आइभी पार्क

स्ट्रीटवेयर ब्र्यान्ड

आइभी पार्क (अङ्ग्रेजी: Ivy Park) सन् २०१६ मा अमेरिकी गायिका बियोन्सेफिलिप ग्रीनद्वारा सहसंस्थापित स्ट्रीटवेयर ब्र्यान्ड हो ।[१][२][३]

आइभी पार्क
व्यवसाय प्रकार
सार्वजनिक
उद्योग
  • स्पोर्ट्सवेयर
  • पहिरन
स्थापितमार्च ३१, २०१६; ८ वर्ष पहिले (२०१६-०३-31)
स्थापनाकर्ता
केन्द्रीय कार्यालयन्यु योर्क सहर, न्यु योर्क, संयुक्त राज्य अमेरिका
सेवा क्षेत्र
विश्वव्यापी
उत्पादनहरूस्पोर्ट्सवेयर
मालिकबियोन्से
मूल सङ्गठनपार्कवुड इन्टरटेनमेन्ट
वेबसाइटwww.ivypark.com Edit this on Wikidata

इतिहास सम्पादन गर्नुहोस्

अक्टोबर २०१४ मा बियोन्सेटपशपको एक संयुक्त उपक्रमको घोषणा गरिएको थियो जुन पार्कवुड टपशप एथ्लेटिक लिमिटेडको अधीनमा कार्यरत थियो ।[४] सन् २०१५ मा सार्वजनिक हुनुपर्ने आइभी पार्कको संस्थापन सन् २०१६ को वसन्तमा सारिएको थियो ।[५] अप्रिल १४, २०१६ मा आइभी पार्कका उत्पादनहरू अनलाइन तथा अफलाइन बजारमा उपलब्ध भएका थिए ।

नोभेम्बर १४, २०१८ मा सहसंस्थापक फिलिप ग्रीनको यौन दुर्व्यवहार र वर्णभेदको कारण आइभी पार्कको पूर्ण स्वामित्व पार्कवुड इन्टरटेनमेन्टले प्राप्त गर्यो ।[६]

सार्वजनिकीकरण सम्पादन गर्नुहोस्

एल पत्रिकाको मे संस्करणका लागि दुइटा आवरण प्रस्तुत गरी मार्च ३१, २०१६ मा बियोन्सेले आधिकारिक रूपमा आइभी पार्कलाई सार्वजनिक गरेकी थिइन् । एलको यस संस्करणमा कलाकारसँगको अन्तर्वार्ता प्रकाशित गरिएको छ जसमा उनले यो ब्र्यान्डको उद्देश्य र यसले महिलाहरूमा पर्ने प्रभावको बारेमा बातचित गरेकी छिन् ।[७] उनले यस ब्र्यान्डको मध्यमबाट महिलाहरूलाई सौन्दर्य भनेको शरीरमा मात्रै आधारित हुँदैन भन्ने आभास गराउन चाहन्छिन् ।[८] त्यही दिन उनले आफ्नो व्यायाम गर्ने तरिका र आइभी पार्कका उत्पादनका झलक देखाउँदै एउटा भिडियो सार्वजनिक गरिन् । त्यही भिडियोमा उनले सो ब्र्यान्डको नाम र महत्त्व बुझाइन् - आइभीले उनकी छोरी ब्लू आइभी कार्टरलाई जनाउँछ भने पार्कले चाहिँ बियोन्सेको गृहनगर ह्युस्टनमा रहेको पार्कवुड पार्क जनाउँछ ।[७] उनले सो भिडियोमा विवेचना गरिन्:

