प्रेम गीत ३ आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा छेतन गुरुङ र सन्तोष सेनद्वारा निर्देशित नेपाली भारतीय चलचित्र हो। यो नेपालीहिन्दी दुवै भाषामा एकैसाथ प्रदर्शन गरिने पहिलो नेपाली भारतीय चलचित्र हो।[१] यो चलचित्र विश्वका ८० देखि ९० राष्ट्रहरू तथा भारतका ५०० देखि १,००० सिनेमा घरमा प्रदर्शन गरिने अपेक्षा राखिएको छ।[२][३]

प्रेम गीत ३
चलचित्रको पोस्टर
निर्देशक
लेखक
  • मन्दिप गौतम
  • छेतन गुरुङ
निर्माता
  • सन्तोष सेन
  • प्रशान्त कुमार गुप्ता
  • सुभाष काले
  • योगेश लखानी
  • सुषमा शिरोमणि
  • मुरलीधर तिलवानी
मुख्य कलाकार
छायाङ्कन
  • पुरूषोतम प्रधान
  • राजेश श्रेष्ठ
सम्पादन
  • भुपेन्द्र अधिकारी
  • बानिस शाह
  • संजय सङ्कला
सङ्गीत
  • कल्याण सिंह
  • अलिस कार्की
  • असलम केयी
वितरक
कम्पनीहरू
  • आसुसेन फिल्मस प्रोडक्सन (नेपाल)
  • स्पार्कलिङ स्टुडियो (भारत)
वितरक
  • गोविन्द शाही
  • बेङ्कटेस इन्टरटेनमेन्ट
प्रदर्शन मिति
  • २३ सेप्टेम्बर २०२२ (2022-09-23)
राष्ट्र
  • नेपाल
  • भारत
भाषाहरू
  • नेपाली
  • हिन्दी
बजेट₹४ करोड

यस चलचित्रबाट सेनले निर्देशनमा पदार्पण गर्दैछन् ।[४] यो चलचित्र सन् २०२२ सेप्टेम्बर २३ मा प्रदर्शन हुने तय गरिएको छ। यस चलचित्रको अधिकांश छायाँकन माथिल्लो मनाङमा भएको छ भने बाँकी भागको छायाँकन कीर्तिपुरमा निर्माण गरिएको चलचित्र सेटमा गरिएको छ।[५] यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठसुनिल थापाको मुख्य भूमिका रहेको छ।[६][७] यो चलचित्रको मुख्य अभिनेत्रीको भूमिकामा रहेकी गुरुङले आफ्नो अभिनय करियरको पदार्पण गरेकी छिन्। उनी अभिनेत्री छनौटको अडिसनमा अन्य २७,०१३ सहभागीहरूलाई पछि पारेकी थिइन्।[८][९]

प्रेम गीत ३ फ्रेन्चाइजका यसअघिका चलचित्र 'प्रेम गीत' र 'प्रेम गीत २' ले व्यावसायिक सफलता प्राप्त गरेको थियो। यो चलचित्रले भारतमा आफ्नो वितरण अधिकार ४ करोडमा बेचेको दाबी गरेको छ।[१०] यस चलचित्रको हिन्दी संस्करणको लागि 'विश्वजितम' नामकरण गरिएको थियो,[११] तर पछि यसलाई 'प्रेम गीत ३' मा परिवर्तन गरिएको थियो।[१२] यो चलचित्र चीनमा पनि चिनियाँ भाषामा प्रदर्शन हुने भएको छ।[१३]

४ करोडको बजेटमा बनेको यो चलचित्र नेपालको सबैभन्दा महँगो नेपाली चलचित्र हो।[१४] यो चलचित्रलाई सुरुमा सन् २०२० अप्रिल १० र त्यसपछि सन् २०२१ फेब्रुअरी २५ मा प्रदर्शन गर्ने तय गरिएको भएता पनि कोभिड–१९ महामारीको कारण देशका धेरै सिनेमा घर बन्द भएका कारण दुवै प्रदर्शन मिति स्थगित गरिएको थियो।[१५][१६] यो चलचित्रको अनलाइन बजार वितरण र प्रवर्द्धन मिडिया फोर्थ कम्पनीले गरेको छ।

कथा सम्पादन गर्नुहोस्

यो चलचित्र दुई सय वर्ष पुरानो प्रेमकथामा आधारित ऐतिहासिक एक्सन चलचित्र हो।[१७][१८]

पात्र सम्पादन गर्नुहोस्

सङ्गीत सम्पादन गर्नुहोस्

नेपाली सम्पादन गर्नुहोस्

  

क्र.सं.शीर्षकशब्दसङ्गीतस्वरलम्बाइ
१."हर युग होस्"राजेश कुमार श्रेष्ठअलिश कार्कीप्रताप दास, प्रबिसा अधिकारी४:५६
२."हात्ती ढुंगाना"हर्क साउदकल्याण सिंहसागर आले, मेलिना राई४:४४
३."मायाको गाउँ"बिष्णु भण्डारीसरोज पोखरेलप्रताप दास३:२३
कुल लम्बाइ:१३:०३

