सौर्यमानक नेपाल सम्वत्
सौर्यमानक नेपाल सम्वत् पृथ्वीले सूर्य घुम्ने समयावधिमा आधारित छ । परम्परागत रूपमा चन्द्रमानक मात्र रहेको नेपाल सम्वत् ११४१ साल देखि सौर्यमानक पात्रो पनि विकसित भएको छ । सौर्यमानक नेपाल सम्वत्को प्रारम्भ बिन्दु ऐतिहासिक घटनाक्रमलाई मानिएको छ । [१] [२] [३] [४] [५] [६] [७] [८]
महिना
सम्पादन गर्नुहोस्सौर्यमानक नेपाल सम्वत्का बाह्र महिना यस प्रकारका छन् :
क्र.सं. | महिनाको नाम | उक्त महिनामा हुने दिन संख्या |
---|---|---|
१ | कछला | ३० |
२ | थिंला | ३० |
३ | प्वँहेला | ३० |
४ | सिल्ला | ३० |
५ | चिल्ला | ३० |
६ | चौला | २९ (+१) |
७ | बछला | ३१ |
८ | तछला | ३१ |
९ | दिल्ला | ३१ |
१० | गुंला | ३१ |
११ | यंला | ३१ |
१२ | कौला | ३१ |
नेपाल सम्वत्मा प्रत्येक वर्ष ३५५ दिन हुन्छ जसमा पहिलो पाँच महिना सम्म प्रत्येक महिनामा ३० दिन, छैँठौँ महिनामा २९ दिन र बाँकीका छ महिना (सातौँ महिना देखि बाह्रौँ महिना) सम्म प्रत्येक महिना ३१ दिन हुने गर्दछ । नेपाल सम्वत्मा मितिहरूलाई 'न्हिल्याः' भनिन्छ ।
अधिक दिन
सम्पादन गर्नुहोस्सौर्यमानक नेपाल सम्वत्मा 'तँसा दिं' (अधिक दिन)को अवधारणा रहेको पाइन्छ । प्रत्येक वर्ष ३६५ दिन रहने तर पृथ्वीले सूर्यलाई घुम्न लगाउने वास्तविक समय ३६५.२५ दिन रहेको र वर्षेनी ०.२५ दिनले पात्रो चक्र पछाडी पर्दै जानबाट रोक्न अधिक दिनको अवधारणा रहेको हुन्छ । कुनै वर्षको अङ्कमा ८८० जोडी उक्त अङ्क ४ ले समविभाजन हुन्छ, तर पुनः १००बाट समविभाजन हुँदैन र यदि १००बाट समविभाजन भए ४००बाट पनि समविभाजन हुँदा त्यस वर्षमा 'तँसा दिं' भनी एक दिन थप्ने गर्दछन् । नेसं ११४१ यताको १०० वर्ष सम्म 'तँसा दिं' (अधिक दिन) रहने वर्षहरू : ११४४, ११४८, ११५२, ११५६, ११६०, ११६४, ११६८, ११७२, ११७६, ११८०, ११८४, ११८८, ११९२, ११९६, १२०४, १२०८, १२१२, १२१६, १२२०, १२२४, १२२८, १२३२, १२३६, १२४० ।
प्रचलन
सम्पादन गर्नुहोस्नेपाल सम्वत्मा व्यवहारिकताको पक्ष थपिएको खुशियालीमा विभिन्न व्यक्ति व्यक्तित्व र संघ संस्थाहरूद्वारा क्रमशः नेपाल सम्वत् अपनाउने, प्रयोग गर्ने र प्रचारप्रसार गर्ने थालनी गरेका छन् । [९] [१०] [११] [१२] नेपाल सम्वत्लाई आधार मानी अभियानहरू समेत संचालन भएका छन् । [१३]
शताब्दी
सम्पादन गर्नुहोस्नेपाल सम्वत् अनुसार अहिले १२औँ शताब्दीमा छ । 'सच्छि दँ दीगु' अर्थात् 'सय वर्षको विश्राम' अर्थमा शताब्दीलाई 'सदि' भनिन्छ । नेपाल सम्वत् वर्ष १ देखि सुरु भएको हुनाले १ देखि १००को मानकलाई शताब्दी भनिन्छ । यस शताब्दी नेसं ११०१ सालमा सुरु भएको र नेसं १२०० सालमा अन्त्य हुनेछ ।
हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "सौर्यमासिक नेपाल सम्बत", नेपाल सम्बत। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२३ मिति
- ↑ "Overalls of Nepal Sambat", ह्यूजला। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-०४ मिति
- ↑ "Towards an easy-to-use Nepal Sambat Calendar", सुभाष राम प्रजापति। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०४-०३ मिति
- ↑ "Initiation of Solar Nepal Sambat", ह्यूजला। वेब्याक मेसिन अभिलेखिकरण २०२१-११-०३ मिति
- ↑ "Nepal Sambat", नेपाल सम्वत्।
- ↑ "Nepal Sambat Gets Solar Calendar For The First Time", द राइजिङ नेपाल।
- ↑ "Nepal Sambat Gets Solar Calendar For The First Time", हाम्रो जमाना।[स्थायी मृत कडी]
- ↑ "नेपाल सम्बत पहिलो पटक सौर्य पात्रो प्राप्त गर्दछ", जलपा खबर। वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-१० मिति
- ↑ "नेपाल सम्वत् प्रति प्रतिबद्धता वक्तव्य", नेपाल सम्वत्। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-३० मिति
- ↑ "फोटोग्राफी संस्थाले नेपाल सम्वत् प्रचलनमा ल्याउने प्रतिबद्धता", नेपाल उपत्यकाका पुराना तस्वीरहरू।
- ↑ "नेपाल सम्वत् नव वर्षको शुभकामना", नेवाः क्वयेर।
- ↑ "नेपाल सम्वत् प्रचलनको प्रतिबद्धता", मौलिक स्थान नाम पुनःजागरण अभियान।
- ↑ "‘बाध्यकारी अन्यलिङ्गी लेबल भिराइने विरुद्ध र लैङ्गिक पहिचानको मान्यताका लागि कार्य वर्ष ११४१’ (#Actionof1141) बारे संयुक्त वक्तव्य"।