रत्न पार्क मध्य काठमाडौँ मा अवस्थित एक पार्क हो। यसको नामाकरण राजा महेन्द्र पत्नी रानी रत्नको नाममा राखिएको छ। [१] यो बालबालिका हरूको लागि निर्माण गरिएको हो र रत्नको नामबाट राखिएको छ। तत्कालीन रानी रत्न राज्यलक्ष्मीको योजना अनुरुप राजा महेन्द्रले बच्चाहरुको लागि भनेर पार्क तयार पार्न लगाएका थिए । २०१८ सालदेखि निर्माण सुरु गरेर २०२१ सालमा सम्पन्न भएको थियो ।

रत्नपार्क
रत्न पार्क
शंखधर उद्यान
रत्न पार्क प्रवेश द्वार
स्थापनावि.सं २०१८ निर्माण प्रारम्भ
वि.सं २०२१ निर्माण सम्पन्न
Founderराजा महेन्द्र
Etymologyरानी रत्न
Operated byकाठमाडौँ महानगरपालिका

पार्कको नाम योजनाकार रत्नकै नामबाट राखियो र उनको प्रतिमा पनि स्थापना गरिएको थियो । यो काठमाडौँको मध्य भागमा रानी पोखरीटुँडिखेलको बीचमा अवस्थित छ। पार्कको बीचमा रहेको रत्नराज्यलक्ष्मीको शालिक भने २०६२/६३ सालमा आन्दोलनकारीले तोडफोड गरेका थिए ।

काठमाडौँ महानगरपालिकाले २०७७ मा शंखधर साख्वाः को शालिक राख्नुका साथै पार्कको नाम शंखधर उद्यान भनेर परिवर्तन गर्यो ।

चित्र सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Hoag, Katharine (१९७६), Exploring mysterious Kathmandu, Avalok, पृ: २५, ओसिएलसी 3415424