पिखालखु/पिखालाकी

पिखालखु कुमार

घरको मूलढोका अगाडि स्थापित गोलाकार वा ६ पत्र कमलको आकृति कुदिएको ढुङगा लाई नेवारी भाषा मा पिखालखु/पिखालाकी भनिन्छ | परम्परा अनुसार विहान उठने वित्तिकै सफा सुग्घर भै यो ढुङगा मा पुजा गरे पछि मात्रै घर को दैनिकि शुरु गरिन्छ| जेष्ठ शुक्ल षष्ठी अर्थात् सिठी नखाको दिन यस को विशेष रुप मा पुजा गरिन्छ|नेवारी चलन मा प्रत्येक व्यक्ति घरबाट निस्कँदा पिखालखु मा उभिएर हस्तिपरिक्रमा गरेर वाहिर जाने चलन छ|

नेवारी मा पिखाले घरको छानालाई सिमाना बनाई सिधा जमिनसम्मको भाग जनाउँछ। छानाबाट भित्र परेको भागलाई पाखां दुने (पाखा भित्र) र बाहिरको भागलाई पाखां पिने (पाखा बाहिर) भनी स्पष्ट पार्ने क्रममा यही छानाबाट सिधा मुनितिर मूलढोका अगाडि स्थापित गोलोढुङ्गालाई पिखालाकी भनिएको हो।

नेवार वास्तुका सूचक पिखालाकी[dead link]