पुरापाषाण काल (अङ्ग्रेजी Palaeolithic) प्रौगएतिहासिक युगको त्यो समय हो जब मानवले ढुङ्गाको औजार बनाउन सबै भन्दा पहिले आरम्भ गर्‍यो। यो काल आधुनिक कालभन्दा २५-२० लाख साल पूर्वदेखि लिएर १२,००० साल पूर्वसम्म मानिन्छ। यस समयमा मानव इतिहासको ९९% विकास भयो। यस काल पछि मध्यपाषाण युगको प्रारम्भ भयो जब मानवले खेती गर्न शुरु गरेको थियो। [१]

भारतमा पुरापाषाण कालको अवशेष तमिल नाडुको कुरनूल, कर्नाटकको हुँस्न्गी, ओडिशाको कुलिआना, राजस्थानको डिडवाना र मध्य प्रदेशको भीमबेटकामा पाइन्छन्। यी अवशेषहरूको संख्या मध्यपाषाण कालको प्राप्त अवशेषहरुभन्दा धेरै कम छ। [२]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. हाम्रो अतीत १, कक्षा ६ को पाठ्य पुस्तक, NCERT, २००९। 
  2. भारतमा पुरातात्विक महत्त्वको स्थान (अङ्ग्रेजी)