बट्टाई फेजियानिडी परिवारभित्र पर्दछ जसमा डाँफे, मुनाल, च्याखुरा, कालिज, पिउरा, तित्रा मात्र हैन, लुइँचे र कुखुरा पनि समावेश छन्। यी चरा जमिनमा नै चहार्ने स्थलचर प्रकृतिका हुन्छन्। आहारा खाँदा खुट्टाले खोस्रने र चुच्चोले टिप्ने साझा बानी हुन्छ। आफ्नो बचाउ गर्न तेजले दगुरेर झाडीभित्र लुक्ने चुलबुले स्वभावका हुन्छन्। बट्टाई हाम्रो मुठ्ठीभित्र टम्म अटाउने सानो चरा हो। गौँथली वा चिबे जस्तै आकाशमा धेरैबेर उडेर बस्न सक्तैन। एक बेग हानेपछि जमिनमा हवाईजहाज ओर्लिएझ् कुद्न थाल्छ। यो चरालाई आकाशभन्दा जमिन नै प्यारो लाग्छ।

बट्टाई
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
C. coturnix
वैज्ञानिक नाम
Coturnix coturnix
(Linnaeus, 1758)

घर पालूवा बट्टाई

सम्पादन गर्नुहोस्

नेपालमा पाँच प्रजातिका बट्टाई पाइन्छन्। तीमध्ये 'कमन क्वेल' बट्टाई पाल्ने सोख र अन्डा वा मासु खाने कार्यमा प्रयोग हुन्छ। आजभोलि यसको अन्डा र मासुको व्यापार बढ्दैछ तर लडाउने सोख लोप भइसक्यो भन्दा हुन्छ। बट्टाईलाई कागुनोको दाना खुवाइन्छ। कोदोको गेडा जस्तो तर पहेँलो सुनौला दाना कावुजबाहिर सफा कपडामा छरिदिएपछि भोको चरा चल्बलाउन थाल्छ। ढोका खोलिदिएमा आफैँ बाहिर आउँछ र दाना खान थाल्छ। आठ, दस दिनमा बट्टाई रत्तिन्छ। हातले खेलाएमा बोल्न थाल्छ र ठुँङ्ने गर्छ। बिहान, बेलुका दाना ख्वाउँदा उफार्ने र खेलाउने गर्नुपर्छ। प्रत्येक दिन बिहान भर्रभर्र गरी ५–१० पटक उफारेमा त्यसलाई कसरत हुन्छ, छिटो थाक्दैन। खाना दिने बेलामा बट्टाईले आफ्नो छाती फुलाएर बोल्न र खुट्टाले दाना खोस्रेर छर्न थाल्यो भने त्यो मस्त भएछ भनी बुझ्े हुन्छ।

बट्टाई पाल्न सुगा, मैना, स्यामा, पट्टु वा क्यानटी पाल्ने खालको पिँजडा काम लाग्दैन। यसका लागि कावुज भनिने विशेष पिँजडा हुन्छ। वास्तवमा यो स–साना खोपा भएको खोर हो। कमलो काठको फ्रेममा बाँसका सिन्काहरूले बार लगाएर यो खोर बनाइएको हुन्छ। चरालाई कतै घाउचोट नलागोस् भनेर सिन्काहरूलाई गोला र चिल्ला बनाइन्छ। प्रत्येक कावुजमा दुईदेखि ८ वटासम्म खोपा हुन्छन्। प्रत्येक खोपा खोल्न मुसाको खोरमा झ्ैँ ढोकालाई माथि उचाल्नुपर्छ। खोरभित्र धेरै चलखेल गर्ने ठाउँ हुँदैन। उठबस गर्न मात्र पुग्छ। दाना–चारा, पानी खोरबाहिर ख्वाइन्छ। बट्टाईलाई जाडोबाट बचाउन कावुजलाई न्यानो बनाई टम्म ढाकिने कपडाको खोल लगाइएको हुन्छ। कावुजभित्र हात छिराएर चरालाई समातेर बाहिर भित्र गर्नुपर्छ। हातको स्पर्शले नै बट्टाई रत्याउने काम गरिन्छ। नयाँ बट्टाईलाई शुरुमा केही मनतातो पानीले भिजाएर हातको मुठ्ठीभरी 'मूठ' (मुठ्ठीमा च्याप्ने काम) गरेर १५/२० मिनेट राखेपछि पानी सुक्छ। जीउ सुख्खा भएपछि त्यसलाई कावुजमा छोडिन्छ। प्रत्येक दिन एकछिन बिहान र एकछिन बेलुका बट्टाईलाई मूठ गर्नुपर्छ। मूठ गर्न बिरायो भने बट्टाई बिग्रन्छ। लडाकु नभई काँतर हुन्छ, चुत्था बन्दछ।

बट्टाईलाई कागुनोको दाना खुवाइन्छ। कोदोको गेडा जस्तो तर पहेँलो सुनौला दाना कावुजबाहिर सफा कपडामा छरिदिएपछि भोको चरा चल्बलाउन थाल्छ। ढोका खोलिदिएमा आफैँ बाहिर आउँछ र दाना खान थाल्छ। आठ, दस दिनमा बट्टाई रत्तिन्छ। हातले खेलाएमा बोल्न थाल्छ र ठुँङ्ने गर्छ। बिहान, बेलुका दाना ख्वाउँदा उफार्ने र खेलाउने गर्नुपर्छ। प्रत्येक दिन बिहान भर्रभर्र गरी ५–१० पटक उफारेमा त्यसलाई कसरत हुन्छ, छिटो थाक्दैन। खाना दिने बेलामा बट्टाईले आफ्नो छाती फुलाएर बोल्न र खुट्टाले दाना खोस्रेर छर्न थाल्यो भने त्यो मस्त भएछ भनी बुझ्े हुन्छ। यस्ता बट्टाईलाई अरू बट्टाई देखाइदियो भने झ्म्टन थाल्छन्। शुरु शुरुमा बट्टाईलाई थोरै थोरै मात्र लडाउने र छुटाउने गर्नुपर्छ। नलड्ने चुत्था बट्टाईलाई हातमा समातेर 'चुत्था टोकाउने' अभ्यासमार्फत् टोक्ने, लुछ्ने, झ्टार्ने र लात हान्ने कला सिकाइन्छ। यो निकै निष्ठुरी तालीम हो– चुत्था टोकाउने।

तस्विर सङ्ग्रह

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्