान गर्दछ, यसको चेतना स्फूरणको अधिष्ठान चैतन्यलाई लक्ष्यित गरेर त्यसैमा बुद्धिवृत्ति लक्ष्यित गराउने प्रयोजन छ । भर्गो देवस्यलाई जनाउने प्रतीक ॐ हो ।
देवस्यको अर्थ देवको भन्ने लाग्छ, दैवी तत्त्वको भन्ने बुझिन्छ । सूर्य तेजमा निरन्तरता हुनुमा त्यसलाई नियमन गर्ने अर्को थप शक्ति हुनैपर्दछ भन्ने दृढताबाट अघि बढ्दै गायत्री मन्त्रमा भर्गो देवस्यबाट निराकारको फाँटमा पुर्याइएको छ । त्यसको सङ्केत भर्गोमा गएर टुङ्गिएको छ । त्यस्ता दिव्य प्रकाशमय एवं अलौकिक खालका र सूर्यभन्दा पनि महान सङ्केत भर्गोलाई गर्दछ ।
गायत्री मन्त्रमा चैतन्य तेजको ध्यानको प्रतिवद्धता आएको छ । धीमहिको अर्थ ध्यान गर्छु भन्ने प्रतिबद्धता हुन्छ । ध्यान गर्नु भनेको तप गर्नु हो । तपको दायरामा भक्ति, उपाशना, सेवा, अर्पण, चिन्तन, दास्यभाव आदि सबै पर्दछन् । यसका सहयोगसिद्ध कुराहरू दम र कर्तव्य कर्म हुन् । दम भनेको मन, इन्द्रीयको अनावश्यक सञ्चालनमा संयमता र नियन्त्रण हो । जीवन निर्वाहको हकमा नगरी नहुने कर्म र परमात्म विषयक कार्यहरू कर्तव्य कर्मको दायरामा पर्दछन् । यस्ता कुरामा निरन्तरता आएपछि सोही संस्कार सूक्ष्म शरीरमा बस्दै जान्छ । यस्तो संस्कारले अन्तःकरणका दूषित मलिनता हट्नमा बल मिल्दछ ।
यस्ता दूषित मलिनता पूर्व जन्मबाट पनि सरेर आउने हुनाले वर्तमानलाई मात्र अन्दाज गरेर हुँदैन । परिस्कृत संस्कार बसेपछि यस अघिका दूषित गुणहरू पनि क्रमिक रूपमा हट्दै जाने हुन्छन् । यस्तो साधनाको परिपाक अवस्था नै सूक्ष्म शरीरको नाश र परमात्मा एकाकार हो । त्यही ध्येय तत्त्व परमात्म चैतन्य तेज एवं सोको शक्ति उपर केन्दि्रत हुनु पर्दछ । आफ्नो यथार्थ स्वरूप तत् अर्थात् त्यो दैवी तेज नै हो । त्यही तेज नै आफ्नो चेतना हो र चेतना नै सर्वस्व हो । यसको अनुपस्थितिमा शरीर मृत नै हुन्छ । दूषित विकारीपनमा सञ्चित कर्म र क्रियमाण कर्म स्थापित रहेको हुन्छ । सञ्चित कर्म र क्रियमाण कर्मको समुच्च रूप नै प्रारब्ध हो ।
- धियो यो नः प्रचोदयात्
धियो भनेको बुद्धि हो । योले दैवी शक्तिमा लक्ष्यित गरेको छ । नः भनेको हाम्रो भन्ने बुझिन्छ । प्रचोदयात् भनेको अभिपे्ररित होओस् वा उन्मुख होओस् वा उत्प्रेरित होओस् भन्ने अर्थ लाग्छ अर्थात् हाम्रो बुद्धिवृत्ति सोही परमात्म तेजतर्फ उन्मुख होओस् भन्ने बुझिन्छ । अतः यहाँ बुद्धिलाई चैतन्यतर्फ उन्मुख गराउने प्रसङ्ग छ ।
