पूर्णबहादुरको सारङ्गी
पूर्णबहादुरको सारङ्गी सन् २०२४ मा महेश दवाडीद्वारा लिखित र सरोज पौडेलद्वारा निर्देशित एक नेपाली सामाजिक नाटक चलचित्र हो। सेभेन सीज सिनेमा र बासुरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली र प्रकाश सपुतको अभिनय रहेको छ। चलचित्रले गन्धर्व समुदायको सङ्घर्षलाई उजागर गरेको छ, सांस्कृतिक संरक्षण, प्रेम, वियोग र शिक्षामा पहुँचका लागि उनीहरूले सामना गर्नुपरेका चुनौतीहरूमा केन्द्रित छ। यसले सामाजिक र आर्थिक कठिनाइहरूको बीचमा उनीहरूको लचिलोपनलाई चित्रण गर्दछ।
पूर्णबहादुरको सारङ्गी | |
---|---|
निर्देशक | विवेक मोक्तान |
पटकथा | महेश दवाडी |
निर्माता | बिनोद पौडेल प्याट्रिक सुवेदी |
मुख्य कलाकार | विजय बराल मुकुन भुसाल प्रकाश सपुत अञ्जना बराइली स्वयम केसी |
छायाङ्कन | शिवराम श्रेष्ठ |
सम्पादन | सुरेन्द्र जेड पौडेल |
सङ्गीत | प्रशान्त शिवाकोटी |
वितरक कम्पनीहरू | सेभेन सीज सिनेमा बासुरी फिल्म्स |
प्रदर्शन मिति |
|
देश | नेपाल |
बजेट | रु १.३० करोड [१] |
बक्स अफिस | रू७५.३६ करोड (युएस$६.६ मिलियन) |
हिन्दुधर्मावलम्बीको महान् चाड तिहारको तेस्रो दिन लक्ष्मीपूजाको पावन अवसरमा सन् २०२४ अक्टोबर ३१ मा यो चलचित्र प्रदर्शनमा आएको थियो। समीक्षकको सकारात्मक प्रतिक्रियाका साथ रिलिज भएको यस चलचित्रले विशेषगरी विजय बरालको अभिनय, कथा, निर्देशन र भावनात्मक वजनका लागि दर्शकको ताली पाएको थियो। नेपाली सिनेमाको इतिहासमा बक्स अफिसमा अभूतपूर्व प्रदर्शनका साथ, यो चलचित्र सर्वकालिक ब्लकबस्टरको रूपमा उदायो र केवल दुई हप्तामा नेपालमा सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्न सफल भयो।
कलाकार
सम्पादन गर्नुहोस्- विजय बराल: पूर्णबहादुर गन्धर्व
- अञ्जना बराइली: पूर्णबहादुरकी श्रीमती बाटुली
- प्रकाश सपुत: कमल गन्धर्व (कान्छा), पूर्णबहादुरका छोरा
- स्वयम केसी: युवा कमल
- मुकुन भुषाल: बिरे, पूर्णाका काका
- बुद्धि तामाङ: ढाक्रे माइला
- माओत्से गुरुङ: पसल साहु
- देशभक्त खनाल: पूर्णबहादुरका पिता, बाटुलीका ससुरा र कान्छाका हजुरबुवा
- भोलाराज सापकोटा: शिक्षक
- बिनोद न्यौपाने: हर्के
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "‘पूर्ण बहादुरको सारङ्गी’ले सात दिनमा कति गर्यो कलेक्सन ?", baahrakhari.com, अन्तिम पहुँच २०२४-११-०९।