प्रभास

भारतीय चलचित्र अभिनेता

उप्पलपति वेङ्कट सत्यनारायण प्रभास राजु[१] (जन्म २३ अक्टोबर १९७९), प्रभासको नामले परिचित, एक भारतीय अभिनेता हुन् जो हिन्दीतमिल चलचित्रहरूको साथमा तेलुगु चलचित्रहरूमा मुख्य रूपमा काम गर्छन्। प्रभासले सन् २००२ तेलुगु एक्सन नाटक चलचित्र 'ईश्वर'बाट स्क्रिन पर्दापण गरेका थिए। 'मिर्ची'मा उनको भूमिकाको लागि उनले राज्यको सर्वश्रेष्ठ अभिनेताको लागि नन्दी पुरस्कार प्राप्त गरेका थिए।[३] उनले प्रभु देवाको सन् २०१४ हिन्दी चलचित्र 'एक्सन ज्याक्सन'मा अतिथि भूमिका खेलेका थिए।[४] प्रभास पहिलो दक्षिण भारतीय अभिनेता हुन् जससँग म्याडम तुसादको मैन सङ्ग्रहालयमा आफ्नो मैनको मूर्तिकला छ।[५]

प्रभास
ప్రభాస్
सन् २०१७ मा १८औँ मुम्बई फिल्म महोत्सवमा प्रभास
जन्मउप्पलपति वेङ्कट सत्यनारायण प्रभास राजु[१]
(1979-10-23) २३ अक्टोबर १९७९ (उमेर ४४)[२]
मद्रास, भारत
मातृ शिक्षाप्रतिष्ठानश्री चैतन्य कलेज, हैदराबाद
पेशाचलचित्र अभिनेता
कार्यकाल२००२ – वर्तमान
आफन्तकृष्णम राजु (काका)
वेबसाइटwww.prabhas.com

उनका कामहरूमा 'वर्षम' (सन् २००४), 'छत्रपति' (सन् २००५), 'चक्रम' (सन् २००५), 'बिल्ला' (सन् २००९), 'डार्लिङ' (सन् २०१०), 'मिस्टर परफेक्ट' (सन् २०११), र 'मिर्ची' (सन् २०१३) सामेल छन्। प्रभासले एसएस राजामौलीको महाकाव्य एक्सन चलचित्र 'बाहुबली: द बिगिनिङ' (सन् २०१५) मा शीर्षक भूमिका खेलेका थिए जुन अहिले सम्मको चौथो सर्वाधिक कमाई गर्ने भारतीय चलचित्र हो। प्रभासले यसको उत्तरकथा, 'बाहुबली २: द कन्क्लुजन' (सन् २०१७) मा आफ्नो भूमिकालाई पुनः दोहोर्याएका थिए, जुन केवल १० दिनमा सबै भाषामा १,००० करोड (१५५ मिलियन अमेरिकी डलर) कमाउने पहिलो भारतीय चलचित्र बनेको थियो, र यो अहिलेसम्मको दोस्रो सर्वाधिक कमाई गर्ने भारतीय चलचित्र हो।

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

प्रभासको जन्म चलचित्र निर्माता उप्पलपति सूर्य नारायण राजु र उनकी श्रीमती शिव कुमारीको घरमा भएको थियो। उनका दुई भाइबहिनी, दाजु प्रबोध र दिदी प्रगति छन्।[२][६][७] उनी तीन बच्चाहरूमा सबैभन्दा कान्छो हुन्।[८] उनी तेलुगु अभिनेता उप्पलपति कृष्णम राजुको भतिजा हुन्।[२] प्रभासले भिमावरमको डिएनआर विद्यालयमा पढेका थिए र हैदराबादको श्री चैतन्य कलेजबाट बि.टेक. डिग्री हासिल गरेका थिए।[९]

ब्रान्ड सम्पादन गर्नुहोस्

प्रभास, जसलाई महिन्द्राले नयाँ महिन्द्रा टियुभी ३०० कारको ब्रान्ड राजदूतको रूपमा हस्ताक्षर गरेको थियो, टेलिभिजन विज्ञापन (टिभीसी) क्षेत्रमा आफ्नो नयाँ विज्ञापनको साथ पर्दापण गरेका छन्।[१०]

