एचबिओ
मेरिकी प्रिमियम केवल तथा स्याटलाइट टेलिभिजन सञ्जाल
होम बक्स अफिस (अङ्ग्रेजी: Home Box Office) (एचबिओ) एक अमेरिकी प्रिमियम केवल तथा स्याटलाइट टेलिभिजन सञ्जाल हो। यसको स्वामित्व टाइम वारनरको रहेको छ। यस टेलिभिजन सञ्जालमा चलचित्र तथा टेलिभिजन शृङ्खलाहरू लगायत ड्कुमेन्टरीहरू प्रसारण गर्ने गरिन्छ।
उद्योग | मनोरञ्जन |
---|---|
स्थापित | ८ नोभेम्बर १९७२ |
केन्द्रीय कार्यालय | , संयुक्त राज्य अमेरिका |
सेवा क्षेत्र | विश्वभरि |
आम्दानी | US$५.६१५ billion (२०१५)[१] |
मूल सङ्गठन | टाइम वारनर |
वेबसाइट | www |
एचबिओ सबैभन्दा पूरानो तथा लामो समयसम्म निरन्तर सञ्चालनमा रहेको प्रिमियम केवल च्यानल तथा टेलिभिजन सञ्जाल हो। यसको सञ्चालन ८ नोभेम्बर १९७२ मा भएको थियो। सन् २०१४ मा यसको समायोजित सञ्चालन राजस्व अमेरिकी डलर १.७९ अर्ब रहेको थियो जुन सन् २०१३ को अमेरिकी डलर १.६८ अर्ब रहेको थियो।[२] यस च्यानलको सन् २०१६ मा करिब ४ करोड ९ लाख ग्राहक अमेरिकामा रहेका छन् भने विश्वभरि १३ करोड ग्राहक रहेको छ।[३][४]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Annual Report - Time Warner"।
- ↑ Georg Szalai (फेब्रुअरी ११, २०१५), "Time Warner Posts Record Full-Year Adjusted Profit for HBO, Raises Dividend", The Hollywood Reporter।
- ↑ "Number of HBO subscribers in the United States from 2009 to 2016 (in millions)", Statista।
- ↑ Emily Steel (फेब्रुअरी १०, २०१६), "HBO Now Has 800,000 Paid Streaming Subscribers, Time Warner Says", The New York Times।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा एचबिओ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा एचबिओ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।