बुन्देलखण्ड एक भौगोलिक र साँस्कृतिक क्षेत्र तथा मध्य र उत्तर भारतको एक पर्वत शृङ्खला हो। बुन्देलखण्डको पहाडी क्षेत्रलाई हाल उत्तर प्रदेश र मध्य प्रदेश राज्यहरूको बीच विभाजित गरिएको छ। झाँसी बुन्देलखण्डको सबैभन्दा ठूलो सहर हो।

बुन्देलखण्ड
जेजाकभुक्ति
ऐतिहासिक क्षेत्र
प्रस्तावित राज्य
जहाँगीर महल, ओर्छा
जहाँगीर महल, ओर्छा
निर्देशाङ्क: २५°२६′N ७८°३४′E / २५.४४°N ७८.५७°E / 25.44; 78.57निर्देशाङ्कहरू: २५°२६′N ७८°३४′E / २५.४४°N ७८.५७°E / 25.44; 78.57
देश भारत
क्षेत्रफल
 • जम्मा७०,७४७ किमी (२७३१६ वर्ग माइल)
उन्नतांश
२५०−३०० मिटर (−७३० फिट)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा१८,३३५,०४४
 • घनत्व२६०/किमी (६७०/वर्ग माइल)
वासिन्दाबुन्देलखण्डी/बुन्देली
भाषा
 • प्रमुखबुन्देली,
हिन्दी
समय क्षेत्रयुटिसी+०५:३० (भामास)
 • ग्रीष्म (डिएसटी)+०५:३०
ऐतिहासिक राजधानीहरूखजुराहो,
महोबा,
कालिञ्जर,
ओर्छा

व्युत्पत्ति सम्पादन गर्नुहोस्

बुन्देलखण्डको अर्थ "बुन्देलला क्षेत्र" हो। चन्देला राजवंशको शिलालेख अनुसार यो नाम जेजाबाट आएको हो। १४औँ शताब्दी वरपर बुन्देलहरूले चन्देललाई प्रतिस्थापित गरेपछि उनीहरूको पछि यो क्षेत्र बुन्देलखण्डको नामले परिचित भएको थियो।

बुन्देलखण्ड राज्य प्रस्तावित सम्पादन गर्नुहोस्

बुन्देलखण्ड उत्तर प्रदेशमध्य प्रदेशको भागहरू मिलेर बनेको छ। मायावतीको नेतृत्वमा बहुजन समाज पार्टी सरकारले सन् २०११ मा उत्तर प्रदेशका सात जिल्लाहरूबाट बुन्देलखण्डको निर्माण प्रस्ताव गरेको थियो। बुन्देलखण्ड अक्रित पार्टी र बुन्देलखण्ड मुक्ति मोर्चा जस्ता सङ्गठनहरूले मध्य प्रदेशका जिल्लाहरूलाई पनि समावेश गर्न चाहन्छन्। [१] [२] भारतीय जनता पार्टीकी उमा भारतीले झाँसीमा सन् २०१४ को लोकसभा चुनावको प्रचारको क्रममा उनको पार्टी सत्तामा आएमा तीन वर्ष भित्र बुन्देलखण्डलाई छुट्टै राज्य बनाउने वाचा गरेकी थिइन्। [३] त्यसैगरी लोकसभा चुनावमा काङ्ग्रेस नेता प्रदीप जैन आदित्यले यस्तै प्रतिज्ञा गरेका थिए। [४]

सन् १९६० को दशकको प्रारम्भदेखि बुन्देलखण्ड राज्य स्थापना वा क्षेत्रको विकास र वृद्धिका लागि एक आन्दोलन भएको थियो। बुन्देलखण्ड भौगोलिक हिसाबले भारतको मध्य भागमा पर्दछ भने यसले मध्य प्रदेश र उत्तर प्रदेशको केही भागलाई पनि समेटेको छ। खनिजहरूमा धनी हुनुको बाबजुद बुन्देलखण्डको मानिसहरू धेरै गरीब छन् भने क्षेत्र विकसमा केन्द्रीय राजनीतिको यहाँ न्यून प्रतिनिधित्व छ। त्यहाँ धेरै स्थानीय राजनीतिक दल तथा सङ्गठनहरु छन् भनेे यी सङ्गठनहरू क्षेत्रको विकासको प्रचार र एक पृथक् राज्यको खोजी छन्। [५] [६] यहाँको कृषि सङ्कट र किसानहरूद्वारा गरिने आत्महत्यालाई पनि छुट्टाछुट्टै राज्यको कारण भनिएको छ। [७]

सन् २०११ को नोभेम्बरमा उत्तर प्रदेश मन्त्रिपरिषद्ले राज्यलाई चार भागमा विभाजित गर्ने प्रस्ताव गरेको थियो जसको एउटा भाग बुन्देलखण्ड थियो। [८]

धर्म सम्पादन गर्नुहोस्

बुन्देलखण्डमा धर्म (सन् २०११)[९]

  हिन्दू (९३.१७%)
  इस्लाम (५.५८%)
  अन्य (१.२५%)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Mayawati's proposal to divide Uttar Pradesh into four States goes far beyond disturbing the State's politics ahead of the elections", The Hindu, मूलबाट २९ मार्च २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०७-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२९ मिति
  2. "Mayawati-kind-of-Bundelkhand not acceptable: Bundela", मूलबाट २०१५-०३-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०३-३०  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२९ मिति
  3. "Uma Bharti promises separate Bundelkhand to voters in Jhansi", The Indian Express, २०१४-०४-१०, अन्तिम पहुँच २०१५-०३-३० 
  4. "LS polls: Pradeep Jain Aditya, Uma Bharti promise separate Bundelkhand state", News18.com, अन्तिम पहुँच २०१५-०३-३० 
  5. "Demand for separate Bundelkhand reignited ahead of assembly polls separate", Daily.bhaskar.com, २०१३-०४-०५, अन्तिम पहुँच २०१५-०३-३० 
  6. Atiq Khan (२००९-१२-१०), "Nod for Telangana fuels the demand for Bundelkhand", The Hindu, अन्तिम पहुँच २०१५-०३-३० 
  7. "Farmers' Suicides and Statehood Demand in Bundelkhand | Economic and Political Weekly", Epw.in, २०११-०७-०९, अन्तिम पहुँच २०१५-०३-३० 
  8. "Mayawati wants to divide UP into 4 states, other parties cornered; NDTV", ndtv.com, २०११-११-१६, अन्तिम पहुँच २०१५-०८-०४ 
  9. http://censusindia.gov.in/

बाह्य कडीहरू सम्पादन गर्नुहोस्