हिन्दी सम्पादन गर्नुहोस्

क्र.सं.शीर्षकशब्दसङ्गीतस्वरलम्बाइ
१."कोइ ना कोइ नाता हे"रुबी फुलारा र सुबास कालेपवनदीप राजनजुबिन नौटियाल४:५०
२."जहाँ भी जाओ आई सनम बस तू ही तू"हरिशंकर सुफीडिएच हार्मोनीराहत फतेह अली खान५:३७
३."तुम प्यार हो"कुमारअसलम केयीपलक मुच्छल, अंकित तिवारी३:५८
४."मुझ में बस जाना"एमएम तुराजकल्याण सिंहपलक मुच्छल, देव नेगी४:५६
कुल लम्बाइ:१९:२१

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Seta, Fenil (२०२२-०८-०१), "BREAKING: Prem Geet 3, the first Indo-Nepali film, is all set to release in cinemas in India on September 23, 2022", Bollywood Hungama, मूलबाट २०२२-०८-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०१ 
  2. Lohani, Monica (२०२२-०८-०२), "Will Prem Geet 3 create history", Nepal Minute, मूलबाट २०२२-०८-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-१३ 
  3. "४ करोड भारुमा बिक्री भयो 'प्रेम गीत ३'को हिन्दी राइट्‍स, निर्माता भन्छन्, 'हामी सफल भइसक्यौँ'", Shilapatra (नेपालीमा), २०२१-११-१८, मूलबाट २०२१-११-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-१२ 
  4. "Prem Geet 3, the first Indo-Nepali film, is all set to release in cinemas in India on September 23, 2022", Republic News India, २०२२-०८-०२, मूलबाट २०२२-०८-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०२ 
  5. "'Prem Geet 3’ filming in frozen Manang", Republica, २०१९-१२-१८, मूलबाट २०२०-०९-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०२ 
  6. "Prem Geet 3, the first Indo-Nepali film, is all set to release in cinemas in India on September 23, 2022", ANI News, २०२२-०८-०१, मूलबाट २०२२-०८-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०१ 
  7. "First Indo-Nepali film, Prem Geet 3, to release in India", Cinema Express, २०२२-०८-०१, मूलबाट २०२२-०८-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०१ 
  8. "‘प्रेम गीत–३’ को छायांकन", Annapurna Post (नेपालीमा), २०१९-११-११, मूलबाट २०२२-०८-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०२ 
  9. "Kristina Gurung finalized as lead character of ‘Prem Geet 3’", Nagarik, २०१९-०६-३०, मूलबाट २०२२-०८-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०२ 
  10. "असोज ७ गतेदेखि भारतमा हिन्दी भाषामा प्रदर्शन हुँदै 'प्रेम गीत ३'", Setopati (नेपालीमा), २०२२-०८-०१, मूलबाट २०२२-०८-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०१ 
  11. "‘प्रेमगीत ३’को हिन्दी संस्करण ‘विश्वजितम’, असोज ७ मा नेपाल र भारतमा एकसाथ", Online Khabar (नेपालीमा), २०२२-०६-०४, मूलबाट २०२२-०६-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०१ 
  12. "‘Prem Geet 3’ being performed in India under the same name.", English.MakaluKhabar.com, २०२२-०६-०६, मूलबाट २०२२-०६-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०१ 
  13. "‘Prem Geet 3’ to be released in China", Republica (अङ्ग्रेजीमा), २०२२-०८-१७, अन्तिम पहुँच २०२२-०८-२४ 
  14. "‘Prem Geet 3’ overseas rights sold in Europe", Republica, २०२०-०२-१९, मूलबाट २०२०-०९-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०२ 
  15. "'प्रेमगीत-३'को प्रदर्शन स्थगित", Kantipur (नेपालीमा), २०२२-०१-०४, मूलबाट २०२२-०१-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०२ 
  16. "Film director Chhetan Gurung no more", The Himalayan Times, २०२०-०९-०९, मूलबाट २०२२-०४-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०२ 
  17. "'Prem Geet 3’ filming in frozen Manang", Republica, २०१९-१२-१८, मूलबाट २०२०-०९-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०२ "'Prem Geet 3' filming in frozen Manang". Republica. December 18, 2019. Archived from the original on September 29, 2020. Retrieved August 2, 2022.
  18. "First Indo-Nepali film, Prem Geet 3, to release in India", Cinema Express, २०२२-०८-०१, मूलबाट २०२२-०८-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०१ "First Indo-Nepali film, Prem Geet 3, to release in India". Cinema Express. August 1, 2022. Archived from the original on August 4, 2022. Retrieved August 1, 2022.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्