यसरी गायत्री मन्त्रको छोटकरी अर्थ हुन आउँछ आफ्ना तेजले व्यापक ब्रहृमाण्ड जगत्मा चैतन्य प्रदायक सूर्यको झैँ विकाररहित तेजोमय एवं वरण गर्न योग्य देवको ध्यान गर्दछौँ । उनैको दैवी शक्तिबाट सत् मार्गमा लाग्न हाम्रो बुद्धि उत्प्रेरित होओस् ।
गायत्रीका प्रकारहरु
सम्पादन गर्नुहोस्शिव गायत्री
सम्पादन गर्नुहोस्(क) शिव गायत्री ॐ महादेवाय विद्महे, रुद्रमुर्तय धीमहि तन्नो शिव: प्रचोदयात (ख) रूद्र गायत्री मन्त्र ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि, तन्नो रूद्र: प्रचोदयात! ॐ पञ्चवक्त्राय विद्महे, सहस्राक्षाय महादेवाय धीमहि तन्नो रुद्र प्रचोदयात्
दत्तात्रय गायत्री
सम्पादन गर्नुहोस्(दत्तात्रेय हरे कृष्ण उन्मत्तानन्ददायक दिगंबर मुने बाल पिशाच ज्ञानसागर ॐ गुरु दत्त नमो नम:) ॐ दत्तात्रेयाय विद्महे अवधूताय धीमहि. तन्नो दत्त: प्रचोदयात् ॐ दत्तात्रेयाय विद्महे योगीश्वराय धीमहि. तन्नो दत्त: प्रचोदयात् ॐ दिगम्बराय विद्महे योगीश्वराय धीमहि. तन्नो दत्त: प्रचोदयात् ॐ दत्तात्रेयाय विद्महे दिगम्बराय धीमहि. तन्नो दत्त: प्रचोदयात् ॐ दत्तात्रेयाय विद्महे अत्रीपुत्राय धीमहि. तन्नो दत्त: प्रचोदयात्
गणेश गायत्री
सम्पादन गर्नुहोस्ॐ तत्पुरुषाय विद्महे वक्र तुन्डाय धीमहि, तन्नो दन्ति प्रचोदयात!
षन्मुख गायत्री
सम्पादन गर्नुहोस्ॐ तत्पुरुषाय विद्महे महासेनाय धीमहि, तन्नो षन्मुख: प्रचोदयात!
नन्दी गायत्री
सम्पादन गर्नुहोस्ॐ तत्पुरुषाय विद्महे चक्रतुण्डाय धीमहि, तन्नो नन्दी: प्रचोदयात!
सूर्य गायत्री
सम्पादन गर्नुहोस्ॐ अदित्याय विद्महे भास्कराए धीमहि तन्नो भानु: प्रचोदयात ॐ आदित्याय च विद्महे प्रभाकराय धीमहि, तन्नो सूर्य: प्रचोदयात ॐ आदित्याय विद्महॆ दिवाकराय धीमही तन्नॊ सूर्यः प्रचॊदयात् ॐ भास्कराय विद्महे महातेजाय धीमहि !तन्नो सूर्य: प्रचोदयात ! ॐ अश्वध्वजाय विद्महे पासहस्थाया धीमहि तन्नो सूर्य: प्रचोदयात !
चन्द्र गायत्री
सम्पादन गर्नुहोस्ॐ अमृतंग अन्गाये विद्ममहे कलारुपाय धीमहि,तन्नो सोम प्रचोदयात ॐ अत्रि पुत्राय विद्महे सागरोद्भवाय धीमहि तन्नो चन्द्रः प्रचोदयात् ॐ क्षीरपुत्राय विद्महे अमृत तत्वाय धीमहि, तन्नो चन्द्र: प्रचोदयात!
