पूर्वीय कोइली (Cuculus optatus) नेपालमा पाइने कोइलीको एक प्रजाति हो। यसलाई पहिला हिमाली कोइली (C. saturatus) को उपप्रजातिको रूपमा लिइन्थ्यो। यो प्रजातिको प्रजनन क्षेत्र उत्तरी युरेसियाको ठुलो भूभाग पर्छ।

पूर्वीय कोइली
वैज्ञानिक वर्गीकरण edit
Kingdom: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Cuckoo
परिवार: Cuckoo
वंश: Cuculus
Gould, 1845
प्रजाति:
C. optatus
वैज्ञानिक नाम
Cuculus optatus
Gould, 1845
पर्याय

Cuculus horsfieldi

विबरण सम्पादन गर्नुहोस्

पूर्वीय कोइलीको लम्बाई ३० देखि ३२ सेन्टिमिटर पङ्ख फिजाउँदा ५१ देखि ५७ सेन्टिमिटर तथा तौल ७३ देखि १५६ ग्राम हुन्छ। वयस्क भाले पूर्वीय कोइलीको टाउको, छाती तथा ढाड खरानी रङ्गको हुन्छ। यसको पेट मख्खन रङ्गको सेतोमा काला धर्सा भएको हुन्छ। यसको खुट्टा तथा पन्जा सुन्तले पहेँलो रङ्गको तथा आँखाको वरिपरी पहेँलो घेरा हुन्छ। यो चरा झट्ट हेर्दा कुक्कु कोइली जस्तै देखिएता पनि यसको ठुंड, पङ्खेटा तथा पुच्छर फरक हुन्छ।

वितरण तथा वासस्थान सम्पादन गर्नुहोस्

पूर्वीय कोइली रसिया देखि उत्तरी कजाख्स्तान, मङ्गोलिया, उत्तरी चिन, कोरिया हुँदै जापान सम्म पाइन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१६), "Cuculus saturatus", The IUCN Red List of Threatened Species (IUCN) 2016: e.T६१४५०३५१A८६१३३०२४, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T61450351A86133024.en, अन्तिम पहुँच १५ जनवरी २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्