पार्कवुड इन्टरटेनमेन्ट

अमेरिकी व्यवस्थापन र मनोरञ्जन कम्पनी

पार्कवुड इन्टरटेनमेन्ट (अङ्ग्रेजी: Parkwood Entertainment) अमेरिकी गायिका बियोन्से नोल्स-कार्टरद्वारा सन् २०१० मा स्थापित व्यवस्थापन र मनोरञ्जन कम्पनी हो । सन् २००८ मा भिडियो र चलचित्र निर्माण गर्ने एकाइको रूपमा यसको स्थापना भएको थियो । सन् २०१६ सम्म न्यू योर्कमा अवस्थित पार्कवुड इन्टरटेनमेन्ट अहिले नोल्स-कार्टरको प्रमुख ठेगाना नजिकै लस एन्जलसमा सारिएको छ । बियोन्सेसँग सम्बन्धित सङ्गीत, चलचित्र र टेलिभिजन कार्यक्रमको निर्माण गर्ने पार्कवुड इन्टरटेनमेन्टको प्रथम उत्पादन सन् २००८ मा सार्वजनिक गरिएको क्याडिल्याक रेकर्ड्स थियो ।

पार्कवुड इन्टरटेनमेन्ट
व्यवसाय प्रकार
निजी
उद्योग
  • सङ्गीत
  • चलचित्र
  • मनोरञ्जन
स्थापित२००८; १६ वर्ष अघि (२००८)
स्थापनाकर्ताबियोन्से
केन्द्रीय कार्यालयलस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
मुख्य व्यक्ति
  • बियोन्से नोल्स-कार्टर (संस्थापक र प्रमुख कार्यकारी अधिकृत)
  • स्टीभ प्यामन (अध्यक्ष र प्रमुख परिचालन अधिकारी)
  • ज्यानेट रोले (महाप्रबन्धक)
सेवाहरू
  • व्यवस्थापन
  • भिडियो उत्पादन
सहायक कम्पनीहरू
  • पार्कवुड भेन्चर्स
  • पार्कवुड टूरिङ
वेबसाइटbeyonce.com

इतिहास सम्पादन गर्नुहोस्

सन् २००८ मा अमेरिकी गायिका, अभिनेत्री, निर्माता र निर्देशिका बियोन्सेले सङ्गीत र भिडियो निर्माणको लागि पार्कवुड इन्टरटेनमेन्टको स्थापना गरेकी थिइन् । बियोन्सेको गृहनगर ह्युस्टन, टेक्ससमा रहेको सडकको नाम पछि कम्पनीको नाम पार्कवुड राखियो ।[१] बियोन्सेद्वारा सहनिर्मित र बियोन्सेले एटा जेम्सको भूमिका निर्वाह गरेको सन् २००८ मा सार्वजनिक गरिएको क्याडिल्याक रेकर्ड्स पार्कवुड इन्टरटेनमेन्टको प्रथम उत्पादन थियो ।[२] सन् २००९ मा उनी अब्सेस्डमा कार्यकारी निर्माता र कलाकारको भूमिकामा देखिइन् । न्यु योर्क्स स्कूल अफ भिजुअल आर्ट्स थिएटरमा उनको पाँचौँ एल्बमको निजी स्क्रीनिङमा उनले पार्कवुड इन्टरटेनमेन्टको बारेमा यसो भनिन्:

"मैले आफ्नो कामको प्रबन्धन र व्यवस्थापन आफैँ गर्ने उद्देश्यले आफ्नो कम्पनीको स्थापना गरेकी हुँ । कुनै ठूलो व्यवस्थापन कम्पनीमा जानु मैले आवश्यक मानिनँ । मडोनाको अनुसरण गर्दै मैले आफ्नो व्यवस्थापन आफैँ गर्न सक्छु भनेर देखाउन खोजेकी हुँ । आफ्नो सफलता, आफ्नो भाग्यको निर्माता आफैँ बन्न सकिन्छ भनेर मैले यस कम्पनीको स्थापना गरी अन्य महिलाहरूलाई देखाउन र प्रेरित गर्न चाहेकी छु ।"[३]

