बिमल प्रसाद श्रीवास्तव

नेपालका राजनीतिज्ञ

बिमल प्रसाद श्रीवास्तव एक नेपाली राजनीतिज्ञ हुन्। उनी वि.सं. २०७८ असार १० मा नेपाल सरकारको श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रीको रूपमा नेपालको इतिहासमा सबैभन्दा छोटो कार्यकाल, १८ दिनको लागि नेपाल सरकारको मन्त्रीको रूपमा सेवा गरेका थिए। नेपालको सर्वोच्च अदालतले वि.सं. २०७८ असार २८ मा गरेको निर्णयको आधारमा उनलाई पदबाट हटाइएको थियो।[३] उनी प्रतिनिधि सभा निर्वाचन, २०७४ मा तत्कालीन सङ्घीय समाजवादी फोरमको उम्मेदवारको रूपमा पर्सा २ निर्वाचन क्षेत्रबाट विजयी भएर नेपालको पहिलो सङ्घीय संसदको सदस्य बनेका थिए।[४][५]

बिमल प्रसाद श्रीवास्तव
श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्री
कार्यकाल
वि.सं. २०७८ असार १० – वि.सं. २०७८ असार २८
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीकेपी शर्मा ओली
पूर्वाधिकारीगौरीशंकर चौधरी
उतराधिकारीकृष्ण कुमार श्रेष्ठ
प्रतिनिधि सभा सदस्य
कार्यकाल
वि.सं. २०७४ फागुन २० – वि.सं. २०७९ असोज २
पूर्वाधिकारीबिचारी प्रसाद यादव
निर्वाचन क्षेत्रपर्सा २
वीरगंजको ५औँ मेयर
कार्यकाल
वि.सं. २०३९ – वि.सं. २०४५
पूर्वाधिकारीगोपाल प्रसाद प्रधान
उतराधिकारीमाधवलाल श्रेष्ठ
कार्यकाल
वि.सं. २०५४[१] – वि.सं. २०५९
पूर्वाधिकारीमाधवलाल श्रेष्ठ
उतराधिकारीगोपाल गिरी
व्यक्तिगत विवरण
जन्म (1950-12-20) २० डिसेम्बर १९५० (उमेर ७३)[२]
वीरगंज, पर्सा जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दललोकतान्त्रिक समाजवादी पार्टी
अन्य राजनीतिक
संलग्नता
राष्ट्रिय जनता पार्टी नेपाल
नेपाल लोकतान्त्रिक फोरम
सङ्घीय समाजवादी फोरम
जनता समाजवादी पार्टी
जीवन साथीबाबा श्रीवास्तव
सन्तान(हरू)
अभिभावकs
  • शम्भुशरण प्रसाद श्रीवास्तव (पिता)
  • सुसिला देवी (आमा)

प्रतिनिधि सभाको सदस्य बन्नु पूर्व उनी दुई पटक वीरगंजको मेयरको रूपमा सेवा गरेका थिए तर स्थानीय तह निर्वाचन, २०७४ मा उनी पराजित हुन पुगेका थिए।[६] उनी लोकतान्त्रिक समाजवादी पार्टीका सदस्य हुन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Officials elected", thehimalayantimes.com, अन्तिम पहुँच २०२२-०६-१४ 
  2. संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका (नेपालीमा), Nepal: संघीय संसद सचिवालय, २०२१, पृ: 270। 
  3. "मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ)", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-०६-२२ 
  4. "मेयरमा हारेका बिमल श्रीवास्तव प्रतिनिधिसभामा निर्वाचित", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०८ 
  5. "प्रतिनिधिसभा प्रत्यक्षको सबै नतिजा सार्वजनिक, को कहाँ विजयी ? पूर्ण विवरण", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०८ 
  6. शाह, क्रान्ति, "आर्थिक नगरी वीरगन्जको मेयरमा उद्योगी सरावगी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०८