कामिनी राय (बङ्गाली: কামিনী রায়, जन्म; १२ अक्टोबर १८६४ - २७ सेप्टेम्बर १९३३) ब्रिटिस भारतकी एक प्रमुख बङ्गाली कवि, सामाजिक कार्यकर्ता तथा नारीवादी महिला थिइन्।[१][२] उनी ब्रिटिस भारतमा स्नातक गर्ने पहिलो महिला थिइन्।

कामिनी राय
কামিনী রায়
Kamini Roy.jpg
जन्म(१८६४-१०-१२)१२ अक्टोबर १८६४
बङ्गाल राज्य, बेलायती भारत
मृत्यु२७ सेप्टेम्बर १९३३(१९३३-०९-२७) (६८ वर्ष)
हजारिबाघ, विहार राज्य बेलायती भारत
राष्ट्रियताभारतीय
मातृ शिक्षाप्रतिष्ठानकलकत्ता विश्वविद्यालय
पेशाकवयत्री
जीवनसाथीकेदारनाथ राय

बाल्यकालसम्पादन

कामिनी रायको जन्म १२ अक्टोबर १८६४ मा बङ्गालको बसन्दा गाउँमा भएको थियो जुन हाल बाङ्लादेशको के बरिशाल जिल्लामा पर्दछ।[३] सन् १८८३ मा बेथ्यून विद्यालयबाट उनले आफ्नो शिक्षा आरम्भ गरेकी थिइन्। ब्रिटिस भारतमा विद्यालय जाने पहिलो छात्राहरू मध्ये उनी एक थिइन् भने उनले स्नातकको उपाधि प्राप्त गरेकी थिइन्। सन् १८८६ मा कलकत्ता विश्वविद्यालयको बेथ्यून क्याम्पसबाट उनले संस्कृत स्नातकका साथ डिग्री लिएकी थिइन् भने सोही वर्ष उनले पढाउन पनि सुरु गरेकी थिइन्। कादम्बिनी गाङ्गुली, देशको पहिलो दुई महिला स्नातक गर्नेमा एक थिइन्। कामिनी रायको जन्म सम्भ्रान्त बङ्गाली वैद्य परिवारमा भएको थियो। उनको बुवा चण्डी चरण सेन, एक न्यायाधीश तथा लेखक, ब्रह्म समाजको एक प्रमुख सदस्य पनि थिए। कामिनी आफ्नो बुबाको पुस्तकहरूको सङ्ग्रहबाट धेरै कुरा सिक्न पाएकी थिइन् भने उनले पुस्तकालयको प्रचुर मात्रामा उपयोग गर्ने गर्थिन्। उनी गणित विषय प्रति प्रभावित थिइन् तर त्यसपछि उनको रुचि संस्कृत प्रति जागेको थियो। कामिनी रायक‍ दाजुको नाम निशीथ चन्द्र सेन थियो जो कलकत्ता उच्च न्यायालयमा एक प्रसिद्ध अधिकारी थिए र पछि उनी कलकत्ताका मेयर बनेका थिए जबकि उनको बहिनी कामिनी तात्कालिक नेपाल शाही परिवारकी गृह चिकित्सक थिइन्। सन् १८९४ मा उनले केदारनाथ रायसँग विवहा गरेकी थिइन्।

लेखन तथा नारीवादसम्पादन

कामिनी राय द्वारा लिखित कृतिहरू सरल छन्। उनले सन् १८८९ मा छन्दहरूको पहिलो सङ्ग्रह आलो छैया र त्यसपछि उनका दुई अन्य पुस्तकहरू प्रकाशित भएका थिए भने विवाह तथा बालबच्चा भएपछि उनले लेखन कार्यलाई केही वर्षका लागि बिट मारेकी थिइन्।[४] उनी तात्कालिक समयकी एक नारीवादी विचारधाराकी महिला थिइन् जब एक महिलाका लागि शिक्ष लिन बन्देज गरिएको थियो। उनले बेथ्युन विद्यालयको आफ्नै एक साथी, अबला बोससँग नारीवादी विचारधाराको विकास गरेकी थिइन्। कलकत्ताको एक बालिका विद्यालयमा दिइएको एक गए सम्बोधनमा उनले भनिन्"महिलाहरूको शिक्षाका उद्देश्य उनीहरूको समस्त विकासमा योगदान दिने र उनको क्षमता को पूरा गर्नु हो"। सन् १९२१ मा उनी कुमुदिनी मित्र (बसु) र बङ्गीय नारी समाजका मृणालिनी सेनको साथ महिलाहरूको मताधिकारका लागि लड्ने नेताहरू मध्ये उनी एक थिइन्।[५] सन् १९२५ मा महिलाहरूको सीमित मताधिकार दिइयो भने सन् १९२६ मा पहिलोपटक बङ्गाली महिलाहरूले आफ्नो मताधिकार का प्रयोग गरेका थिए। उनी महिला श्रम जाँच आयोगको (सन् १९२२–२३) एक सदस्य पनि थिइन्।