म बिहान उठ्दा मेरो बुबा मलाई दौडमा लग्न मेरो कोठाको ढोका बाहिर उभिरहनु भएको हुन्थ्यो । मलाई दौड रोकी यतिकै बस्न मन लाग्थ्यो तर म आफैँलाई अझै दौडिन धक्का दिन्थेँ । त्यसले मलाई अनुशासन सिकायो । म आफ्नो सपनाको बारेमा सोच्थेँ । मेरा अभिभावकले मेरो लागि त्याग गरेका, समर्पण गरेका अवसरको बारेमा सोच्थेँ । म आफ्नी बहिनीको बारेमा सोच्थेँ, उसको लागि म नायिका थिएँ । म मेरो वरिपरि रहेको सौन्दर्यमा हराउँथेँ, रुखमा लागेको घामलाई हेर्थेँ । म श्वास फेरिरहन्थेँ । संसारमा अझै पनि धेरै कुराहरू छन् जसको मलाई डर छ । जब मलाई ती डर, ती चुनौतीहरूको सामना गर्नु पर्छ, तब म त्यो पार्कमा फर्किन्छु । मञ्चमा प्रस्तुति प्रदर्शन भन्दा अगाडि म त्यो पार्कमा फर्किन्छु । मैले जन्म दिनु भन्दा अगाडि म त्यो पार्कमा फर्केकी थिएँ । त्यो पार्क मेरो मनोस्थिति बन्न पुगेको छ । त्यो पार्क मेरो शक्ति हो । त्यो पार्कको कारणले म म बनेकी छु । तपाईँको पार्क कहाँ छ ?[७]

स्पोर्ट्सवेयर ब्र्यान्ड अन्तर्गत $३० देखि $२०० को मूल्य दायरामा पर्ने टप, बटम, स्विमवेयर र गौण उपलब्ध छन् ।[९]

आइभी पार्क x एडिडास सम्पादन गर्नुहोस्

अप्रिल ४, २०१९ मा बियोन्सेले आइभी पार्क र एडिडासको साझेदारीको घोषणा गरिन् ।[१०] खुद्रा व्यापारी टपशपसँगको साझेदारी तोडिए पछि यो साझेदारीले आइभी पार्क पुनः सार्वजनिकीकरणको चिनो बन्यो । आइभी पार्कको आधिकारिक वेबसाइटमा प्रकाशित लेखमा बियोन्सेले एडिडास प्रति आभार व्यक्त गर्दै उनीहरूको साझेदारीको सफलताको कामना गरिन् ।[११] यो पुनः सार्वजनिकीकरणसँगै नयाँ जुत्ता, प्रदर्शन गियर र जीवनशैली पहिरन पनि उपलब्ध भए ।[१२]

विज्ञापन र प्रचार सम्पादन गर्नुहोस्

आइभी पार्क x एडिडासको आधिकारिक रूपमा सार्वजनिकीकरण हुनु भन्दा एक हप्ता अगाडि बियोन्सेले प्रभावक र प्रशंसकहरूलाई जुत्ता र पहिरन भएको सुन्तला रङ्गको ठूलो बाकस पठाएकी थिइन् । एलेन डिजेनेरस, कार्डी बी, केन्डल जेनर, सिएरा, मिसी एलियट, रीज विदरस्पूनहेली बीबर लगायत अन्य कलाकारहरूले उक्त बाकस उपहारस्वरूप प्राप्त गरेका थिए ।[१३][१४]

प्रतिक्रिया सम्पादन गर्नुहोस्

जनवरी १७, २०२० मा आइभी पार्क x एडिडासको सामाजिकीकरणको केही घण्टामा नै एडिडासको वेबसाइटमा भए जति सबै उत्पादनहरूको बिक्री भइसकेको थियो ।[१५] एडिडासको वेबसाइटमा विश्वव्यापी स्तरमा किन्न मिल्ने व्यवस्था गरिएका उत्पादनका सबै प्रति संयुक्त राज्यमा ब्लूमिङडेल्स, नोर्डस्ट्रम, फुट लकरफिनिश लाइनबाट पनि जनवरी १८बाट बिक्री भइसकेको थियो ।[१६] छिटै बिक्री भई आफूले खरिद गर्न नपाउँदा कयौँ प्रशंसकले सामाजिक सञ्जालमा आफ्नो निराशा व्यक्त गरे ।[१७][१८][१९]

एनपीडीका विशिष्ट फुटवेयर विश्लेषक म्याट पावेलले आइभी पार्क x एडिडासले कान्ये वेस्टको यीजी लगायत अन्य एडिडास साझेदारीको बिक्रीलाई उछिन्ने अनुमान गरेका छन् ।[२०][२१]

