बनौली विद्यापति डिह (नेपाली: बनौली विद्यापति डिही) महान मैथिली कवि विद्यापतिसँग सम्बन्धित एक ऐतिहासिक स्थान हो।[१] यो नेपालको मिथिला क्षेत्रमा पर्ने मधेश प्रदेशको महोत्तरी जिल्लाको बनौली गाउँमा अवस्थित छ। यो नेपालको ऐतिहासिक, सांस्कृतिक र धार्मिक सहर जनकपुर धामबाट ३.८ माइल अर्थात ६.११६ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित छ। मुगल सम्राटले मिथिलाका राजा शिवसिंहलाई पक्राउ गरेपछि राजाले आफनो साथी र पुजारी विद्यापतिलाई आफ्नी पत्नी लखिमा देवीलाई छिमेकी मुलुक नेपालको बनौलीराज लैजान भनेका थिए भन्ने जनविश्वास छ। द्रोणवारवंशी पुरादित्य बनौली राज राज्यका राजा थिए। विद्यापति र रानी लखिमा देवीले द्रोणवार पुरादित्यको दरबारमा शरण लिएका थिए। उनीहरू यहाँ १२ वर्षसम्म बसेको बताइएको छ। विद्यापतिले त्यहाँ धेरै पुस्तकहरू लेखेका थिए।[२][३] मधेस प्रदेश सरकारले यसलाई पर्यटकीय केन्द्र घोषणा गरेको छ।[४][५][६][७]

बनौली विद्यापति डिह
बनौली विद्यापति डीह
अन्य नामविद्यापति डिह
स्थानबनौली गाउँ, महोत्तरी जिला, मिथिला, नेपाल
क्षेत्रमिथिला
को भागप्राचीन मिथिला विद्यापीठ
इतिहास
संस्कृतिहिन्दू
टिप्पणीहरू
स्वामित्वविद्यापति


कालीकान्त झाको ‘त्रिशित’ कवितामा यस ठाउँको उपस्थिति लिपिबद्ध छ। नेपालको बनौली गाउँमा यो स्थान नजिकै विद्यापति स्मृति पुस्तकालय नामक एक पुस्तकालय रहेको छ। उक्त स्थान नजिकै लक्ष्मी सागर नामको धेरै ठूलो पोखरी छ। पुरातन मिथिलाको द्रोणवार राजवंशका राजा पुरादित्यको राजधानीको स्थानको रूपमा पनि यस स्थानलाई मान्ने गरिएको छ। द्रोणवार पुरादित्य मिथिलाको ओइनवार वंशका अर्का सम्राट शिवसिंहका मित्र थिए।[८] "त्रिशित" काव्यका अनुसार मैथिली कवि विद्यापतिले आफ्ना ग्रन्थहरू भागवत, दुर्गा भक्ति र तरङ्गिनी यहाँ लेखेका थिए।[९]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. लम्साल, ध्रुब, "जहाँ विद्यापतिले १२ वर्ष अध्ययन गरे", राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-१२ 
  2. "Madhesh Pradesh Govt Policies and Programs for the Fiscal Year 2079/80", कलेज नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०१ 
  3. "King Shiv Singh – a fearless warrior who sacrificed himself for Mithila's freedom", मिथिलाकनेक्ट (अङ्ग्रेजीमा), २०१६-०३-३१, अन्तिम पहुँच २०२२-०८-०१  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०९-११ मिति
  4. झा, मनिका, "विद्यापति डीहका लागि १२ करोडको योजना", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-१२ 
  5. "जानकारी, पिपरा गाउँपालिका" (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-०१ 
  6. "कुन बनौली ? कहाँको बनौली ?", जनकपुर टुडे (नेपालीमा), २०२०-१२-०५, अन्तिम पहुँच २०२२-०८-०१  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०९-११ मिति
  7. "मधेश प्रदेशको बजेट : पुरानै कार्यक्रमलाई निरन्तरता" (नेपालीमा), २०२२-०६-१५, अन्तिम पहुँच २०२२-०८-०१ 
  8. "विद्यापतिक प्रबास, बनौली गामक बास", मिथिला मिरर (मैथिलीमा), अन्तिम पहुँच २०२२-०८-०५  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०८-०५ मिति
  9. शशि, श्यामसुन्दर, "विद्यापतिगढ र रौजा मजार", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-१२