मुख्य सूची खोल्नुहोस्


न्युटनको गतिका नियमहरू (अङ्ग्रेजी: Newton's laws of motion) तीन भौतिक नियमहरु हुन् , जसले शास्त्रीय यान्त्रिकीको (classical mechanics) को जग बसालेको थियो ।

भौतिकशास्त्री सर आइज्याक न्युटन (सी.ई. १६४३–१७२७) जसले गतिका नियमहरु बनाए

यी नियमहरुले कुनै पनि वस्तु र त्यसमा लाग्ने बल र त्यसमा त्यो बलको असरको रुपमा देखिने गतिको व्याख्या गर्दछ । अझ स्पष्टसँग भन्नुपर्दा, पहिलो नियमले गुणात्मक तरिकाले बलको परिभाषा गर्दछ, दोस्रो नियमले मात्रात्मक तरिकाले बलको मापन गर्दछ र तेस्रोले एकल पृथक शक्ति अवस्थित छैन भनेर जोड दिन्छ। आइस्याक न्युटनले गतिको तीन नियमहरू पहिलो पटक सन् १६८७ मा "फिलोसफिय नेचुरलिस प्रिंसीपिया मैथेमेटिका" (गणितीय सिद्धान्तको प्राकृतिक दर्शन; 'अङ्ग्रेजी: Mathematical Principles of Natural Philosophy')मा संकलित गरेका थिए।


पहिलो नियम: इनार्सिय्ल फ्रेम रिफरेन्समा, कुनै वस्तुमा बाहिरी बल नलगाएसम्म उक्त वस्तु स्थिर छ भने स्थिर अवस्थामै रहिरहन्छ र चाल अवस्थामा छ भने समान गतिले अगाडि गइरहन्छ । .[१][२]
दोश्रो नियम:

इनार्सिय्ल फ्रेम रिफरेन्समा, कुनै पनि वस्तुमा समग्र बल F (बलहरुको भेक्टर योगफल) त्यो वस्तुको पिण्ड (mass) m र वस्तुको प्रवेग (acceleration) a को गुणन संग बराबर हुन्छ ।
F = ma (वस्तुको पिण्ड m लाइ चर मानिएको छ)

तेश्रो नियम: हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ ।

सबै भन्दा पहिले सर आइज्याक न्युटनले यी नियम हरुलाई आफ्नो ग्रन्थ फिलोसोफी नेचुरालिस प्रिंसिपिआ म्याथेमेटिका (सन १६८७) मा सङ्कलन गरेका थिए ।[३] सर आइज्याक न्युटनले अनेक स्थानहरुमा भौतिक वस्तुहरुको गतिसँग सम्बन्धित समस्याहरुको व्याख्या गर्न यसको प्रयोग गरेका थिए । उदाहरणका लागि, गतिको यी नियमहरू उनकै विश्वव्यापी गुरुत्वको नियमसँग जोडेर हेर्दा यसले किप्लरको ग्रहिय गतिको नियमलाई राम्रो ब्याख्या गर्दछ भनेर न्यूटनले आफ्नो लेखको तेस्रो भागमा बताए।

सन्दर्भसम्पादन