नेसनल स्टक एक्सचेन्ज अफ इन्डिया (एनएसई) भारतको मुम्बई, महाराष्ट्रमा अवस्थित प्रमुख स्टक एक्सचेन्ज हो। यसको स्वामित्व केही अग्रणी वित्तीय संस्थाहरू, बैंकहरू, र बीमा कम्पनीहरूको नाममा छ।[१] नेसनल स्टक एक्सचेन्ज सन् १९९२ मा स्थापित देशको पहिलो डिमटेरियलाइज्ड इलेक्ट्रोनिक एक्सचेन्जको रूपमा स्थापित भएको थियो। नेसनल स्टक एक्सचेन्ज एक आधुनिक, पूर्ण स्वचालित स्क्रिन-आधारित इलेक्ट्रोनिक ट्रेडिङ प्रणाली प्रदान गर्ने देशको पहिलो एक्सचेन्ज हो। एनएसईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विक्रम लिमये हुन् । नेसनल स्टक एक्सचेन्जको कुल बजार पूँजीकरण ३.४ ट्रिलियन डलर भन्दा माथि छ। सन् २०२१ अगस्ट अनुसार नेसनल स्टक एक्सचेन्ज संसारको १०औँ सबैभन्दा ठूलो स्टक एक्सचेन्ज हो।[२]

चित्र:NSE Logo.gif

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्