डिसेम्बर २०१३ मा पार्कवुड इन्टरटेनमेन्टले कुनै विज्ञापन र घोषणा नगरी बियोन्सेको पाँचौँ आत्मशीर्षकीय एल्बम सार्वजनिक गर्यो । यसले गर्दा प्रशंसकहरूबाट हास्य ट्विट राखे भने अन्य सङ्गीतकारहरूले आफ्नो आश्चर्य व्यक्त गरे ।[४][५] ट्विटरद्वारा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार यस विषयमा १२ घण्टाको अन्तरलमा १२ लाख ट्विटहरू प्रकाशित भए ।[५] द गार्डियनका पीटर रबिन्सनले यो नयाँ एल्बमलाई सार्वजनिक गरेको उल्लेख गर्दै यसलाई "बियोन्सेगेड्डन" नाम दिए ।[६] पूर्व घोषणा र विज्ञापन नगरी आइट्यून्स स्टोरमा सार्वजनिक गरिएको यो एल्बम थोरै समयमा नै बिलबोर्ड २०० मा पहिलो स्थानमा पुगी संयुक्त राज्य अमेरिकामा यो उपलब्धि हासिल गर्ने बियोन्सेको पाँचौँ एल्बम बनेको थियो । सार्वजनिक भएको ३ दिन भित्र संयुक्त राज्यमा ६,१७,००० प्रति र विश्वव्यापी रूपमा ८,२८,७७३ प्रति बिक्री भई यो रेकर्ड त्यस बेला आइट्यून्समा सबै भन्दा बढी बिक्री भएको एल्बम बन्न पुगेको थियो ।[७] नोभेम्बर २०१४ मा नयाँ गीतका साथ यो एल्बमलाई प्लेटिनम संस्करणको उपलक्ष्यमा पुनः सार्वजनिक गरिएको थियो । एल्बमको निर्माण, यौनको अन्वेषण र बियोन्सेको गायनको लागि यसले सकारात्मक आलोचनात्मक प्रतिक्रिया पाएको थियो । नोभेम्बर २०१६ भित्र बियोन्सेले विश्वभर ८० लाख प्रति बिक्री गरी "एक्सओ", "ड्रङ्क इन लभ", "पार्टिशन" र "प्रीटि हर्ट्स" जस्ता एक्कलका रचना गरेकी छिन् ।[८]

अक्टोबर २०१४ मा बियोन्सेले पार्कवुड इन्टरटेनमेन्टबाट टपशपसँग साझेदारी गरी एथ्लेटिक स्ट्रीटवेयरको निर्माण गर्न पार्कवुड टपशप एथ्लेटिक लिमिटेडको स्थापना गरिन् । दुबै कम्पनीले यो नयाँ ब्र्यान्डबाट आधा भाग पाउँछन् । आफ्नो कम्पनीको प्रवर्धन भइरहँदा साझेदारी गर्न टपशप बाहेक कुनै कम्पनी थाहा नभएको कुरा बियोन्सेले बताइन् ।[९] नोभेम्बर २०१८ मा पार्कवुड इन्टरटेनमेन्टले सहसंस्थापक फिलिप ग्रीनको यौन दुर्व्यवहार र वर्णभेदको बारेमा थाहा पाए पछि आइभी पार्कको पूर्ण स्वामित्व प्राप्त गरेको खुलासा भयो ।

सन् २०१५ मा पार्कवुडको विस्तार भई आगामी कलाकार क्लोई x ह्याली, इन्ग्रिड बर्लीसोफी बीमसँग व्यवस्थापनको साझेदारी गरियो ।[१०][११][१२]

सन् २०१६ मा जेपी मोर्गन चेजका स्टीभ प्यामन कम्पनीका अध्यक्ष र प्रमुख परिचालन अधिकारी बने ।[१३] त्यही साल पार्कवुड इन्टरटेनमेन्टले बियोन्सेको सकारात्मक आलोचनात्मक प्रतिक्रिया पाएको छैटौँ एल्बम लेमनेडलाई सार्वजनिक गरेको थियो । एल्बमको साथमा अप्रिल २३, २०१६ मा एचबीओमा उही नामको एक घण्टा लामो चलचित्र सार्वजनिक गरिएको थियो ।[१४]

