नोर्देन तेन्जिङ भुटिया

नोर्देन तेन्जिङ भुटिया मुसुमुसु हाँसिदेऊ, गाजलुले आँखै छोप्ने, कहाँ तिम्रो मायालुलाई जस्ता क्लासिक नेपाली भाषाका गीतहरूका संगीतकार, रचनाकार र गायक थिए। ७० को दशकमा भुटिया निकै चर्चित नेपाली सङ्गीत ‘द हिमालयन्स ब्याण्ड’ का गायक र गितारवादक थिए।[१][२][३] नेपाली संगीतलाई रूपान्तरण गर्ने र नेपाली सांगीतिक स्वाद र सामग्रीमा परिवर्तन ल्याउने श्रेय भुटियालाई दिइन्छ। भुटिया नेपाली मूलधारको संगीतमा रक, पप र ब्लुजलाई भित्र्याउने अग्रगामी थिए। [४]

नोर्देन तेन्जिङ भुटिया
जन्म(१९५०-०१-२१)२१ जनवरी १९५०
कोलकाता, भारत
मृत्यु४ अगस्ट २०१९(2019-08-04) (उमेर ६९)
एल्डरशट, संयुक्त अधिराज्य
पेशागायक, संगीतकार, पूर्व ब्रिटिश गोर्खा
चिनारीको कारणद हिमालयन्स (ब्याण्ड)
जीवनसाथीएनी तेन्जिङ
सन्तान

जीवन र करियर सम्पादन गर्नुहोस्

भुटियाको जन्म २१ जनवरी १९५० मा कोलकातामा भएको थियो र उनको हुर्काइ खर्साङ (दार्जिलिङ) मा भएको थियो। उनी १९७१ मा ब्रिटिस आर्मीमा भर्ना भए र उनले हिज म्याजेस्टीज आर्म्ड फोर्समा ब्रिटिश गोर्खा सिपाहीको रूपमा सेवा गरेपछि बेलायतको एल्डरशटमा बसोबास गरे र आफ्नै व्यवसाय सुरु गरे। भुटियाका तीन छोराछोरी छन् ।[५][६][७]

भुटियाले ब्रिटिश सेनामा भर्ती भएपछि आफ्नो सांगीतिक करियर सुरु गरे, जहाँ उनले समान विचारधाराका नेपाली संगीतकारहरूलाई भेटे र द हिमालयन्स ब्याण्ड गठन गरे ।[८][९] उनको पहिलो हिट "गाजलुले आँखै छोप्ने" थियो ।

भुटियाको अगस्ट ४, २०१९ मा एल्डरशट, रशमूर बरो, बेलायतमा मृत्यु भयो ।[१०][११]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. Admin (२०१९-०८-०७), "Veteran singer of Himalayan Band, Norden Tenzing, passes away in London", South Asia Time, अन्तिम पहुँच २०१९-०८-०९ 
  2. "गायक नोर्देन तेन्जिङ भुटियाको लन्डनमा निधन", Kathmandu Press, अन्तिम पहुँच २०१९-०८-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
  3. "रहेनन् 'मुसुमुसु हाँसिदेऊ न लैलै'का गायक नोर्देन तेन्जिङ भुटिया" (en-USमा), अन्तिम पहुँच २०१९-०८-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
  4. Bicky, Author (२०१९-०८-१८), "Norden Tenzing - A Legend", The Darjeeling Chronicle (en-GBमा), अन्तिम पहुँच २०१९-०८-१८ 
  5. "संगीतकर्मी नोर्देन तेन्जिङ भुटियाको निधन :: Pahilopost.com", pahilopost.com, अन्तिम पहुँच २०१९-०८-०९ 
  6. "रहेनन् 'मुसु मुुसु हाँसीदेउ न लै' का गायक भुटिया" (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
  7. "'मुसुमुसु हाँसिदेऊ' ओछ्यानमा", www.kantipurdaily.com (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०९ 
  8. "RIP: Norden Tenzing, The Voice Behind 'Musu Musu Haasi', 'Gajalue Le Akhai Chopne' Passed Away" (en-USमा), २०१९-०८-०७, अन्तिम पहुँच २०१९-०८-०९ 
  9. Republica, "Veteran musician Norden Tenzing passes away", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-०९ 
  10. "Veteran singer Norden Tenzing no more", Khabarhub English News (अङ्ग्रेजीमा), २०१९-०८-०६, अन्तिम पहुँच २०१९-०८-०९ 
  11. admin, "रहेनन् मुसुमुसु हाँसी देऊ लै लै.. गीतका गायक", NAMASTE NEPAL (en-USमा), अन्तिम पहुँच २०१९-०८-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति