फाइभर

फाइभर स्वतन्त्र सेवाहरूको लागि एक अनलाइन बजार हो। सन् २०१० मा स्थापना भएको र तेल अभिभ, इजरायलमा आ

फाइभर स्वतन्त्र सेवाहरूको लागि एक अनलाइन बजार हो।[२] सन् २०१० मा स्थापना भएको र तेल अभिभ, इजरायलमा आधारित यस कम्पनीले स्वरोजगारहरूका निम्ति विश्वव्यापी ग्राहकहरूलाई सेवा प्रदान गर्न मञ्च प्रदान गर्दछ। [३]

फाइभर अन्तर्राष्ट्रिय लिमिटेड
साइटको प्रकार
अनलाइन बजार
उपलब्ध भाषाअङ्ग्रेजी, स्पेनी, फ्रान्सेली, डच, पोर्चुगाली
मुख्यालयहरूतेल अभिभ, इजरायल
सेवा क्षेत्रविश्वव्यापी
मालिकफाइभर अन्तर्राष्ट्रिय लिमिटेड
उद्योगअनलाइन बजार
अलेक्सा क्रमवृद्धि १३७ (अक्टोबर २०१९)[१]
व्यवसायिकहो
दर्ताआवश्यक
चालु भएको मिति१ फेब्रुअरी २०१०; १४ वर्ष पहिले (२०१०-०२-01)
वर्तमान स्थितिचालू

इतिहास सम्पादन गर्नुहोस्

 
फाइभरको प्रधान कार्यालय, तेल अभिभमा

यसको अवधारणा, व्यक्तिहरूले स्वतन्त्र ठेकेदारहरूद्वारा प्रस्ताव गरिएका विभिन्न अङ्किय सेवाहरू किन्न र बेच्न दुई किसिमका मञ्च प्रदान गर्नमा आधारित छ। साइटमा प्रस्ताव गरिएका सेवाहरूले लेखन, अनुवाद, ग्राफिक बनावट, श्रव्य दृश्य सम्पादन र प्रोग्रामिङको समावेश गर्दछ। फाइभरको सेवाहरू ५ अमेरिकी डलरबाट सुरु हुन्छ।[४][५][६]

वेबसाइट २०१० को सुरुवात तिर सुरू गरिएको थियो र सन् २०१२ सम्ममा १३ लाख सेवाहरूको आयोजना गरेको थियो। [७] सन् २०११ पछि वेबसाइट लेनदेनको मात्रा ६००% ले वृद्धि भएको छ। थप रूपमा, फाइभर डटकम संयुक्त राज्य अमेरिकामा शीर्ष १०० सबैभन्दा लोकप्रिय साइटहरू र सन् १०१३ को सुरूदेखि विश्वको शीर्ष २०० मध्ये एक स्थानमा रहेको छ।

१ जून २०१० मा, फाइभरले गाइ गामजु र अन्य लगानीकर्ताहरूबाट १० लाख अमेरिकी डलरको सुरुवाती लगानी प्राप्त गरेको थियो। सन् २०१२ मा फाइभरले एसेल पार्टनर्स र बेसेमर भेञ्चर पार्टनर्सबाट १ करोड ५० लाख अमेरिकी डलर प्राप्त गरेको जसले कम्पनीको सम्पूर्ण लगानीलाई २ करोड अमेरिकी डलरमा पुर्‍याउन सफल भएको थियो।[३][८]

डिसेम्बर २०१३ मा, कम्पनीले एप्पलको एप ष्टोरमा आइओएस अनुप्रयोगको जारी गरेको थियो। मार्च २०१४ मा, फाइभरले ले गुगल प्ले ष्टोरमामा आफ्नो एन्ड्रोइड अनुप्रयोग जारी गरेको थियो।[९][१०]

अगष्ट २०१४ को अवधिमा, फाइभरले बेसेमर भेञ्चर पार्टनर्स , एक्सेल (पूर्व एक्सेल पार्टनर भनेर चिनिने) र अन्य लगानीकर्ताहरूको संलग्नतामा कोष सङ्कलनको तेस्रो चरणमा ३ करोड अमेरिकी डलर जुटाएको थियो । त्यस सङ्कलनले उनीहरूको जम्मा रकम ५ करोड अमेरिकी डलर पुगेको थियो।[३]

अक्टोबर २१५ मा, अमेजन डट कमले १,११४ फाइभर विक्रेताहरू विरूद्ध कानुनी कारबाही सुरु गरेको थियो। फाइभरले अमेजनका आरोपहरूको बारेमा छलफल नगरि यस्तो बताएको थियो। "अमेजनले उल्लेख गरे अनुसार हामीले हाम्रो सेवा सर्तहरूको उल्लङ्घन गर्ने सेवाहरू हटाउन निकै मिलेर काम गरेका छौं, र अनुचित सामग्रीको कुनै पनि प्रतिवेदनलाई तुरुन्त प्रतिक्रिया दिनेछौं।" [११]

नोभेम्बर २०१५ मा, फाइभररले, स्क्वायर पेग क्यापिटलको नेतृत्वमा रहेको कोष सङ्कलनको चौथो चरणमा ६ करोड अमेरिकी डलर सङ्कलन गरेको घोषण गरेको थियो। चरणले ११० मिलियन डलरको लागि आफ्नो कुल रकम भित्र्याएको थियो।[१२]

कम्पनी जुन २०१९ देखि, न्युयोर्क सेयर बजारमा सूचीकृत छ।[१३]