मङ्गल (भौम) गायत्री
सम्पादन गर्नुहोस्ॐ अंगारकाय विद्महे शक्तिहस्ताय धीमहि, तन्नो भौम: प्रचोदयात ॐ क्षिति पुत्राय विद्महे लोहितान्गाय धीमहि तन्नो भौमः प्रचोदयात्
बुध गायत्री
सम्पादन गर्नुहोस्ॐ सौम्यरुपाय विद्महे वानेशाय च धीमहि, तन्नो सौम्य प्रचोदयात ॐ चन्द्र पुत्राय विद्महे रोहिनि प्रियाय धीमहि तन्नो बुधः प्रचोदयात्
गुरु गायत्री
सम्पादन गर्नुहोस्ॐ अन्गिर्साय विद्महे दिव्यदेहाय धीमहि, तन्नो जीव: प्रचोदयात ॐ अंगिरोजाताय विद्महे वाचस्पतये धीमहि तन्नो गुरुः प्रचोदयात् ॐ गुरु देवाय विद्महे परब्रह्माय धीमहि, तन्नो गुरु: प्रचोदयात!
शुक्र गायत्री
सम्पादन गर्नुहोस्ॐ भृगुजाय विद्महे दिव्यदेहाय, धीमहि तन्नो शुक्र: प्रचोदयात ॐ भृगुपुत्राय विद्महे श्वेतवाहनाय धीमहि तन्नः शुक्रः प्रचोदयात्
शनि गायत्री
सम्पादन गर्नुहोस्ॐ भग्भवाय विद्महे मृत्युरुपाय धीमहि, तन्नो सौरी:प्रचोदयात ॐ कृष्णांगाय विद्महॆ रविपुत्राय धीमही तन्नॊ सौरिः प्रचॊदयात्
राहू गायत्री
सम्पादन गर्नुहोस्ॐ शिरोरुपाय विद्महे अमृतेशाय धीमहि, तन्नो राहू:प्रचोदयात ॐ नील वर्णाय विद्महे सौंहिकेयाय धीमहि तन्नॊ राहुः प्रचोदयात्
केतु गायत्री
सम्पादन गर्नुहोस्ॐ पद्मपुत्राय विद्महे अम्रितेसाय धीमहि तन्नो केतु: प्रचोदयात ॐ धूम्र वर्णाय विद्महे कपोत वाहनाय धीमहि, तन्नो केतुः प्रचोदयात्
ब्रम्हा गायत्री
सम्पादन गर्नुहोस्ॐ वेदात्मने च विद्महे हिरण्यगर्भाय धीमहि, तन्नो ब्रह्मा प्रचोदयात!
विष्णु गायत्री
सम्पादन गर्नुहोस्(क) नारायण गायत्री
सम्पादन गर्नुहोस्ॐ नारायाणाय विद्महे वासुदेवाय धीमहि । तन्नो विष्णुः प्रचोदयात् । ॐ श्री विष्णवे च विद्महे वासुदेवाय धीमहि, तन्नो विष्णु: प्रचोदयात ! ॐ नारायण: विद्महे वासुदेवाय धीमहि, तन्नो नारायण: प्रचोदयात ! ॐ नारायणाय विद्महे वासुदेवाय धीमहि तन्नो नारायण प्रचोदयात् ।
(ख) श्रीनिवास गायत्री
सम्पादन गर्नुहोस्ॐ निरन्जनाय विद्महे निरापासाय धीमहि तन्नो श्रीनिवास प्रचोदयात् ।
(ग) कृष्ण गायत्री
सम्पादन गर्नुहोस्ॐ देवकिनन्दनाय विद्ममहे, वासुदेवाय धीमहि तन्नो कृष्ण:प्रचोदयात ॐ दामोदराय विद्महे वासुदेवाय धीमहि । तन्नः कृष्णः प्रचोदयात् ।
(घ) गोपाल गायत्री
सम्पादन गर्नुहोस्ॐ गोपालाय विद्महे गोपीजन वल्लभाय धीमहि, तन्नो गोपाल: प्रचोदयात
(ङ) परशुराम गायत्री
सम्पादन गर्नुहोस्ॐ जामदग्न्याय विद्महे महावीराय धीमहि, तन्नो परशुराम प्रचोदयात
(च) नृसिंह गायत्री
सम्पादन गर्नुहोस्ॐ उग्रनृसिंहाय (नरसिंहाय) विद्महे वज्रनखाय धीमहि, तन्नो नृसिंह: (नरसिंह) प्रचोदयात ॐ वज्रनखाय विद्महे तीक्ष्णदंष्ट्राय धीमहि । तन्नो नृसिंहः (नरसिंह) प्रचोदयात ॐ नरहसिंहाय विद्महे वज्रनखाय धीमहि । तन्नो विष्णु प्रचोदयात ॐ नरहसिंहाय विद्महे वज्रनखाय धीमहि । तन्नो सिंह प्रचोदयात
(छ) हयग्रीव गायत्री
सम्पादन गर्नुहोस्ॐ वाणीश्वराय विद्महे हयग्रीवाय धीमहि तन्नो हयग्रीव :प्रचोदयात
(ज) राम गायत्री
सम्पादन गर्नुहोस्ॐ दाशरथये विद्महे सीतावल्लभाय धीमहि, तन्नो राम: प्रचोदयात!
