बाइसधारा काठमाडौँ नागार्जुनको फेदी बालाजुमा अवस्थित एक पार्क हो। यो पार्क करीब १६२ रोपनी क्षेत्रफलमा फैलिएको छ।

बाइसधारा उद्यान
महेन्द्र उद्यान
बालाजु पार्क
बालाजु बाइसधारा उद्यान
स्थापनावि.सं २०१८ निर्माण प्रारम्भ
वि.सं २०२१ निर्माण सम्पन्न
Founderराजा महेन्द्र
Etymologyराजा महेन्द्र
Operated byकाठमाडौँ महानगरपालिका

यस पार्कको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व रहेको छ। हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन बालाजु बाइसधारामा मेला लाग्ने गर्छ। जात्राका दिन बाइसधारामा स्नान गरी मृत आफन्तका नाममा बत्ती बाल्ने परम्परा छ । यस उद्यानभित्र रहेका कृष्ण मन्दिर, कुमारी स्थान, बाल बूढानीलकण्ठ, शीतलामाई मन्दिर र रत्नचूडेश्वर महादेवको मन्दिर छ ।  चैत शुक्ल पूर्णिमामा बाइसधारामा नुहाउनाले मुक्तिनाथगोसाइँकुण्ड मा नुहाए बराबरको पुण्य प्राप्त हुनाका साथै शरीरका सारा रोगव्याधि हराउँछन् भन्ने विश्वास छ ।

ऐतिहासिक, सांकृतिक, धार्मिक र मनोरञ्जनका दृष्टिले महत्त्वपूर्ण बाइसधारा २०१८ जेठ २९ गते शिलान्यास भई[१] २०२१ जेठ २९ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।[२] उद्यान समयानुसार श्री ५ महेन्द्र उद्यान, बालाजु पार्क, वाटरगार्डेन हुँदै हाल बालाजु बाइसधारा उद्यानका नामले परिचित छ ।

इतिहास सम्पादन गर्नुहोस्

राजा प्रताप मल्ल बूढानीलकण्ठको नारायण मूर्तिलाई त्यहाँबाट हनुमानढोका दरबार लगी चोकमा राख्न एवं प्रतिष्ठापन गर्न चाहन्थे। यत्तिकैमा राजालाई सपनामा यो मूर्ति यहाँबाट कहीँ नलग्नु, स्थानान्तरण नगर्नु र तिमी र तिम्रा उत्तराधिकारीहरूले यो मूर्तिको दर्शन पनि नगर्नु, गरेमा अनिष्ठ हुनेछ भन्ने किंवदन्ती छ। यसैले उनले बालाजुमा र हनुमानढोका दरबार परिसरमा बूढानीलकण्ठकोको प्रतिमूर्ति बनाउन लगाए। राजा प्रताप मल्लले सन् १६६० मा सानो बाल बूढानीलकण्ठ स्थापना गरेपछि जसको नामबाट सो स्थानको नाम बालाजु रहन गएको बताइन्छ । यहाँ नै नेपाल संवत् ८७५मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गराएका थिए।

पछि वि.सं. १८५५मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुङ्गेधारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहन गएको हो भने इतिहासमा उल्लेख छ। २०१८ सालमा यहाँ आधुनिक पार्कको निर्माण गरियो।

बाइसधारा धाराको मुहान नुवाकोट पर्वतँग जोडिएको भनिन्छ। देवीघाटको पानी यहाँ आउने र सो पानीले नुहाएमा अनेकौ चर्मरोग निको हुने हुन्छ भन्ने किंवदन्ती छ।

 
बालाजु बाइसधारा उद्यान
 
सुर्य बहादुर थापाबााट शिलान्यास गरिएको व्यहोरा भएको २०१८ जेष्ठ २९ को शिलालेख
 
डा तुलसी गिरीबाट पार्कको उद्घाटन सम्बन्धि व्यहोरा भएको २०२१ जेष्ठ २९ को शिलालेख

पार्कमा आदिकवि भानुभक्त आचार्यको शालिक, गुम्बा, राजा महेन्द्ररानी रत्नको प्रतिमा राखिएको छ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्