अधिग्रहणहरू सम्पादन गर्नुहोस्

भिडमी सम्पादन गर्नुहोस्

सन् २०१७ मा, फाइभरले श्रव्य दृश्य निर्माण बजार भिडमीको अधिग्रहण गरेको थियो।[१४]

एण्ड को सम्पादन गर्नुहोस्

जनवरी २०१८ मा, स्वतन्त्र स्वरोजगारहरूका लागि सफ्टवेयरको निर्माता, एण्ड कोलाई फाइभरले अधिग्रहण गरेको थियो।[१५]

क्लियर भ्वाइस सम्पादन गर्नुहोस्

फेब्रुअरी २०१९ मा, फाइभरले भुक्तान सदस्यतामा आधारित सामग्री बजारशास्त्र मञ्च, क्लियर भ्वाइसको अधिग्रहण गरेको थियो। सन् २०१४ मा जे स्वान्सन र जो ग्रिफिनद्वारा स्थापित, क्लियर भ्वाइस, एक उद्यम समर्थित कम्पनी हो जसको प्रधान कार्यालय फोनिक्स, एरिजोनामा रहेको छ। कम्पनीको विभागमा क्लियर भ्वाइस थप्नाले फाइभरलाई सुविधाजनक र निरन्तर स्वतन्त्र व्यवसायीहरूका साथसाथै ठूला व्यवसायहरूको लागि सेवाहरू प्रदान गर्न अनुमति दिन्छ।[१६]

प्रयोगकर्ता जनशाङ्खिकि सम्पादन गर्नुहोस्

फाइभरको बजार युवा वयस्कहरूद्वारा नियन्त्रित छ। केवल २% विक्रेताहरु ५५ वर्ष भन्दा माथिका छन्. कम्पनीले ५५-६४ वर्ष उमेरका विक्रेताको दर अघिल्लो वर्षको तुलनामा सन् २०१५ को दोस्रो खण्ड ३७५% ले वृद्धि भएको बताएको छ।[१७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "fiverr.com Competitive Analysis, Marketing Mix and Traffic - Alexa", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१९-१०-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-१३ मिति
  2. लिमिटेड, फाइभर अन्तर्राष्ट्रिय, "Fiverr Acquires Professional Freelance SaaS Platform AND CO to Provide Its Software for Free", ग्लोब न्युज वायर 
  3. ३.० ३.१ ३.२ लिना राओ (३ मे २०१२), "Task-Based Marketplace Fiverr Raises $15M From Accel And Bessemer", टेक क्रञ्च, अन्तिम पहुँच २०१२-०५-०४ 
  4. CrunchBase Profile – Fiverr
  5. कफम्यान, मिका (२०१३-०९-१७), "The Gig Economy: The Force That Could Save The American Worker?", वायर्ड, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१३ 
  6. एरिक प्रिफर (३ अप्रिल २०१२), "How Fiverr.com is changing the creative economy $5 at a time", याहु समाचार, अन्तिम पहुँच २०१२-०३-०४ 
  7. म्यारी पिलोन (१६ मार्च २०१०), "What Will People Do for $5? Fiverr Lets You Find Out", वाल ष्ट्रिट जर्नल, अन्तिम पहुँच २०११-०४-१० 
  8. रोविन वाउटर (३ मे २०१२), "Fiverr helps get things done for as little as $5, raises $15m from Accel and Bessemer", द नेक्स्ट वेब, अन्तिम पहुँच २०१२-०५-०४ 
  9. बिलटन, रिचार्डो, "Fiverr launches its first iOS app to help mobilize the up-and-coming gig economy", भेञ्चर बिट, अन्तिम पहुँच २१ अप्रिल २०१४ 
  10. हेनरी, एलान, "Fiverr Brings Its Low-Cost Side-Hustle Marketplace to Android", रलाइफ ह्याकर, अन्तिम पहुँच १४ मार्च २०१४ 
  11. Aisha Gani: Amazon sues 1,000 'fake reviewers', The Guardian 18 October 2015
  12. लोरा कोलोडनी (२०१५-११-११), "Fiverr Pockets $60M to Become Go-To Freelance Marketplace", डो जोन्स एण्ड कम्पनी, अन्तिम पहुँच ५ डिसेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  13. "Israels Fiverr Lists on NYSE", रजेरुसेलम पोष्ट, अन्तिम पहुँच ३ जुलाई २०१९ 
  14. काइटलिन टिफिनी (२७ जुन २०१७), "Fiverr launches ‘Pro’ tier for handpicked freelancers", टेक क्रञ्च, अन्तिम पहुँच १७ मे २०१८, "Fiverr has announced its acquisition of Veed.me, a well-established video freelancing site useful mainly for businesses looking to hire videographers to shoot ads locally" 
  15. एन्थोनी हा (२४ जनवरी २०१८), "Fiverr acquires And Co, maker of software for freelancers", टेक क्रञ्च, अन्तिम पहुँच २४ जनवरी २०१८ 
  16. मनिष सिंह (१३ फेब्रुअरी २०१९), "Fiverr acquires content marketing platform ClearVoice", भेञ्चर बिट, अन्तिम पहुँच १३ फेब्रुअरी २०१९ 
  17. मिलर, मार्क (२० अगस्ट २०१५), "COLUMN-Seniors gear up for the sharing economy", रेउटर्स, अन्तिम पहुँच ३१ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २५ सेप्टेम्बर २०१५ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्