पचाल झरना कालीकोट जिल्लाको सदरमुकाम मान्मादेखि १८ कोस उत्तर-पूर्वमा रहेको राम्नाकोट गाविस वडा नम्बर ७ र ८ मा पर्ने पचाल झरना ३ सय ८१ मिटर [१][२] अग्लो झरना हो । कालीकोटको पचाल झरना नेपालकै अग्लो मानिएको अर्को ह्यातुङ झरनाभन्दा करिब १६ मिटर अग्लो भएको जिल्ला प्राविधिक कार्यालयले प्रमाणित गरेको पनि छ । जंगलको बीचबाट निस्केको पानीको छहराको दृश्य मनमोहक भय पनि पर्यटकीय विकास नहुदा ओझेलमा परेको हो । घना जंगलको बीचमा पर्ने पचाल झरना कर्णाली अञ्चलको चर्चित धार्मिकस्थल पुगमालिकाबाट बग्ने पानीका मूल एकै ठाउँमा मिसिएपछि बनेको छ ।

पचाल झरना
पचाल झरना
पचाल झरना is located in नेपाल
पचाल झरना
नक्सा
स्थानराम्नाकोट गाविस, कालीकोट जिल्ला, नेपाल
निर्देशाङ्क२८°३३′२०″N ८३°३८′२१″E / २८.५५५५°N ८३.६३९२३°E / 28.5555; 83.63923 (पचाल झरना)निर्देशाङ्कहरू: २८°३३′२०″N ८३°३८′२१″E / २८.५५५५°N ८३.६३९२३°E / 28.5555; 83.63923 (पचाल झरना)
प्रकारPlunge
जम्मा उचाइ४८२ मी (१,५८१ फिट)
झरना सङ्ख्याएक

झरनाको लम्बाई सम्पादन गर्नुहोस्

कालीकोट जिल्लाकोे पूर्वी क्षेत्रमा पर्ने पचालझरना गाउपालिका वडा नं. ३ स्थित खाद्रु गाँउमा पर्ने ऐतिहासिक पर्यटकिय स्थल पचाल झर्ना ४ सय १५ मिटर रहेको प्रमाणीत भएको छ । जिल्लाकै ऐतिहासीक रमणिय पर्यटकिय स्थल भएपनि गुमनामा रहेको पचाल झर्ना पर्यटन बोर्डको सहयोग, जिल्ला समन्वय समिति कालिकोटको समन्वय तथा जिल्लाको रास्कोट नगरपालिका निवासी युवा बिद्यार्थी यसोधा बराल र जिल्ला विकास समितिको प्राबिधि टोलीले पचालझरनाको नापनक्सा गरी ४ सय १५ मिटर रहेको प्रमाणीत गरेको हो ।[३] पचाल झरना नेपालकै सबैभन्दा अग्लो झरना भएको पुष्टी भएको छ । नेपालको मात्र नभएर यो झरना एसिया कै सबैभन्दा अग्लो भएको दाबी समेत गरिएको छ । पचाल झरनाको अहिलेसम्म औपचारिक नाप लिइएको थिएन । तर, स्थानीय तह बनेसँगै पचालझरना गाउँपालिकाको पहलमा नाप लिइएको हो । त्यसक्रममा पचाल झरना नेपाल कै सबैभन्दा अग्लो भएको पाइएको हो । पचालझरनाको वास्तबिक उचाई ३८१ मिटर रहेको पाइएको गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सेजुवालले बताए । जिल्ला प्राविधिक कार्यालय कालिकोटका प्राविधिक कुलप्रसाद न्यौपाने, र्‍याप थ्री संस्थाका प्राविधिक विश्वास मण्डल र पचालझरना गाउँपालिकाका प्राविधिक टेकबहादुर शाहीको टिमले झरनाको उचाईको नाप लिएको हो । २ वटा जिपिएसको सहायताबाट २०७४ साउन ५ र ६ गते दुई दिन लगाएर नाप लिइएको थियो । ‘हामीले दुई दिन लगाएर यसको नाप लिएका हौं’ अध्यक्ष सेजुवालले भने, ‘२ वटा जिपिएसको सहयोगले तीन जना प्राविधिकले २ दिनमा यसको नाम लिँदा ३८१ मिटर पाइयो ।’ यस अघि नेपालको सबैभन्दा अग्लो मानिएको तेह्रथुमको हृयातुङ झरनाको उचाई ३६५ मिटर मात्र छ । तर, हृयातुङ भन्दा पचाल झरनाको उचाई १६ मिटर बढी अग्लो पाइएको हो । वास्तबिक उचाई पत्ता लागेसँगै यो झरना विश्वकै ३० अग्ला झरनाहरूमा परेको छ । स्थानीय तहको चुनाव अघिका प्रतिबद्धता अनुसार यहाँका जनप्रतिनिधिहरूले पचालझरनाको विकासको लागि कार्यक्रम बनाएर बजेट विनियोजन गरेका छन् । झरनाको प्रचारका लागि आयोजना गरिएको पदयात्रासहित कार्यक्रममा नाप लिइएको अध्यक्ष सेजुवालले जानकारी दिए । गाउँपालिकाको नाम सोही झरनाबाट राखिएकाले पनि झरनाको बारेमा सत्यतथ्य प्राप्तिका लागि २०७४ साउन ५ गतेदेखि ८ गतेसम्म पदयात्रा कार्यक्रमसहित नाप लिइएको उनको भनाइ छ ।[४]