(झ) त्रैलोक्य गायत्री
सम्पादन गर्नुहोस्ॐ त्रैलोक्य मोहनाय विद्महे आत्मारामाय धीमहि, तन्नो विष्णु: प्रचोदयात!
(ञ) हंसा गायत्री
सम्पादन गर्नुहोस्ॐ परम्ह्न्साय विद्महे महा हंसाय धीमहि तन्नो हंस: प्रचोदयात ॐ वागीश्वराय विद्महे हयग्रीवाय धीमहि । तन्नो हंसः प्रचोदयात् ।
(ट) सुदर्शन गायत्री
सम्पादन गर्नुहोस्ॐ सुदर्शनाय विद्महे हेतिराजाय धीमहि । तन्नश्चक्रः प्रचोदयात् ।
(ठ) वराह गायत्री
सम्पादन गर्नुहोस्ॐ धनुर्धराय विद्महे वक्रदंष्ट्राय धीमहि तन्नो वराह प्रचोदयात् । ॐ भू: रक्षकाय विद्महे श्रीकराय धीमहि तन्नो वराह प्रचोदयात् ॐ भू-वराहाय विद्महे हिरण्यगर्भाय धीमहि तन्नो क्रोध प्रचोदयात्
(ड) मत्स्य गायत्री
सम्पादन गर्नुहोस्ॐ तत्पुरुशाय विद्महे माहा-मीनाय धीमहि तन्नो विष्णु प्रचोदयात ।
(ढ) वेङ्कटेश गायत्री
सम्पादन गर्नुहोस्ॐ श्रीनिलायाय विद्महे वेङ्कटेशाय धीमहि तन्नो हारि: प्रचोदयात् ।
(ण) राजागोपाल गायत्री
सम्पादन गर्नुहोस्ॐ तत्पुरुशाय विद्महे सन्तान पुत्राय धीमहि तन्नो विष्णु प्रचोदयात् ।
(त) कूर्म गायत्री
सम्पादन गर्नुहोस्ॐ कच्छपेसाय विद्महे माहाबलाय धीमहि तन्नो कूर्म प्रचोदयात् ।
(थ) वामन गायत्री
सम्पादन गर्नुहोस्ॐ तप रूपाय विद्महे श्रृष्टिकर्ताय धीमहि तन्नो वामन प्रचोदयात् ।
(द) बलराम गायत्री
सम्पादन गर्नुहोस्(बुद्ध अवतारको गायत्री मन्त्र भेटिएन - दशावतार विकिपेडियामा बलरामलाई ९औ अबतार बताइएको छ)
ॐ अश्त्रहस्ताय विद्महे पीताम्वराय धीमहि तन्नो बलराम प्रचोदयात् ।
(ध) कल्कि गायत्री
सम्पादन गर्नुहोस्ॐ भूमि नेत्राय विद्महे माहापुरुशाय धीमहि तन्नो कल्कि प्रचोदयात् ।
लक्ष्मी गायत्री
सम्पादन गर्नुहोस्(क) लक्ष्मी गायत्री ॐ महालाक्ष्मये विधमहे, विष्णु प्रियाय धीमहि तन्नो लक्ष्मी:प्रचोदयात ॐ नमो भाग्य लक्ष्मी च विदमहे, अस्ट लक्ष्मी च धीमहि तन्नो लक्ष्मी प्रचोदयात (ख) राधा गायत्री ॐ वृषभानु: जायै विद्महे, कृष्णप्रियाय धीमहि तन्नो राधा :प्रचोदयात ॐ वृषभानुजायै विद्महे कृष्णप्रियायै धीमहि, तन्नो राधिका प्रचोदयात! (ग) तुलसी गायत्री ॐ श्री तुलस्यये विद्महे, विष्णुप्रियाय धीमहि