प्रकाश बहादुर देउवा (जन्म २०४० भाद्र ५) नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ बाट प्रदेश सभा (२) मा विजयी भएका नेपाली राजनीतिज्ञ हुन् । [१] वेब्याक मेसिन अभिलेखिकरण २०२३-०२-२१ मिति सत्तारुढ गठबन्धनका संयुक्त उम्मेदवार देउवा ९ हजार ५ सय ९१ मतले विजयी भएका थिए देउवाका प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६ हजार ३ सय ५१ मत प्राप्त गरे । प्रधानमन्त्री शेरबहादुर देउवा र शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाका भतिजा हुन् ।

प्रकाश बहादुर देउवा
प्रकाश बहादुर देउवा
जन्म२०४० भाद्र ५
कञ्चनपुर जिल्ला
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
शिक्षास्नातकोत्तर
मातृ शिक्षाप्रतिष्ठानऐश्वर्या बहुमुखी क्याम्पस धनगढी
पेशाराजनीति
राजनीतिक दलनेपाली कांग्रेस
आफन्तशेरबहादुर देउवा ,आरजु राणा देउवा

व्यक्तिगत जीवन

देउवाको जन्म सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको कृष्णपुरमा भएको थियो । उनको पिताको नाम ललितबहादुर देउवा र आमाको नाम मोतीदेवी देउवा हो । उनका ठूला बुबा शेरबहादुर देउवा पूर्व प्रधानमन्त्री र सुदूरपश्चिमका ठूला नेता हुन् उनी शेरबहादुर देउवाबाट प्रेरित थिए। क्याम्पस तहबाट राजनीति सुरु गरेका उनी विद्यार्थी युनियनको सदस्य बने र विस्तारै अर्जु राणा निजी सचिव भए ।

शिक्षा

उनले आफ्नो प्राथमिक शिक्षा आफ्नो गाउँको कृष्णपुरको विद्यालयबाट प्राप्त गरे र ऐश्वर्या बहुमुखी क्याम्पस धनगढीबाट +2 शिक्षा पूरा गरे र काठमाडौंबाट स्नातकोत्तर गरे।