चलचित्र सम्पादन गर्नुहोस्

 
'बाहुबली २: द कन्क्लुजन'को हिन्दी संस्करणको ट्रेलर प्रक्षेपणमा अनुष्का शेट्टी, तमन्ना भाटिया, एसएस राजामौली, करण जोहर, प्रभास र राणा दग्गुबाती
कुञ्जी
  चलचित्रहरू प्रदर्शन गर्दछ जुन अझै प्रदर्शन गरिएको छैन
वर्ष शीर्षक भूमिका भाषा टिप्पणीहरू
२००२ ईश्वर ईश्वर तेलुगु पर्दापण
२००३ राघवेन्द्र राघवेन्द्र
२००४ वर्षम वेङ्कट
२००४ अडवी रामुडु रामुडु
२००५ चक्रम चक्रम
२००५ छत्रपति शिवा / छत्रपति
२००६ पौर्णामी शिव केशव
२००७ योगी ईश्वर प्रसाद / योगी
२००७ मुन्ना मुन्ना
२००८ बुज्जिगाडु बुज्जी / लिङ्गा राजु / रजनीकान्त
२००९ बिल्ला बिल्ला / रङ्गा
२००९ एक निरञ्जन छोटु
२०१० डार्लिङ प्रभास "प्रभा"
२०११ मिस्टर परफेक्ट विक्की
२०१२ रिबेल ऋषि / रिबेल
२०१२ देनिकैना रेडी आफैं आवाज भूमिका; क्यामियो उपस्थिति
२०१३ मिर्ची जय
२०१४ एक्सन ज्याक्सन आफैं हिन्दी विशेष उपस्थिति
२०१५ बाहुबली: द बिगिनिङ महेन्द्र बाहुबली / शिवुडू / शिवू
अमरेन्द्र बाहुबली
तेलुगु
तमिल[११][१२]
रोयल अल्बर्ट हलमा प्रदर्शित पहिलो गैर अङ्ग्रेजी चलचित्र[१३]
२०१७ बाहुबली २: द कन्क्लुजन २०१७ को दोस्रो सर्वाधिक कमाई गर्ने भारतीय चलचित्र[१४]
२०१९ साहो अशोक चक्रवर्ती / सिद्धान्त नन्दन साहो तेलुगु
तमिल
हिन्दी[१५]
२०२१ राधे श्याम   घोषणा हुन बाँकी तेलुगु
हिन्दी
छायाङ्कन[१६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "15 Interesting Facts About Prabhas You Should Know Before Calling Yourself His Biggest Fan!", India Times, १३ मे २०१७, अन्तिम पहुँच १४ मे २०१७, "His full name is ." 
  2. २.० २.१ २.२ "Happy birthday Prabhas: Six lesser known facts about the Baahubali actor", Indian Express, २३ अक्टोबर २०१६, अन्तिम पहुँच १८ मार्च २०१७, "Actor Prabhas turned 37 on Sunday." 
  3. "India's most expensive film?", Hindustan Times, १५ जुलाई २०१३।  वेब्याक मेसिन अभिलेखिकरण १५ डिसेम्बर २०१४ मिति
  4. "Bahubali wins national award for Best Film", The Times of India, २८ मार्च २०१६, अन्तिम पहुँच २८ अप्रिल २०१६ 
  5. "Baahubali 2 star Prabhas becomes first South Indian actor to get a wax statue at Madame Tussauds. See pics", Indian Express, २ मे २०१७। 
  6. TNM Staff (१६ मार्च २०१६), "Actor Prabhas's brother sentenced to one year imprisonment in cheque bounce case", The News Minute, अन्तिम पहुँच ८ जनवरी २०१९ 
  7. DNA Web Team (९ अगस्ट २०१७), "'Baahubali' star Prabhas' sister Pragathi reveals his marriage plans", DNA, अन्तिम पहुँच ८ जनवरी २०१९ 
  8. Rashmi Mishra (२६ मे २०१८), "Bahubali 2 Movie Star Cast Educational Qualifications: Prabhas, Anushka Shetty & others are a studious bunch of actors!", India.com, अन्तिम पहुँच ८ जनवरी २०१९ 
  9. "Prabhas Profile", forbesindia, २५ डिसेम्बर २००५, अन्तिम पहुँच १ मे २०१७ 
  10. "Mahindra TUV300: Baahubali actor Prabhas makes his TVC debut", ३ अक्टोबर २०१५, अन्तिम पहुँच ७ डिसेम्बर २०१८ 
  11. "Prabhas-Rajamouli Movie Announced", indiaglitz, १८ फेब्रुअरी २०११, अन्तिम पहुँच ५ डिसेम्बर २०१४ 
  12. Sashidhar AS (१३ जनवरी २०१३), "Rajamouli-Prabhas' film is titled Bahubali", The Times of India 
  13. "Baahubali The Beginning Becomes the First Non English Film to be Screened at Royal Albert Hall", News18, २० अक्टोबर २०१९, अन्तिम पहुँच ६ मार्च २०२० 
  14. "Top Worldwide Figures - All Formats And Hindi", Box Office India, २ नोभेम्बर २०१८, अन्तिम पहुँच २० जनवरी २०१९ 
  15. "Baahubali Prabhas's next film is Saaho, will have action by Transformers' stuntman", Hindustan Times (अङ्ग्रेजीमा), २३ अप्रिल २०१७, अन्तिम पहुँच २४ अप्रिल २०१७ 
  16. "Jaan: Director Radha Krishna Kumar opens up about Prabhas and Pooja Hegde's film", India Today (अङ्ग्रेजीमा), २८ जनवरी २०२०, अन्तिम पहुँच ६ मार्च २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्