सम्मान तथा ख्यातिसम्पादन

कामिनी राय अन्य लेखकहरू तथा कविहरूद्वारा व्यापक रूपमा प्रेरित थिइन्। सन् १९२३ मा उनले बरिशालको भ्रमण गरिन् र सुफुया कमाल नामक एक युवा रचनाकारलाई आफ्नो कृति लेख्नका लागि प्रोत्साहित गरेकी थिइन्। उनी सन् १९३० मा बङ्गाली साहित्य सम्मेलनको अध्यक्ष थिइन् र सन् १९३२ देखि सन् १९३३ सम्म उनी बङ्गालको एक साहित्य संस्था बङ्गीयको उपाध्यक्ष पनि भएकी थिइन्। उनी कवि रवीन्द्रनाथ ठाकुर र संस्कृत साहित्यबाट अत्याधिक प्रभावित थिइन्।[६] कलकत्ता विश्वविद्यालयद्वारा उनलाई जगतारिणी स्वर्ण पदकबाट सम्मानित गरिएको थियो। आफ्नो कार्यकालको अन्त्य तिर उनी केही वर्ष सम्म हजारीबाग आवास लिएकी थिइन्। त्यस सानो सहरमा उनी प्रायः महेशचन्द्र घोष र धीरेन्द्र चौधरी जस्ता विद्वानहरूको साथ साहित्य तर अन्य विषयहरूमा चर्चा गर्ने गरेकी थिइन्। उनको मृत्यु २६ सेप्टेम्बर १९३३ का दिन हजारीबाघमा ६८ वर्षको उमेरमा भएको थियो।

उल्लेखनीय कार्यसम्पादन

उनको उल्लेखनीय साहित्यिक योगदानहरूमा -महश्वेता, पुण्डरीक, पौराणिकी, दीप ओ धूप, जीवन पाथेय, निर्माल्या, माल्या ओ निर्माल्या र अशोक सङ्गीत आदि साहिल छन्। उनले बच्चोहरूका लागि गुञ्जन र निबन्धोहरूको एक पुस्तक बालिका शिखर आदर्श पनि लेखेकी थिइन्।

प्रकाशित पुस्तकहरूसम्पादन

  • आलो ओ छाया (सन् १८८९)
  • निर्माल्य (सन् १८९१)
  • पौराणिक (सन् १८९७)
  • माल्य ओ निर्माल्य (सन् १९१३)
  • अशोक सङ्गीत (सनेट सङ्ग्रह, सन् १९१४)
  • अस्बा (नाट्यकाव्य, सन् १९१५)
  • दीप ओ धुप (सन् १९२९)
  • जीवन पथे (सन् १९३०)
  • एकलव्य
  • द्रोण धृष्टद्युस्न
  • श्राद्धिकी


सन्दर्भ सामग्रीसम्पादन

  1. Sarna, Jasveen Kaur (७ जुलाई २०१७), "Kamini Roy: Poet, Teacher And The First Woman Honours Graduate In British India", Feminist India, मूलबाट २४ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१८ 
  2. Sengupta, Subodh Chandra and Bose, Anjali (editors), 1976/1998, Sansad Bangali Charitabhidhan (Biographical dictionary) Vol I, ढाँचा:Bn icon, p83, आइएसबिएन ८१-८५६२६-६५-०
  3. "StreeShakti - The Parallel Force", www.streeshakti.com, अन्तिम पहुँच २०१६-१०-०८ 
  4. Ray, Bharati (१९९०), "Women in Calcutta: the Years of Change", in Chaudhuri, Sukanta, Calcutta: The Living City, Volume II: The Present and Future, Oxford University Press, पृ: ३६–३७, आइएसबिएन 978-0-19-563697-0 
  5. Ray, Bharati, Women in Calcutta: the Years of Change, in Calcutta The Living City Vol II, edited by Sukanta Chaudhuri, Oxford University Press, first published 1990, paperback edition 2005, page 36–37. आइएसबिएन ०-१९-५६३६९७-X.
  6. "Kamini Roy's 155th Birthday", Google, १२ अक्टोबर २०१९, अन्तिम पहुँच १२ अक्टोबर २०१९