फुमिओ किसिदा (岸田 文雄 Kishida Fumio?, जन्म १९५७ जुलाई २९) एक जापानी राजनीतिज्ञ तथा सन् २०२१ अक्टोबर ४ देखि जापानको प्रधानमन्त्री हुन्। उनी सन् २०२१ सेप्टेम्बर २९ देखि जापानको लिबरल डेमोक्रेटिक पार्टीका अध्यक्ष पनि हुन्। उनले पहिले सन् २०१२ देखि सन् २०१७ सम्म जापानको विदेश मन्त्री र सन् २०१७ मा कार्यवाहक रक्षा मन्त्री पनि भएका थिए। राजनैतिक परिवारमा जन्मेका किसिदाको बाल्यकाल संयुक्त राज्य अमेरिकामा बितेको थियो। उनले आफ्नो आधारभूत शिक्षा न्युयोर्कमा रहेर प्राप्त गरेका थिए।[१] वित्त क्षेत्रमा आफ्नो करियर सुरु गरेपछि उनी राजनीतिमा प्रवेश गरेका थिए। उनले सन् १९९३ को जापानी आम निर्वाचनमा विजय प्राप्त गरेका थिए। जापानको तत्कालिन प्रधानमन्त्री सिन्जो आबे र यासुओ फुकुदाको मन्त्रिपरिषदमा उनी विभिन्न पदमा नियुक्त भएर काम गरेका थिए।

फुमिओ किसिदा
岸田 文雄
आधिकारिक तस्विर, सन् २०२१
जापानको प्रधानमन्त्री
पद बहाली
२०२१ अक्टोबर ४
एकाधिपतिनारुहितो
पूर्वाधिकारीयोसिहिदे सुगा
अध्यक्ष, लिबरल डेमोक्रेटिक पार्टी (जापान)
पद बहाली
२०२१ सेप्टेम्बर २९
उपराष्ट्रपतितारो आसो
महासचिवअकिरा अमारी
तोसिमित्सु मोतेगी
पूर्वाधिकारीयोसिहिदे सुगा
विदेश मन्त्री
पद बहाली
सन् २०२१ नोभेम्बर ४
Acting
प्रधानमन्त्रीस्वयं
पूर्वाधिकारीतोसिमित्सु मोतेगी
कार्यकाल
२०१२ डिसेम्बर २६ – २०१७ अगस्ट ३
प्रधानमन्त्रीसिन्जो आबे
पूर्वाधिकारीकोचिरो जेन्बा
उतराधिकारीतारो कोनो
रक्षामन्त्री (जापान)
कार्यकारी
कार्यकाल
सन् २०१७ जुलाई २८ – सन् २०१७ अगस्ट ३
प्रधानमन्त्रीसिन्जो आबे
पूर्वाधिकारीTomomi Inada
उतराधिकारीItsunori Onodera
व्यक्तिगत विवरण
जन्म
岸田文雄 (Kishida Fumio?)

(1957-07-29) २९ जुलाई १९५७ (उमेर ६६)
सिबुया, टोक्यो, जापान
राजनीतिक दललिबरल डेमोक्रेटिक पार्टी
जीवन साथी
(
वि १९८८)
सन्तान(हरू)
शिक्षाकाइसेई एकेडमी
मातृ शिक्षाप्रतिष्ठानवासेदा विश्वविद्यालय (एलएलबी)
हस्ताक्षर

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Landers, Peter (३ सेप्टेम्बर २०२१), "Japan's Next Prime Minister: Who Are the Candidates to Succeed Yoshihide Suga?", Wall Street Journal (en-USमा), अन्तिम पहुँच २८ सेप्टेम्बर २०२१