विकिपिडियामा स्वागत छ! सम्पादन गर्नुहोस्

नमस्ते, NeelAbodhज्यू
हालसम्म नेपाली विकिपिडियामा ३१,९६२ लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!--बडा काजी (कुरा गर्नुहोस्) १७:४४, ३० जुलाई २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

इन्टरनेट - सम्पादन गर्नुहोस्

हेलो, अन्तरजाल भन्ने शब्द नेपाली र सुहाउँदो भए पनि, चलन चल्तीमा कत्तिको प्रयोग हुन्छ भन्ने कुरा पनि बुझ्नुपर्ला। त्यसैले त्यसलाई इन्टरनेट मै राख्दा ठिक होला।

धन्यवाद। :) लर्नरktm २१:४५, ८ सेप्टेम्बर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

नमस्कार, नेपाली शब्द प्रयोग नगरी नेपाली पृष्ठ श्रजनाको अाैचित्य छैन । NeelAbodh (कुरा गर्नुहोस्) २१:५५, ८ सेप्टेम्बर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्


तपाईं रेडियो र टिभी जस्ता शब्द लाई के प्रयोग गर्नुहुन्छ नेपालीमा? तपाइ दैनिक जिवनमा गफ गर्दा अन्तरजाल भन्दै हिँड्नुहुन्छ, इन्टरनेट लाई? नेपाली विकिपीडियामा नेपाली भाषा नै प्रयोग गर्ने हो। चलन सँगै अनेक शब्दहरू नेपालीकरण भइरहेका हुन्छन्। हालका युवा नेपाली र अंग्रेजी मिसाएर बोल्दछन्।

लेखको शिर्षक इन्टरनेट राखेर - अन्तरजाल शब्द लाई त्यसभित्र समाहित गर्न सकिन्छ। :) लर्नरktm १२:२८, ९ सेप्टेम्बर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

लेख लाई इन्टरनेट मा सारे पनि अन्तरजाल शब्द लाई पनि त्यसैमा राख्दा ठिक होला। लेख खोज्दा कसैले पनि अन्तरजाल भनेर खोज्छ जस्तो लाग्दैन। इन्टरनेट विश्व भरी प्रयोग हुने शब्द हो। :) लर्नरktm ०२:२५, १० सेप्टेम्बर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्
मीत्र लेखमा चलनको अाधारमा नभै सही/गलत छुट्टाइ शब्द प्रयोग हुँन्छ । सबै चलन सही हुँदैनन । चलन भीडको मनोबीज्ञानमा अाधारीत हुँन्छ जस्मा सही गलत गाैण हुँन्छ । बागमतीमा फोहर फाल्ने गलत चलन छ भनेर बाग्मतीमा सँधै फोहोर फालीरहने की नफाल्ने सही चलन सुरु गर्ने ? सरकारी कार्यालयमा घुस दीने चलन छ भनेर घुस दीइरहने की त्यस गलत चलनलाइ बदल्ने प्रयास गर्ने ? नेपालीमा अन्य भाषा मीसाउँने पनि यस्तै गलत चलन हो,यस्लाइ सुधार्ने प्रयत्नमा साझा प्रयास गराैं । NeelAbodh (कुरा गर्नुहोस्) १८:५१, १८ सेप्टेम्बर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, NeelAbodhज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

नमस्ते ! धन्यवाद निम्तोका लागि, प्रतीस्प्रधामै सामेल हुँनेगरी त समय दीँन सकीँदैन की । सकेसम्मको योगदान त नदीरहन सकीदैन तर प्रतीबद्धता नै गर्न चाँही कठीन देखीन्छ । अझै सय लेख पनि पुर्याउँन सके जस्तो लाग्दैन। NeelAbodh (कुरा गर्नुहोस्) २०:०३, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्
हप्तामा १ वा २ लेखहरू सिर्जना गर्नाले हामीलाई पक्कै सहयोग गर्नेछ। तपाईंले यो उपकरण प्रयोग गरेर अङ्ग्रेजी लेख नेपालीमा अनुवाद गरेर पनि हामीलाई सहयोग गर्न सक्नुहुन्छ। बडा काजी (कुरा गर्नुहोस्) २०:१४, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

कृपया यो पनि हर्नुहोस्। सम्पादन गर्नुहोस्

विकिपिडिया:लेखन शैली र त्यहाँ नभएको सन्दर्भ सामाग्रीलाई सम्पादन गर्ने तरिकाको लागी यहाँ हेर्नुहोला। धन्यवाद। Nirmaljoshi (कुरा गर्नुहोस्) ११:२७, ९ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

अग्निहोत्र आश्रम शीघ्र मेट्नुपर्नेमा मनोनित सम्पादन गर्नुहोस्

 

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

यस अग्निहोत्र आश्रमलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले७ मापदण्ड अन्तर्गत एक कम्पनी, निगम वा संगठनलाई जनाउदछ। विकिपिडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्नेछ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटाउन सकिन्छ। थप जानकारिका लागि कृपया विकिपिडिया उल्लेखनियता पढ्नुहोला।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छपर्वत सुबेदी (कुरा गर्ने) ११:२०, १२ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्