रुवाई
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (अप्रिल २०१२) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
रुबाईको सामान्य चिनारी
जसरी गजल अरबी साहित्यको उब्जनि हो अरबबाटनै यसको मुख्य विकास भयो। त्यसै गरी रुबाई पनि अरब मुलुककै फरसी भाषामा हो भन्ने इतिहास बिस्व साहित्यमा निहित छ। गजललाई नेपालमा भित्र्याउने श्रेय मोतिराम भट्टलाई जान्छ तर रुबाईको दरिलो प्रमाण भेटिएको छैन तर यसको रचना गरी पुस्तकको रूपमा प्रकाशन गर्ने श्रेय भने साहित्यकार प्रकास आङ्गदाग्बेलाई जान्छ। उनको ग्याँसको च्याम्बरमा बुद्ध रुवाई सङ्ग्रह प्रकाशनमा ल्याएको पाईन्छ।रुबाई नेपालमा धेरै लामो समयबाट लेखिदै आए पनि यसलाई असर भने मुक्तक र टुक्राले गर्यो यसको अर्थ यो हौनकि मुक्तर टुक्रानै रुवाई हुन्। विश्व साहित्यको इतिहासले बताउँछ कि यो बिधा हजारै वर्ष अगाडि देखि लेखिदै आए पनि यसलाई एघारौँ शताब्दीमा जन्मिएका फारसी आदि स्रष्टा अमर खैय्यामले रुवाईको नामकरण गरी पुर्नजन्म दिए। यस अर्थमा अमर खैय्यामलाई गजलका पिता भन्दा फरक नपर्ला तर नेपालमा भने कसलाई श्रेय जान्छ प्रकाशनको हिसाबमा प्रकास आङ्गदाग्बे पर्छन्। जसरी गजल बिदामा मोतिराम भट्टलाई सम्झिन्छै त्यसरीनै रुवाई बिदामा प्रकास आङ्गदाग्बेलाई सम्झदा फरक नपर्नु पर्ने हो। इतिहास साँचो छ एघारै शताब्दिमानै खैय्याम द्धरा हजारै रुवाईहरू लेखिए खैय्यामले लेखोको करिब हजार वर्ष पछि मात्र यसले बिस्व साहित्यमा हाँगिने अवसर प्राप्त गर्यो। रुवाई बिदा जिवनर जगतमा अतिनै नजिकभएर लेखितापनि खैय्यामको समयमा स्रोत,सामाग्रि , छापा र साञ्चारको विकास नभएको कारण उनको निधनपछि खैय्यामका रचना ब्यवस्थित हुन सकेन्न्। उनका परिवारर अनुरागिहरूले प्रयास नगरेको भने हैन तर लामो समय टिकाउन सकेन्न। अन्त्यमा उनका रचना वेवारिसे लथा लिङ्गभयो। रदि कागजको खातमा उनका रचना पुग्यो। यसै प्रसङ्गमा एकदिन अंङ्गग्रेजि साहित्यकार फिट्ज्जेरल्डले पसलमा सामान किन्दा सामानसगै पसलेले पोको पारेर दियो र उनले त्यस काजमा लेखिएको कुरा कुनै महत्त्वपुर्ण हुनुपर्छ भनि ठानि उनले फारसि भाषाको अध्यान गरे उनलाई फारसि भाषा अध्यानगर्नकै लागि ८,९ वर्ष लागेको इतिहासमा हेर्न सकिन्छ। त्यस पश्चात उनले फारसि भाषामा लेखिएको रुवाई बिधा अंङ्गग्रेजि भाषामा रूपान्तरण गरेपछि यस बिदाले दिन दुईगुना र रात चैगुनाका दरले बिस्वमा फिजियो। यसरि अंङ्गग्रेजि भाषामा रूपान्तरण भएपछि यस बिधालाई अन्यभासमा रूपान्तरण गरे यसै क्रममा हिन्दि भाषामा रूपान्तरण भयो। हिन्दिभाषामा ल्याउने श्रेयभने हरिवंश राय वच्चनलाई जान्नछ। हरिवंश राय वच्चन भारतिय अभिनेता अमितावच्चनका पिताहुन्। नेपालमा ल्याउनेको हो भनि ठोस प्रमाण भेटिएको छैन तर पुस्तकको हिसाबमा प्रकास आङ्गदाग्बे लाईनै जान्छ। चाहे जेहोस रुवाई बिधाले जोको हिको मनमा सुटुक्क अटाउछ। अवधिको खाडि बोलिमा रुबाईलाई रोलाई भनिन्छ। रुबाईको उत्पति हेर्ने हो भने करुण रशबाट आवाज वा शब्द निस्कन्छ। यहिनै रुवाईको पृष्ठ भुमि हो।अहिले नेपाली साहित्यमा पनि रुवाई बिधा अगाडिनै बढेको पाईन्छ। अब यस बिदाका केही नियमको चर्चा गरै। १.दुइशेरमा पुर्ण हुन्छ,शेरहरू अलग अलग हुनुहुदैन। २.एउटै भावमा केन्द्रित हुन्छ। ३.यसमा रदिफ आवस्यक छैन हुदा सुनमा सुग्ध हुन्छ। ४.यसलाई अनिवार्य चार हरफमा समेट्नु पर्छ। अन्यथा अरुनै बिदा हुन् जान्छ। क) पहिलो हरफ : विषय वस्तुको उठान ख) दोस्रो हरफ : विषय बस्तुमाथि ब्याख्या ग) तेस्रो हरफ : विषय बस्तुमा जिज्ञासा वा कौतुहलता घ) चौथो हरफ : एक मुस्ट भावगत प्रहार ५.रुबाईमा करुण रशको आवश्यक पर्दछ। अन्त्यमा रुबाई एक साहित्य बगैचाको फुल हो यसलाई रोप्ने काम गरे खैय्यामले गोडमेल फिटजजेरल्ड र हिन्दिमा हरिवश राय बच्चनले भने नेपाली साहित्यको बगैचामा एकमुस्ट बिरुवा लगाए प्रकास आङ्गदाग्बेले अत : यसको गोडमेलर रोपनिको जिम्मा हामि सबैले लियै।