विवाद सम्पादन गर्नुहोस्

मे २०१६ तिर द सन नामक बेलायती पत्रिकाले आइभी पार्कले श्रीलङ्कामा रहेका कार्मचारीलाई उनीहरूको न्यूनतम दैनिक आय भन्दा कम पैसा तिरी $६.१७ दिई थोरै मूल्यमा बढी काम गराउँछ भन्ने खबर छापियो । आइभी पार्कका प्रतिनिधिले यस आरोपलाई अस्वीकार गरे ।[८][२२] सिबिएस न्यूजले यस विषयमा थप जाँचपर्ताल गर्दा श्रीलङ्काको न्यूनतम दैनिक आय $२६८ भएको र कामदारहरूले त्यसको दोब्बर कमाएको थाहा भयो ।[२२]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. होम्स, स्याली (मार्च ३१, २०१६), "OMG Beyoncé's Fashion Line Is HEEEEEEEREEEEEE", एल 
  2. डुबफ, जश (मार्च ३१, २०१६), "Beyoncé Introduces Ivy Park, an Activewear Line", भ्यानिटी फेर 
  3. कार्लोस, मार्होन (मार्च ३१, २०१६), "Beyoncé's New Activewear Line, Ivy Park, Has Arrived", भोग  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-१७ मिति
  4. मिलिगन, लरेन (अक्टोबर २७, २०१४), "CONFIRMED: Beyoncé And Topshop Launch Activewear", भोग 
  5. फिशर, लरेन (नोभेम्बर ३०, २०१५), "Beyoncé's Topshop Athleisure Brand Gets an Official Launch Date", हार्पर्स बजार 
  6. "Beyoncé cuts ties with Philip Green", बिबिसी न्यूज, नोभेम्बर १५, २०१८। 
  7. ७.० ७.१ ७.२ "This Is What Beyoncé's Fashion Line Ivy Park Means", एल, मार्च ३१, २०१६। 
  8. ८.० ८.१ चास्मार, जेस्सिका (मे १८, २०१६), "Beyonce brand Ivy Park denies sweatshop allegations", द वाशिङटन टाइम्स [dead link]
  9. कार्लोस, मार्होन, "Beyoncé's New Activewear Line, Ivy Park, Has Arrived", भोग (अङ्ग्रेजीमा)।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-१७ मिति
  10. टेलर, केट (अप्रिल ४, २०१९), "Beyoncé is partnering with Adidas to create new shoes and apparel and relaunch athleisure brand Ivy Park", बिजनेस इनसाइडर 
  11. "Ivy Park", बियोन्से (अङ्ग्रेजीमा), अप्रिल ४, २०१९।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-०८ मिति
  12. थोमस, लरेन (अप्रिल ४, २०१९), "Adidas is teaming with Beyonce on sneakers, relaunch of Ivy Park", सिएनबिसी 
  13. कार्टर, टेरी, "Here Are All The Celebrities Who Were Lucky Enough To Get An Ivy Park x Adidas Box From Beyoncé", बजफीड 
  14. "Beyoncè's Brilliant Marketing Plan For Ivy Park Is Worth Studying", भाइब, जनवरी १७, २०२०। 
  15. "Beyoncé's Ivy Park x Adidas Collection Sells Out Instantly Online, Twitter Despairs", हट न्यू हिप हप 
  16. टाइको, केली, "Beyoncé's Ivy Park line for adidas selling out online but available in select stores Saturday", यूएसए टूडे 
  17. "Beyoncé’s Ivy Park X Adidas Collab sells out in hours", जनवरी १८, २०२०। 
  18. शौन्सी, एल्कोर्न, "Beyoncé's Ivy Park x Adidas' line drops online and sends the internet into a frenzy", सिएनएन 
  19. गन, टम्यान्था (जनवरी १७, २०२०), "Twitter reacts to Beyoncé’s Ivy Park x Adidas pre-launch", रीभोल्ट  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-२६ मिति
  20. गोल्डेन, जेस्सिका (जनवरी १७, २०२०), "Adidas is banking on Beyonce for growth with Ivy Park athletic wear line debut", सिएनबिसी 
  21. "Why Beyoncé’s Ivy Park launch could boost Adidas more than Kanye West did with Yeezy's", याहू फाइनेन्स 
  22. २२.० २२.१ पार्क, आन्ड्रेया (मे १७, २०१६), "Beyonce's Ivy Park clothing line denies sweatshop allegations", सिबिएस न्यूज। 

बाह्य कडी सम्पादन गर्नुहोस्