तन्नो वृंदा:प्रचोदयात ॐ त्रिपुराय विद्महे तुलसीपत्राय धीमहि, तन्नो तुलसी प्रचोदयात! (घ) लक्ष्मी गायत्री ॐ महादेव्यै च विद्महे विष्णु पत्न्ये [यै] च धीमहि, तन्नो लक्ष्मी: प्रचोदयात! (ङ) जानकी गायत्री ॐ जनकजायै विद्महे राम प्रियायै धीमहि, तन्नो सीता प्रचोदयात! (च) सीता गायत्री ॐ जनक नंदिन्ये विद्महे भुमिजाय धीमहि तन्नो सीता :प्रचोदयात
लक्ष्मण गायत्री
सम्पादन गर्नुहोस्ॐ दासरथये विद्महे अलाबेलाय धीमहि, तन्नो लक्ष्मण प्रचोदयात!
हनुमान गायत्री
सम्पादन गर्नुहोस्ॐ अन्जनीजाय विद्महे वायु पुत्राय धीमहि, तन्नो हनुमान प्रचोदयात!
गरुड़ गायत्री
सम्पादन गर्नुहोस्ॐ तत्पुरुषाय विद्महे सुवर्ण वरणाय धीमहि, तन्नो गरुड़: प्रचोदयात!
सरस्वती गायत्री
सम्पादन गर्नुहोस्ॐ वाग देव्यै विद्महे काम राज्या धीमहि तन्नो सरस्वती: प्रचोदयात । ॐ ऐं वाग्देव्यै च विद्महे कामराजाय धीमहि, तन्नो देवी प्रचोदयात!
दुर्गा गायत्री
सम्पादन गर्नुहोस्ॐ गिरिजाये विद्महे शिवप्रियाय धीमहि तन्नो दुर्गा :प्रचोदयात त्वरिता गायत्री मन्त्र– (या श्री: स्वयम स्वकृतिनां भवनेष्वलक्ष्मी: पापात्मनां कृतधियां हृद्येशु बुद्धि: । श्रृद्धा शतां कुलजन प्रभवस्य लज्जा, ता त्वां नतास्म परिपालय देवि विश्वं । । ) ॐ त्वरिता देव्यै च विद्महे महानित्यायै धीमहि, तन्नो देवी प्रचोदयात! महिष मर्द्दिनी गायत्र मन्त्र— ॐ महिषमर्द्दियै च दुर्गायै च धीमहि, तन्नो देवी प्रचोदयात! मातंगी गायत्री मन्त्र—- ॐ मातं गये मतंग्ये [यै] च उच्छिष्ट चाण्डाल्यै च धीमहि, तन्नो देवी प्रचोदयात! बागला मुखी गायत्री मन्त्र—- ॐ बागला मुख्यं च विद्महे स्तंभिन्यै च धीमहि, तन्नो देवी प्रचोदयात! धूमावती गायत्री मन्त्र—- ॐ धूमावत्यै च विद्महे संहारिन्यै च धीमहि, तन्नो धूमा प्रचोदयात ! छिन्नमस्ता गायत्री मन्त्र—- ॐ वैरोचन्यै च विद्महे छिन्नमस्तायै धीमहि, तन्नो देवी प्रचोदयात! भैरवी गायत्री मन्त्र—- ॐ त्रिपुरायै च विद्महे भैरव्यै च धीमहि, तन्नो देवी प्रचोदयात! भुवनेश्वरी गायत्री मन्त्र—- ॐ नारायन्यै च विद्महे भुवनेश्वर्यै धीमहि, तन्नो देवी प्रचोदयात! त्रिपुर सुंदरी गायत्री