पर्यटन बोर्डमा सूचिकृत छैन

यो झना अहिलेसम्म नेपाल पर्यटन बोर्डमा समेत सूचिकृत भएको छैन । अब झरनाको वास्तविक उचाई समेत पत्ता लागेकाले यसलाई नेपाल पर्यटन बोर्डमा सूचिकृत गराउनका लागि प्रकृया सुरु गर्ने गाउँपालिका अध्यक्ष सेजुवालले बताए । यसअघि स्थानीयले समिति बनाएर संरक्षणको काम गरेपनि औपचारिक रूपमा सूचिकृत गराउन कुनै पहल नभएको भन्दै उनले अब प्रकृया सुरु गर्ने बताए । अध्यक्ष सेजुवालले भने,’अब हामीले नाप लिइसकेका छौं, प्रकृया पुर्‍याएर सूचिकृत गरी यसको विकासमा लाग्छौं । त्यसका लागि कार्यक्रम र बजेट समेत विनियोजन गरिएको छ ।’ गाउँपालिकाले झरनासम्म पुग्नका लागि बाटो, बसोबासको व्यवस्था मिलाएर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्षका साथ योजना तथा कार्यक्रम बनाएको छ ।[४]

महत्त्व सम्पादन गर्नुहोस्

आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने अनगिन्ति प्राकृतिक सौँदर्यताले भरिपुर्ण पचाल झर्ना हालसम्म जिल्लाको पर्यटकीय गन्तव्यको रूपमा विकास हुन नसक्दा गुमनाम छ । अग्ला अग्ला पहाडी हिम श्रृङखलाहरूको फेदमा कर्णाली नदीको दक्षिणतर्फ साविकका बदालकोट गाविस र राम्नाकोट गाविसको बीचमा पर्ने ऐतिहासीक पचाल झर्नाको उचित विकासका साथै राष्ट्रिय स्तरमा प्रचार प्रसार तता यसको उचाई प्रमाणीकरण हुन नसक्नुलाई विडम्बनानै मान्नु पर्दछ । प्राबिधिक सहितको टोली लिएर पचालझरनाको अध्यायन अवलोकनमा जानु भएको यशोधा बरालले यो झर्ना कालिकोट जिल्लाको पर्यटकिय सम्भावनाको प्रमूख स्थल रहेको बताएकी छन् । उनले भनिन्, यो ऐतिहासीक झर्नाको संरक्षण, विकास र प्रवद्र्धन गर्न सकिए कालिकोट जिल्लाकै पर्यटकहरूको लागि मूख्य आकर्षक गन्तव्य बन्ने निश्चित छ । तर पनि सम्बन्धित निकाय, राजनीतककर्मी, स्थानीय पर्यटन व्यावसायी र सरोकारवाला निकायहरूको वेवास्ताका कारण पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेरको यो झर्ना गाँउघरे उख्खान कागलाई बेल पाक्यो हर्स न बिस्मात भने जस्तै भएको उनको भनाई छ ।[३]

झरनाको बनोट सम्पादन गर्नुहोस्

पचाल झर्नाबाट खसेको पानी करीब १० किलोमिटर ओरोलो बगेर कर्णाली नदीमा मिसिएको छ । प्राकृतिक मनोरम सौँदर्यतताले भरिपुर्ण यो झर्ना अवलोकन भ्रमणका लागि निकै आकर्षक देखिन्छ । स्थानियहरूका अनुसार यो झर्नाको बचिमा ठुला ठुला गुफाहरू पनि छन् र सशस्त्र द्धन्द्धको समयमा माओवादीहरूले यिनै गुफाहरूमा हातहतियारको गोदाम समेत बनाउने गरेका थिए । यहाँका स्थानिय विद्यालयहरूले शैक्षिक भ्रमणमा बिद्यालर्थीहरूलाई लिदा यही झर्नाको अवलोकन गराउने गरेका छन् । झर्ना हिउँदको समयमा पानीको बहाव कम हुदा र वर्षायामको तिब्र पानीको बहावमा पनि शान्त रूपमा खसिरहेको छ । जिल्ला समन्वय समितिले तत्कालै पचालझरना ४ सय १५ मिटर रहेको भनी अभिलेखिकरणका लागि नेपाल पर्यटन बोर्डमा सिफारीस गरेको छ ।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्