प्रकाश सपुत

नेपाली गायक

प्रकाश सपुत एक नेपाली गायक, सङ्गीतकार, मोडलअभिनेता हुन्, जो नेपाली लोक सङ्गीतमा आफ्नो योगदानका लागि परिचित छन्। उनी आफ्नो सङ्गीतको माध्यमबाट सामाजिक र राजनीतिक चेतना जगाउनका लागि परिचित छन्।[१][२]

प्रकाश सपुत
प्रकाश सपुत
व्यक्तिगत विवरण
जन्मबाग्लुङ, नेपाल
उत्पत्तिबाग्लुङ
पेशागायक

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

प्रकाश बागलुङको वर्तमानको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका हुन् । [३] प्रकाश सपुतको जन्म दलित परिवारमा भएको हो । त्यसैले उनका कतिपय गीतहरू जातीय छुवाछुतको अन्त्य गर्ने आग्रहले भरिएका हुन्छन्, जस्तै दमाई महाराज ! बाल्यकालदेखि नै उनले गाउँमा स्थानीय कार्यक्रममा गाउन र नाच्न मन पराउँथे।[१] उनी बाल्यकालमा अभिनेता बन्न चाहन्थे।[१] उनी अन्ततः काठमाडौँ बसाइँ सरे, जहाँ उनले आफ्नो गायन करियरलाई अगाडि बढाउन सक्षम भए। र संभवतः उनी यसमा सफल पनि भए ।[१]

गायक जीवन सम्पादन गर्नुहोस्

प्रकाश सपुतले आफ्नो पहिलो एल्बम सन् २०११ मा रिलिज गरेका थिए।[२] गारी खान देऊ, उनको पहिलो गीत सामाजिक समस्याको बारेमा लेखिएको थियो।[२]

यिनले गाएका गलबन्दी च्यातियो, तिम्रो मायाले मलाई पीर दियो, कुरा बुझ्न पर्च, सकम्बरी, दमाई महाराज लगायतका गीतहरू चर्चित छन्। यिनका गीतले सामाजिक चेतनामूलक सन्देश दिने गर्दछन्। उनी समकालिन नेपाली लोक गायनमा एक यस्ता गायक हुन्, जसका सबै गीत चर्चित छन् । उनका हरेक नयाँ गीत मौलिक किसिमका छन् । उनको गलबन्दी गीत पछि, नेपाली लोक गीतमा नयाँ अध्याय सुरु भयो भन्न पनि सकिन्छ । दिलचस्पी रहित बन्दै गइरहेको लोक गायनलाई उनले यसरी माथि उठाए कि, यो बिषयमा उनलाई सबै लोक गीत प्रेमीहरूले धन्यवाद दिँदा पनि केही बिग्रँदैन !

गीतहरू सम्पादन गर्नुहोस्


अभिनेता जीवन सम्पादन गर्नुहोस्

उनी आफ्ना गीतहरूमा आफ्नै अभिनय दर्शकलाई देखाउन चाहान्छन् । उनका गलबन्दी, बोल माया, कुरा बुझ्न पर्च, दमाई महाराज मा उनले आफ्नो अभिनय दर्शकलाई देखाउन सफल पनि भएका छन् । यस्तै उनी अभिनित चलचित्र परदेशी-२ चलचित्र भवनमा प्रर्दशन भएको थियो, जसले आर्थिक रुपमा राम्रो व्यापार नगरेपनि, उनलाई एक फिल्म अभिनेताको रुपमा भने जरुर उभ्याउन सफल भयो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ मुखिया, शिव (२०२१-०९-१८), "प्रकाश सपूत : परदेशमा जन्मिए, गोठमा हुर्किए र जीवनको धुन खोजे", अनलाइन खबर, मूलबाट २०२१-०९-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०६ 
  2. २.० २.१ २.२ "Prakash Saput The Modern Dohori Phenomenon", The Nepali Man (en-USमा), २०१९-०८-१८, मूलबाट १ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुलाई २०२०  वेब्याक मेसिन अभिलेखिकरण १ जुलाई २०२० मिति
  3. "गायक प्रकाश सपूत सद्भावना दूतमा नियुक्त", काठमाडौं टुडे, २०७६ पुष १८ गते, अन्तिम पहुँच २३ जुलाई २०२३