द हिमालयन्स (१९७४–१९८१) हङकङमा आधारित नेपाली पप रक ब्याण्ड थियो । यो ब्याण्ड मुसुमुसु हाँसिदेऊगाजलुले आँखै छोप्ने जस्ता गीतहरूका लागि जानिन्छ । सन् १९७४ मा हङकङमा केही नेपाली भाषी ब्रिटिस गोर्खा सैनिकहरूले यो ब्याण्ड बनाएका थिए र सन् १९८१ मा ब्याण्डका केही सदस्यहरूलाई बेलायतको एउटा रेजिमेन्टमा सरुवा गर्दा यसलाई विघटन गरिएको थियो ।

फ्रैंकलिन मुखिया, सोनम छिरिङ शेर्पा, नविन राई, नोर्देन तेन्जिङ भुटिया (दायाँ देखि बायाँ)

गठन सम्पादन गर्नुहोस्

ब्याण्ड सन् १९७४ मा गठन भएको थियो । नोर्देन तेन्जिङ भुटिया सन् १९७१ मा हङकङमा ब्रिटिश गोर्खा सेनामा भर्ना भएका थिए त्यहाँ उनले सँगी सिपाहीहरूसँगै सन् १९७४ मा ब्याण्ड गठन गरे ।[१] उनीहरूले हङकङमा आफ्नो ब्याण्डका लागि किनेका केही पूरानो बाजाहरू लिएर गाउन थाले ।[२] भुटियाले ब्याण्डको नाम द हिमालयन्स राखे किनभने ब्याण्डका सदस्यहरू विभिन्न ठाउँका भए पनि हिमालय उनीहरूबीचको साझा सम्बन्ध थियो । ब्याण्डका सदस्यहरू साँझको समयमा अभ्यास गर्थे ।

गाजलुले आँखै छोप्ने सम्पादन गर्नुहोस्

सुरुमा ब्यान्डले रेजिमेन्टमा विभिन्न अवसरमा कभर गीत गाउने गर्दथ्यो । सन् १९७५/१९७६ मा, जब BFBS रेडियोले तिनीहरूलाई एउटा गीत रेकर्ड गर्न बोलायो, तिनीहरूले आफ्नो पहिलो मौलिक गाजलुले आँखै छोप्ने रेकर्ड गरे, जुन भुटियाका साथी अरुण थापाको ले रचेका थिए । उक्त गीतले उनीहरुलाई नेपाली संगीतको मूलधारमा पुर्‍यायो । त्यसपछि उनीहरूले धेरै मौलिक गीतहरू रचना गरे ।[३]

मुसुमुसु हाँसिदेऊ सम्पादन गर्नुहोस्

उनीहरूको गीत मुसुमुसु हाँसिदेऊ लाई संगीतकार विशाल ददलानी, शिराज भट्टाचार्य र सम्राटले सन् १९९९ मा बलिउड फिल्म प्यार मे कभी कभीको लागि पुन: निर्माण गरेका थिए ब्याण्ड सदस्य फ्रैंकलिन मुखियाका अनुसार पुन: निर्माण अनौपचारिक थियो र गीत चोरी भएको थियो । [४][५][६]

सदस्यहरू सम्पादन गर्नुहोस्

प्रमुख सदस्यहरू सम्पादन गर्नुहोस्

  • नोर्देन तेन्जिङ भुटिया (गायक)
  • विजय थापा (गितारवादक)
  • फ्रैंकलिन मुखिया (गायक)
  • नवीन राई (गितारवादक)
  • सोनम छिरिङ शेर्पा (ड्रमवादक)
  • दीपक चन्द्र राई (ड्रमवादक)

सहयोगी सदस्यहरू सम्पादन गर्नुहोस्

  • अजल सिंह गुरुङ
  • श्याम लामा
  • कृष्णमिलन नेवार

गीतहरू सम्पादन गर्नुहोस्

  • गाजलुले आँखै छोप्ने
  • मायाले माया गासिदेऊ
  • चिसो बतासले
  • चाँप गुराँस जब फुल्दछ
  • मलाई धेरै धेरै
  • कहाँ तिम्रो मायालुलाई
  • फर्की हेर मेरो जीवन
  • मुसुमुसु हाँसिदेऊ

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Veteran singer of Himalayan Band, Norden Tenzing, passes away in London", www.southasiatime.com, मूलबाट २०२०-०८-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०३-१६ 
  2. "द हिमालयन ब्यान्डका गायक नोर्देन तेन्जिङ भुटियाको निधन", www.safalkhabar.com (Nepaliमा), मूलबाट २०२२-०३-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०३-१६ 
  3. "Norden Tenzing - A Legend", The Darjeeling Chronicle (en-GBमा), २०१९-०८-१८, मूलबाट २०२१-०६-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०३-१६ 
  4. Om Bikram | History of Nepali Pop | Documentary Film (Full Movie) | Pop King Om Bikram Bista, अन्तिम पहुँच २०२२-०३-१६ 
  5. Republica, "Veteran musician Norden Tenzing passes away", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०३-१६ 
  6. Pokharel, Nabin, "'मुसुमुसु हाँसिदेऊ' ओछ्यानमा", Kantipur (नेपालीमा)।