पार्कवुड इन्टरटेनमेन्टलाई सन् २०१५ र सन् २०१७ गरी दुई चोटी फास्ट कम्पनीले १० अभिनव कम्पनीहरूको सूचीमा सूचिकृत गरेको छ ।[१५]

कलाकार सम्पादन गर्नुहोस्

सङ्गीत सम्पादन गर्नुहोस्

चलचित्र र टेलिभिजन विशेष सम्पादन गर्नुहोस्

चलचित्र सम्पादन गर्नुहोस्

टेलिभिजन विशेष सम्पादन गर्नुहोस्

  • आइम एम...वर्ल्ड टूर (सन् २०१०)[२०]
  • बियोन्से: यर अफ ४ (सन् २०११)[२१]
  • लाइभ एट रोजल्यान्ड: एलिमेन्ट्स अफ ४ (सन् २०११)[२२]
  • लाइफ इज बट अ ड्रीम (सन् २०१३)
  • द मिसेस कार्टर शो वर्ल्ड टूर (सन् २०१४)
  • अन द रन टूर (बियोन्से एन्ड जे-जी), रक नेशनको साथ (सन् २०१४)
  • लेमनेड (सन् २०१६)
  • होमकमिङ (सन् २०१९)
  • बियोन्से प्रिजेन्ट्स: मेकिङ द गिफ्ट (सन् २०१९)

सङ्गीत भिडियो सम्पादन गर्नुहोस्

  • "रन द वर्ल्ड (गर्ल्स)" (सन् २०११)
  • "बेस्ट थिङ आइ नेभर ह्याड" (सन् २०११)
  • "१+१" (सन् २०११)
  • "काउन्टडाउन" (सन् २०११)
  • "लभ अन टप" (सन् २०११)
  • "पार्टी" (सन् २०११)
  • "डान्स फर यू" (सन् २०११)
  • "प्रीटि हर्ट्स" (सन् २०१३)
  • "घोस्ट" (सन् २०१३)
  • "हौन्टेड" (सन् २०१३)
  • "ड्रङ्क इन लभ" (सन् २०१३)
  • "ब्लो" (सन् २०१३)
  • "नो एन्जल" (सन् २०१३)
  • "योन्से" (सन् २०१३)
  • "पार्टिशन" (सन् २०१३)
  • "जेलस" (सन् २०१३)
  • "रकेट" (सन् २०१३)
  • "माइन" (सन् २०१३)
  • "एक्सओ" (सन् २०१३)
  • "फ्ललेस" (सन् २०१३)
  • "सुपरपावर" (सन् २०१३)
  • "हेवन" (सन् २०१३)
  • "ब्लू" (सन् २०१३)
  • "ग्रोन वुमन" (सन् २०१३)
  • "रन" (सन् २०१४)
  • "७/११" (सन् २०१४)
  • "फीलिङ माइसेल्फ " (सन् २०१५)
  • "फोर्मेशन" (सन् २०१६)
  • "स्काईलाइन" (सन् २०१६)
  • "ड्रप" (सन् २०१६)
  • "फ्लेक्स" (सन् २०१६)
  • "प्रे यू क्याच मी" (सन् २०१६)
  • "होल्ड अप" (सन् २०१६)
  • "डोन्ट हर्ट योर्सेल्फ" (सन् २०१६)
  • "सरी" (सन् २०१६)
  • "६ इन्च" (सन् २०१६)
  • "ड्याडी लेसन्स" (सन् २०१६)
  • "लभ ड्राउट" (सन् २०१६)
  • "स्यान्डक्यासल्स" (सन् २०१६)
  • "फर्वर्ड" (सन् २०१६)
  • "फ्रीडम" (सन् २०१६)
  • "अल नाइट" (सन् २०१६)
  • "स्पिरिट" (सन् २०१९)
  • "बिगर" (सन् २०१९)
  • "डू इट" (सन् २०२०)
  • "फर्गिभ मी" (सन् २०२०)

