हृदयेन्द्र शाह (जन्म: २०५९ साउन १४[१]) नेपाली शाही राजपरिवारको सदस्य हुन् । हृदयेन्द्रको जन्म काठमाडौं नारायणहिटी राजदरबारमा युवराज पारस वीर विक्रम शाह देव, र युवराज्ञी हिमानी राज्य लक्ष्मीदेवी शाह को सन्तानको रुपमा भएको थियो। [२] तत्कालीन श्री ५ ज्ञानेन्द्रबाट उनलाई जन्मेकै दिन श्री ५ नवयुवराजधिराज घोषित गरिएको थियो भने २०५९ साउन २४ मा उनलाई हृदयेन्द्र वीर विक्रम शाहदेव नामाकरण गरिएको थियो।[३]

हृदयेन्द्र बिर बिक्रम शाह
जन्म२०५९ साउन १४
(2002-07-30) ३० जुलाई २००२ (उमेर २१)
नारायणहिटी राजदरबार, काठमाडौँ, नेपाल
नाम
हृदयेन्द्र बिर बिक्रम शाह
वंशशाह वंश
बाबुपारस वीर विक्रम शाह देव
आमायुवराज्ञी हिमानी राज्य लक्ष्मीदेवी शाह
धर्मHinduism

उनलाई नवयुवराज घोषणा गरेपनि २०६३ मा पनर्स्थापित संसदले राजाको उत्तराधिकारी सम्बन्धी कानुनमा संशोधन गरेपछी उनी शाही सिंहासनको रोलमा दोस्रो स्थानमा रहेका थिए। २०६५ जेठ १५ मा राजतन्त्र आधिकारिक रूपमा समाप्त भयो। [४] राजतन्त्रको अन्त्य नभएसम्म उनलाई नेपालमा नवयुवराज भनेर चिनिन्थ्यो।

उनका हजुरबुवा ज्ञानेन्द्र वीर विक्रम शाह देव नेपालका पूर्व माहाराज हुन् र उनको हजुरआमा रानी कोमल राज्य लक्ष्मीदेवी शाह राणा राजवंशका सदस्य हुन् । आमाको तर्फबाट उनको सिकरको भारतीय रियासत परिवारमा पनि सम्बन्ध छ, जुन शेखावत कुलको हो।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. २०५९ साउन १४ को श्री ५ महाराजाधिराज प्रमुख सचिवालय राजदरबारको विज्ञप्ति
  2. "Nepalese crown princess gives birth", Asian Political News, ५ अगस्ट २००२, मूलबाट ३१ डिसेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २००७ 
  3. राजदरबारको विज्ञप्ति
  4. "Nepal votes to abolish monarchy", BBC, २८ मे २००८, अन्तिम पहुँच २९ मे २००८