विसं १५०२ तिर तत्कालीन बझाङी राजा शक्ति सिंहले निर्माण गर्न लगाएका थिए । बझाङी राजाले यही दरबारबाट करिब चार सय वर्ष राज्य चलाएको विभिन्न अभिलेखमा उल्लेख छ । उक्त कोट दरबारमा १९७० देखि १९९० सम्म राजा देवीजंगबहादुर सिंहले बझाङ राज्यको राजधानी स्थापना गरी शासन गरेको अभिलेख छ । १९९५ मा उनको मृत्युपछि १९९६ मा जेठा पुत्र रामजंगबहादुर सिंहले सोही दरबारमा मालपोत, कारागार, अदालत स्थापना गरी राज्य चलाएका थिए । मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहले समेत केही समय यही दरबारमा राज्य सञ्चालन गरेका थिए ।

व्यासीकोट दरबार
सामान्य विवरण
वास्तुकलाको ढाँचानेपाली
सहरकोटडाँडा, बझाङ
राष्ट्र नेपाल
निर्माणकार्यको थालनीविसं १५०२
सम्पन्नवि सं १५०२
भत्काइएको२०५७
लागतथाह नभएको
ग्राहकबझाङी राजा शक्ति सिंह
प्राविधिक विवरण
बनावट-

उक्त दरबारमा बझाङ राज्यसम्बन्धी विभिन्न शिलालेख, प्राचीन मूर्तिलगायतका विभिन्न पुरातात्विक र ऐतिहासिक सामग्री छन् ।

क्षति सम्पादन गर्नुहोस्

बझाङमै निर्मित इँटाद्वारा बनाइएको यो दरबार सुरुमा २५ कोठाको रहेकामा १९९० को भूकम्पले क्षति गरेपछि तत्कालीन राजा देवीजंग सिंहले पुनर्निर्माण गरी १० कोठे बनाएको स्थानीय बूढापाकाको भनाइ छ । वि.सं २०२३ मा आएको भूकम्पले हल्लाएपछि उक्त दरबारका केही भित्ता चर्किएका थिए ।

वि.सं २०५७ मा तत्कालीन विद्रोही माओवादीले दरबारमा आगजनी गरेर त्यहाँका केही धातु, मूर्तिसमेत लुटेर लगेको थिए ।

दरबारको चारैतिर भगवती, व्रजेश्वर, महादेव, मष्टा, कालाढुंगोलगायत विभिन्न देवी-देवताका मन्दिर छन् । कोट दरबारमा प्रत्येक वर्ष बडादसैँ, गौरापर्व र चैते दसैँमा पूजाआजा गर्ने प्रचलन छ ।


व्यासी गाविसको चौधानपाटा नजिकैको कोटडाँडामा रहेको उक्त दरबार बझाङको नामकरणसँग पनि जोडिएको छ । यो दरबार रहेको डाँडामा पटक-पटक बज्रपात हुने भएकाले यस ठाउँलाई बज्रांग भनिएको र कालान्तरमा यही शब्द अपभ्रंश भएर जिल्लाको नाम बझाङ हुन गएको विभिन्न इतिहासकारको दाबी छ । यो डाँडामुनि सुन, अभ्रख, सितोपल, तामा र चुम्बकीय शक्तियुक्त खनिज रहेकाले चट्याङ पर्ने गरेको छ । [१]



हालको छविसपाथिभेरा, दुर्गाथली, थलारा, सुर्मालगायत गाउँपालिका र जयपृथ्वी नगरपालिकाको दृश्यसमेत देखिने यो दरबारबाट देखिन्छ । [२]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. सेती अञ्चलको इतिहासबारे पूर्णप्रकाश नेपाल 'यात्री' को पुस्तक सेती अञ्चल दिग्दर्शनमा उल्लेख छ ।
  2. खण्डहर दरबार वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२५ मिति