प्रताप दास एक नेपाली गायक हुन्।उनी नेपाल आइडल का तेस्रो स्थान हासिल गरे पछि थप नेपाली सांगीतिक क्षेत्रमा नयाँ नामका साथ परिचित भएर छाएका थिए।[१]

प्रताप दास
जन्मललितपुर,नेपाल
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
पेशागायक/विद्यार्थी
कार्यकाल२०१७-वर्तमान
चिनारीको कारणतेस्रो स्थान:'२०१७ नेपाल आइडल
मातापितासन्तबहादुर लामा

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

ललितपुरको झरुवारासी नगरपालिकामा हुर्किएका प्रताप दासलाई परिवारको सांगीतिक पृष्ठभूमिले सांगीतिक क्षेत्रमा आउन प्रेरणा मिल्यो । आफ्नै दिदी पवित्रा दास सांगीतिक क्षेत्रमै लागेको र दिदीकै प्रेरणाले दास संगीतमा लागेका हुन् ।

सांगीतिक जीवन सम्पादन गर्नुहोस्

नेपाल आइडलमा आउनुभन्दा पहिले नै नेपाली सांगीतिक क्षेत्रमा केही मात्रामा भए पनि स्थापित नाम हो प्रताप दास । उनले विभिन्न चलचित्रका लागि पनि गीत गाएका छन् ।

आइडल अगाडि प्रतापले विद्यालय, कभर सङ हुँदै केही चलचित्रमा समेत गीत गाएका थिए। कलानिधि संगीत महाविद्यालयले आयोजना गरेको ‘कलानिधि आइडल’ जितेका उनी नेपाली तारा सिजन ३ मा पनि सहभागी भएर चौथो चरणसम्म पुगेका थिए ।

बाबरी फूलको बोट, यो शहरको भीडमालगायतका गीतहरूमा प्रतापले गरेको कभरलाई मन पराइएको छ । उनले विभिन्न चलचित्रहरुका लागि पनि गीत गाएका छन् । उनले चलचित्र प्रेमगीत २ मा इन्दिरा जोशीसँग ‘मोटरसाइकलमा’ गीत गाएका छन् ।त्यस्तै नाईँ नभन्नु ल ३ को गीत ‘अलिकति स्वीट’मा मेलिना राईसँग स्वर दिएका छन् । त्यसो त उनले एल्बमका लागि पनि गाएका छन् । रमेश संगराग बराइलीको ‘संगराग’मा उनले प्रेमको बिन्ती बोलको गीत गाएका छन् । प्रतापले हिरन सुन्दासको शब्दमा रहेको विदेशीनु पर्दाको पीडा समेटिएको ‘सम्झी मलाई रुँदी हो’ बोलको गीत पनि गाएका छन्


नेपाल आइडलमा सम्पादन गर्नुहोस्

प्रताप दासले नेपाल आइडलको अडिसनमा ‘ती लोलाएका ठूला’ गीत गाएका थिए । त्यसपछि उनी नेपाल आइडलमा पटक–पटक बटम थ्रीमा परे पनि दर्शकको भोटले गर्दा नेपाल आइडलको फाइनल सम्म पुग्न सफल भएका हुन् । ‘हेर्दा राम्रो माछापुच्छ्रे’, ‘तालको पानी, माछीले खानी’, ‘म यस्तो गीत गाउँछु’, मोटरसाइकलमा’, ‘गुराँसै फुल्यो वनैमा’ जस्ता गीत गाएर दर्शकको मन जितेका थिए ।

नेपाल आइडलका प्रतियोगीमध्ये प्रतापको मुस्कानलाई सबैले मन पराउँथे । त्यही मुस्कान र दमदार प्रस्तुतिले प्रताप दासलाई नेपाल आइडलमा तेस्रो स्थान दिलायो । उनी १ करोड ३२ लाख ५२ हजार ८ सय ४९ भोट पाएर तेस्रो भए । उनले १० लाख रुपैयाँ नगद प्राप्त गरे ।

शिक्षा सम्पादन गर्नुहोस्

झरुवारासीकै ज्योतिदय सहकारी विद्यालयमा अध्ययन गरेका दास विद्यालयमा आयोजित सांगीतिक कार्यक्रममा मात्रै होइन, अन्य ठाउँमा हुने सांगीतिक प्रतियोगितामा पनि सहभागी भएका थिए ।

एसएलसी उत्तिर्ण गरेपछि कलानिधि इन्दिरा संगीत महाविद्यालयमा संगीत सिकिरहेका छन्।


सम्मान सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्