मन्त्र—– ॐ त्रिपुरा दैव्यै विद्महे क्लीं कामेश्वर्यै धीमहि, तन्नो देवी प्रचोदयात! तारा गायत्री मन्त्र– ॐ तारायै च विद्महे महोग्रायै च धीमहि, सौस्तन्न: क्लिन्नै प्रचोदयात! काली गायत्री मन्त्र— ॐ कालिकायै च विद्महे श्मशान वासिन्यै धीमहि, तन्नो अगोरा प्रचोदयात! अन्नपूर्णा गायत्र मन्त्र– ॐ भगवत्यै च विद्महे माहेश्वर्यै च धीमहि, तन्नो अन्नपूर्णा प्रचोदयात! गौरी गायत्री मन्त्र— ॐ सुभगार्यै च विद्महे काम मालायै धीमहि, तन्नो गौरी प्रचोदयात! देवी गायत्री मन्त्र— ॐ देव्यै विद्महे महाशक्त्यै च धीमहि, तन्नो देवी प्रचोदयात! शक्ति गायत्री मन्त्र— ॐ सर्व सम्मोहिन्यै विद्महे विश्वनन्यै धीमहि, शक्ति प्रचोदयात
इन्द्र गायत्री
सम्पादन गर्नुहोस्ॐ सहस्त्र नेत्राए विद्महे वज्रहस्ताय धीमहि तन्नो इन्द्र:प्रचोदयात ॐ तत्पुरुषाय विद्महे सहत्राक्षाय धीमहि, तन्नो इंद्र: प्रचोदयात
अग्नि गायत्री
सम्पादन गर्नुहोस्ॐ महाज्वालाय विद्महे अग्नि मध्ये धीमहि, तन्नो अग्नि प्रचोदयात!
जल गायत्री
सम्पादन गर्नुहोस्ॐ जलबिंबाय विद्महे नील पुरुषाय धीमहि, तन्नो अम्बु: प्रकोदयात!
आकाश गायत्री
सम्पादन गर्नुहोस्ॐ आकाशाय च विद्महे नभो देवाय धीमहि, तन्नो गगनं प्रचोदयात!
वायु गायत्री
सम्पादन गर्नुहोस्ॐ पवन पुरुषाय विद्महे सहस्त्र मूर्त्ये च धीमहि, तन्नो वायु: प्रचोदयात!
यम् गायत्री
सम्पादन गर्नुहोस्ॐ सुर्यपुत्राय विद्महे महाकालाय धीमहि तन्नो यम् :प्रचोदयात
वरुण गायत्री
सम्पादन गर्नुहोस्ॐ जल बिम्बाय विद्महे नील पुरु शाय धीमहि तन्नो वरुण :प्रचोदयात
काम गायत्री
सम्पादन गर्नुहोस्ॐ मन्मथेशाय विद्महे काम देवाय धीमहि, तन्नो अनंग प्रचोदयात!
पृथ्वी गायत्री
सम्पादन गर्नुहोस्ॐ पृथ्वीदेव्यै विद्महे सहस्र मूरतयै धीमहि तन्नो पृथ्वी :प्रचोदयात ॐ पृथ्वी देव्यै च विद्महे सहस्र मूर्त्ये च धीमहि, तन्नो मही प्रचोदयात!
स्रोत तथा बाहिरिय लिङ्क
सम्पादन गर्नुहोस्- ↑ गायत्री महामन्त्र [स्थायी मृत कडी]
- ↑ अडियो लिंक वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-१३ मिति
- ↑ भिडियो लिंक वेब्याक मेसिन अभिलेखिकरण २०११-०४-१७ मिति