न्युटन (सङ्केत: N) बलको एसआइ एकाइ (SI) हो । सर आइज्याक न्युटनको "न्युटनको चाल सम्बन्धि नियम" विशेष गरी दोश्रो नियम सम्बन्धि योगदानको निम्ति उनको सम्मान स्वरूप यसको नामकरण गरिएको हो ।

बलको एकाइ
नामन्युटन
प्रणालीएसआई तत्जन्य एकाई
भौतिक परिमाणबल
डाइमेन्सनMLT-2
नामकरण गरिएकोआइज्याक न्युटन
परिभाषाबल हो जसले एक किलोग्राम पिण्डलाई १ मिटर प्रति सेकेण्ड प्रति सेकेण्डको प्रवेगले बल लगाइएको दिशामा कुदाउन सक्छ ।

परिभाषा सम्पादन गर्नुहोस्

एक न्युटन भनेको त्यो बल हो जसले एक किलोग्राम पिण्डलाई १ मिटर प्रति सेकेण्ड प्रति सेकेण्डको प्रवेगले बल लगाइएको दिशामा कुदाउन सक्छ ।

न्युटनको चाल सम्बन्धि दोश्रो नियम अनुसार F = ma, जहाँ F = लगाइएको बल, m भनेको पिण्ड, जसमा बल लगाइन्छ , र a भनेको प्रवेग । त्यसकारण न्युटन भनेको:[१]

F = m   a
1 N = 1 kg 1 m/s2

जहाँ:
N : न्युटन, kg : किलोग्राम, m : मिटर, र s : सेकेण्ड.

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Table 3. Coherent derived units in the SI with special names and symbols", The International System of Units (SI), International Bureau of Weights and Measures, २००६, मूलबाट २००७-०६-१८-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)