ब्र्यान्ड सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Beyoncé", म्यूजिक वर्ल्ड इन्टरटेनमेन्ट, मूलबाट मार्च ३१, २०१२-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-३१ मिति
  2. बुकानन, जेसन, "Cadillac Records (2008)", अल मूभी। 
  3. गेन्स्लर, एन्डी (डिसेम्बर २२, २०१३), "Beyonce on Self-Management, Following Madonna's Footsteps, Developing Other Artists", बिलबोर्ड (प्रोमिथिअस ग्लोबल मिडिया)। 
  4. सिल्स, हेजल (डिसेम्बर १३, २०१३), "'Beyonce' Made the Internet Explode Today", रोलिङ स्टोन 
  5. ५.० ५.१ लिपशट्ज, जेसन (डिसेम्बर १३, २०१३), "Beyonce's Surprise Album: 20 Tweets From Mind-Blown Musicians", बिलबोर्ड 
  6. रबिन्सन, पीटर (जनवरी १, २०१४), "Beyoncé has reinvented how to release an album. Over to you, Adele", द गार्डियन 
  7. Loughrey, Clarisse (नोभेम्बर २६, २०१५), "Adele's new album 25 is No.1 on iTunes in almost every country in the world", इन्डिपेन्डेन्ट 
  8. "According to Nielsen SoundScan, A Breakdown of Beyonce's US & Worldwide Album Sales", द हफिङटन पोस्ट 
  9. मिलिगन, लरेन (अक्टोबर २७, २०१४), "CONFIRMED: Beyoncé And Topshop Launch Activewear", भोग 
  10. "Beyonce's Parkwood Entertainment Offers 3 Teen Girls Management Contracts", म्यूजिक टाइम्स, मे २, २०१५। 
  11. "Beyoncé's management company offers 3 teens contracts", न्यु योर्क डेली न्यूज 
  12. "Meet Ingrid, The Rapper Signed to Beyoncé's Label", द फेडर 
  13. "Beyonce's Management Company Parkwood Is Undergoing an Executive Overhaul", बिलबोर्ड 
  14. "Beyoncé Releases New Album Lemonade Featuring Kendrick Lamar, Jack White, the Weeknd, James Blake", पिचफोर्क, अप्रिल २३, २०१६। 
  15. "The World's Top 10 Most Innovative Companies of 2015 in Music", फास्ट कम्पनी 
  16. "Beyonce's Singing Sister Duo Chloe x Halle Release Gorgeous 'Sugar Symphony' EP: Exclusive", बिलबोर्ड 
  17. "Sophie Beem – EP by Sophie Beem on Apple Music", आइट्यून्स 
  18. Braca, Nina (फेब्रुअरी २१, २०१८), "Chloe x Halle Announce Debut Album 'The Kids Are Alright,' Reveal Cover Art: Exclusive", बिलबोर्ड 
  19. मोरो, जोर्डन (जुलाई १९, २०२०), "Beyoncé Releases Trailer for ‘Black Is King’ Visual Album on Disney Plus (Watch)", भेराइटी 
  20. "Music World/Columbia Records Releasing Beyonce's I AM ... WORLD TOUR, the New Full-Length DVD Concert Film Experience Produced, Directed & Edited by Beyonce for Her Own Parkwood Pictures" (प्रेस विज्ञप्ति), न्यु योर्क: पिआर न्यूजवायर, नोभेम्बर १६, २०१०। 
  21. सिडम्यान, रोबर्ट (जून २८, २०११), "MTV & BET to Simulcast "Beyonce: Year of 4" Special Thursday, June 30 at 7p" (प्रेस विज्ञप्ति), टिभी बाइ द नम्बर्स।  वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-०३ मिति
  22. "DVD Credits: Live at Roseland: Elements of 4", बियोन्से अनलाइन, मूलबाट मार्च ५, २०१३-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०३-०५ मिति