चन्द्रमानक नेपाल सम्वत्
चन्द्रमानक नेपाल सम्वत् पृथ्वीले सूर्य घुम्ने समयावधिमा आधारित छ । यो सम्वत् अन्य हिन्दु वा बौद्ध पञ्चाङ जस्तै आधारमा चल्दछ । [१] [२]
महिनाहरू
सम्पादन गर्नुहोस्चन्द्रमानक नेपाल सम्वत्का सामान्य बाह्र, प्रत्येक तीन वर्षमा थपिने तेह्रौँ महिना र लगभग दुई दशकमा हराउने एक महिना यस प्रकारका छन् :
क्र.सं. | महिनाको नाम | उत्पत्ति वा अर्थ |
---|---|---|
१ | कछला | पहिलो महिनालाई करुणामयला पनि भनिन्छ। कार्तिक शुक्ल पक्ष प्रतिपदा सूर्योदय बेला भएको दिनलाई न्हूदँ अथवा नयाँ वर्ष भनिने हुदा अथवा नयाँ वर्ष भनिछ । |
२ | थिंला | सर्ग थिंला आकाशमा धेरै ताराहरु देखिने, आकाश छर्लङ्ग हुने महिना भनिन्छ । |
३ | प्वँहेला | पोँ असिना र हिउँ पर्ने जाडो महिना भनिन्छ । |
४ | सिल्ला | पहिला पहिला बिफरले मानिसहरूलाई सताउँथ्यो । त्यसैले सितला माईको पूजा गर्दथे, जसबाट सिल्ला हुन गयो । यस महिनामा सरस्वतीको पूजा पनि गरिन्छ। यही दुई अर्थबाट सिल्ला बनेको हुन सक्छ। |
५ | चिल्ला | चिरस्वायगुला, फागु पूर्णिमा, वसन्त ऋतुको आगमन हुने महिना भनिन्छ । |
६ | चौला | |
७ | बछला | विक्रम सम्बतको पहिलो महिना मानिन्छ । |
८ | तछला | तथागतछला भन्न सकिन्छ । तथागत भनेको बुद्ध हो । बुद्ध संवतको पहिलो महिना मानिन्छ । बुद्ध जेष्ठ महिनामा जन्मेको प्रमाणित भएको छ । |
९ | दिल्ला | यो देशभरि रोपाइँ गर्ने, मुख्य महिना आर्थिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण महिना भएकोले देला (दे भनेको देश हो) । भनिएको हो । |
१० | गुंला | गुंला भनेको सुनसान ठाउँ, जहाँ पुर्खाहरु बसोबास गर्दछन् भन्ने कथन छ । त्यसैले पुर्खाहरूको सम्झनामा गाई जात्रा, जनैपूर्णिमा जूतो घर पवित्र गर्नेको रूपमा लिइन्छ । |
११ | यंला | यःसिं थनिगु, इन्द्रको चिन्ह, यो महिनामा इन्द्रजात्रा गर्दछन् । |
१२ | कौला | कौला भनेको केही आने अथवा भोज खाने महिना याने यो महिनामा दशैं पर्दछ । |
१३ | अनला | तीन वर्षमा एकपटक थपिने अधिक महिना |
न्हंला | करीब दुई दशकमा एकपटक लुप्त हुने एक महिनालाई 'न्हंला' भनिन्छ । |
तिथि गणना
सम्पादन गर्नुहोस्चन्द्रमानक नेपाल सम्वत्मा औंशीको भोली पल्ट प्रतिपदाका दिन देखि औंशी सम्मको गणनामा एक महिना हुने गर्दछ । प्रतिपदा देखि पूर्णिमाको दिन सम्मका तिथिहरूलाई 'थ्व', पूर्णिमा पछिको प्रतिपदा देखि औंशी सम्मका तिथिहरूलाई 'गाः' भनिन्छ ।
थ्व चक्र
सम्पादन गर्नुहोस्क्र.सं. | नेपाल सम्बतमा तिथि गणना | संस्कृत / नेपाली भाषामा |
---|---|---|
१ | पारु | प्रतिपदा |
२ | दुतिया | द्वितिया |
३ | तितिया | तृतीया |
४ | चौथि | चतुर्थी |
५ | पन्चमि | पञ्चमी |
६ | खस्तमि | षष्ठी |
७ | सप्तमि | सप्तमी |
८ | अस्तमि | अष्टमी |
९ | नःमि | नवमि |
१० | दसमि | दशमी |
११ | एकादसि | एकादशी |
१२ | दुवादसि | द्वादशी |
१३ | त्रयदसि | त्रयोदशी |
१४ | चःह्रे | चतुर्दशी |
१५ | पुन्हि | पूर्णिमा |
गाः चक्र
सम्पादन गर्नुहोस्क्र.सं. | नेपाल सम्बतमा तिथि गणना | संस्कृत / नेपाली भाषामा |
---|---|---|
१ | पारु | प्रतिपदा |
२ | दुतिया | द्वितिया |
३ | तितिया | तृतीया |
४ | चौथि | चतुर्थी |
५ | पन्चमि | पञ्चमी |
६ | खस्तमि | षष्ठी |
७ | सम्प्तमि | सप्तमी |
८ | अस्तमि | अष्टमी |
९ | नःमि | नवमि |
१० | दसमि | दशमी |
११ | एकादसि | एकादशी |
१२ | दुवादसि | द्वादशी |
१३ | त्रयदसि | त्रयोदशी |
१४ | चःह्रे | चतुर्दशी |
१५ | आमै | औंशी |
हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "नेपाल सम्बत", झीगु information।
- ↑ "चन्द्रमासिक नेपाल सम्बत", नेपाल सम्वत्। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-३० मिति